गुम्बाको द्वारमा पाँच भागको सिपीखोर्लो (भावचक्र) किन राखिन्छ ?

यो संसाररिक ६ लोकको दु:खको भाव सागरबाट नउम्काउने हुँदा यस जीवनरुपी जहाजको डोरी काटेर अर्को पुनर्जन्मको सुख प्राप्त गर्ने कोसिस गर्नु पर्दछ। यसको लागि दक्ष गुरुको आज्ञा पालान गरी धर्म ज्ञान लिनु भई जीवनसंग सम्बन्धित नाता,गोता, इष्टमित्र, धन सम्पतीको माया मोहमा नफसी खाना र लाउन जति पायो त्यतिले नै सन्तोष मानी सदधर्मको मात्र साधना गर्नुपर्छ ।
पहिले नन्दले आफ्नो स्वास्नी संग मन खुशी हुनु नचाहने र धर्म अभ्यासबाट टाढा भाग्ने प्रयास गर्दा बुद्ध भगवानले नन्दलाई हिमवत् पर्वतमा लगि त्यहाँ एक आँखे बाँदर्नीलाई देखाएर तिम्रो स्वास्नी र यो बाँदर्नीमा कुन राम्री छिन् भन्दा मेरो स्वास्नी नै हजार गुना राम्री छिन् भने र बुद्धले त्यसो भए तिमी देवलोकमा हिड्नु भनेर लानु भयो । अनि फेरि बुद्धले देवलोकको देवपुत्रीलाई देखाएर तिम्रो स्वास्नी र देवपुत्रीमा कुन राम्री छिन् भनेर सोध्दा मेरो स्वास्नी भन्दा देवपुत्री नै हजार गुना राम्री छिन् भने ।
नन्दले आफ्नो स्वास्नी भन्दा देवपुत्री राम्री देखेर मन प्रव्रजित भए र देवलोकमा जन्म लिनु इच्छा गरे । बुद्धले अब मनुष्य लोकमा जाउ भनेर ल्याउनु भयो । बुद्धले सबै भिक्षुहरुलाई भने नन्द त देवपुत्री देखि प्रव्रजित भएको छ, त्यसैले नन्दको छेउ नपर्नु भन्नू भयो | नन्द संगै बस्नु आउँदा भिक्षुहरु टाढा टाढा भए र त्यो देखेर नन्द पिर चिन्ता गर्नु थाल्यो | नन्दले अरु सबै टाढा भएपनि मेरा आफ्नै भाइ आनन्द त बस्छ होला सम्झी छेउमा बस्दा भाइ पनि टाढा भए । सबैले त्यसो गरेको देख्दा उसलाई धेरै चिन्ता भयो। चिन्ता भईरहेको देखेर बुद्धले फेरि तिमी नर्क लोक हेर्ने भनी लानु भयो । त्याहँ नर्कको एक दिशामा ठुलो भाँडोमा दनदनी आगो बलिरहेको र यमदूतहरुले घेरिरहेको र त्यस भाँडा भित्र कोहि नर्ककीए प्राणीहरु नभएको देखेर, त्यसको कारण बुद्धलाई सोध्नु हुदा देवलोकको सुखको इच्छा गरी शिल पालना गर्ने , तिनले देवलोकमा जन्म लिई सुख भोग गरी पुण्य फल सकेपछि यहाँ नर्कमा जन्म लिनु पर्छ र यो आगोको दनदनी भाँडोमा यमदूतले हलिदिन्छ भन्दा देवलोकमा जन्म लिई पछि फेरि नर्क मै आउनु पर्दारहेछ भनेर धेरै डराए । त्यसपछि सार नभएको बिचार गरी वैरागको भावना उत्पन्न भएर प्रत्यक्ष नर्क देख्दा शिक्षापद र सूक्ष्म शिक्षापदको पनि प्रतिकुल नहुने गरी नियम पालना गरे ।
त्यसरी प्रत्यक्ष नर्क देख्नेको त के कुरा , नर्क चित्रमा लेखेको मात्र देखे पनि मनमा डर त्रास उत्पन्न भई वैरागको पोषण हुने हुँदा बुद्ध भगवानले भिक्षु संघ गुम्बाको द्वारमा पाँच भागको सिपीखोर्लो (भावचक्र) लेख्नु आज्ञा भएको हो । यो संसार नै (शिन्छे) यमराजको मुखमा अडिएको र ६ लोकको नै भएको चित्रण बुद्धले गर्नु भएको हो ।
देव लोकमा घमण्डको कारणले गर्दा जन्म लिनुपर्ने र दु:ख भोग्नुपर्ने हुन्छ। असुर लोकमा ईर्ष्याको कारणले जन्म लिनुपर्ने र दु:ख भोग्नुपर्ने हुन्छ। मनुष्य लोकमा अभिलाशाको कारणले जन्म लिनुपर्ने र दु:ख हुन्छ। पशु लोकमा अज्ञानताको कारणले जन्म लिनुपर्ने र दु:ख भोग्नु पर्ने हुन्छ। प्रेत लोकमा लोभ लालचको कारणले जन्म लिनुपर्ने र दु:ख भोग्नुपर्ने हुन्छ। नर्क लोकमा घृणा गरेको कारणले जन्म लिनुपर्ने र असिम दु:ख भोग्नुपर्ने हुन्छ ।
यो सबै मनुष्य लोकमा गर्ने भएकोले हुँदा यस ६ लोकको दु:खमा फस्ने गर्दछ । त्यसैले संसाररिक बस्तुहरु बादल र तुवाँलो जस्तो भएकोले त्यस प्रतिको धारणा नबनाऊ। यशकीर्ति सबै प्रतिध्वनी झै भएको हुँदा यशकीर्ती नकमाई धर्म नै कमाउनु । राम्रो लुगा इन्द्रेणी झै भएकोले पुरानो लगाउने अभ्यास गर्नु । हाम्रो शरीर पिप,रगत र पूयको पोखरी भएकोले खानाको पछि लागि नपर्नु । आभास मन शत्रुबाट उठ्ने भएकोले अरन्य जङ्गलमा सुत्नु। भ्रान्तिको काँडाले मनलाई बिझ्ने भएकोले समानताको अभ्यास गर्नु । काम इच्छा सबै आफूबाट उत्पन्न हुने हुँदा आफ्नो मनको रक्षा गर्नु । रत्नमणि आफुमा भएको हुँदा अन्न र धनको लागि बाहिरी रत्नमा आसक्त नहुनु। धेरै कुरा झगडाको बीऊ भएकोले लाटो जसरी बस्नु । मन नै उचित स्वभावको हुने हुँदा खानाकोपछि नदौडिनु। प्रशाद मनबाट उपन्न हुने हुँदा लामा गुरु र ईष्टदेवलाई बन्दना गर्नु । एक स्थानमा धेरै बस्दा बुद्धमा पनि दोष देखिने हुदा एकै स्थानमा धेरै नबस्नु । निम्न स्थानको व्यवहार गरी बडापनको अहङ्कार त्याग्नु । समयले साथ नदिने हुँदा समय मै धर्म साधना गर्नु । यो जीवन पाहुना जस्तै भएकोले आराम गर्ने ठाउँमा गारो लगाउने काम नगर्नु । संसाररिक काम जे गरे पनि फाइदा नभएको हुँदा धर्म साधनाको अभ्यास गर्नु । आफ्नो शरीर कीरा फटेंग्राले खाने अथवा कहिले अस्त हुने हो थाहा नभएको हुँदा यस जीवनको मोजमा अलमल नगर्नु । आफन्त र मित्र रुखको चरा जस्तै भएकोले त्यसप्रति आसक्त नहुनु । बिश्वासको श्रद्धा यो राम्रो जमिन जस्तो भएकोले क्लेशको खाल्डोमा नपर्नु । महत्वपुर्ण चिन्तामणि रत्न जस्तो यो जीवन शत्रु रुपी रिसलाई नपठाउनु । सदवचन वसन्त ऋतुको बर्फ माथिको घर जस्तो भएको हुँदा यसलाई आपतिको दोष लाउने नगर्नु । बज्रचार्य बिराजमान भएको बेला सदधर्म गर्न अल्छी नमान है मानव भगवान बुद्धले भन्नू भएको छ ।
संसाररिक दु:ख देख्दा देख्दै काम आसक्त हुने ।
दुर्गन्तित भीरमा डर लागे पनि अकुशल पाप गर्ने ।
म र म जस्तै बाटो भुलेर हिडेका प्राणीहरुको ।
यो जीवनको आशाक्तीलाई त्याग्ने आशीक दिनुहोस्।।
ताकी दु:खको भावसागरबाट उम्कनु सकोस् ।