हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

बोधिचित्त माला भनेको के हो ? बोधिचित्त मालाको खेति कसरी गर्ने ?

buddhchita mala

बोधिचित्त एक जिजिपस जातीमा पर्ने नया प्रजाति जिजिपस वुद्धेन्सिस् हो । यसलाई स्थानीय भाषामा वुद्धचित्त वा वोधिचित्त पनि भनिन्छ ।

बोधिचित्त माला (बोलीचालीमा बुद्धचित्त) बुद्ध धर्मालम्बी ,तामाङ समुदाय र विशेषगरी तिब्बती तथा चिनियाँ समाजमा धार्मिक एवं सांस्कृतिक प्रयोगमा आउने जप गर्ने माला हो । यो एक प्रकारको वनस्पतिमा फल्ने गर्दछ । खास गरी परापुर्वकाल देखी काभ्रेको तिमाल क्षेत्रमा मात्रा यसको विरुवा पाइंदो रहेछ । यसको प्रयोग र महत्व बारे हाल आएर व्यापक चर्चा भईरहदा उच्च बजारमूल्यले गर्दा किसान र व्यवसायीलाई अत्यन्तै फाईदा भैरहेको छ । अत्यादिक माग र उच्च मुल्यको कारण व्यवसायिक खेति गर्ने जमात गएको सिजनमा उच्च भयो , यसलाई सौख र केहि आम्दनी लिन को लागि गमलामा पनि रोप्न सकिन्छ |

बयर प्रजातिको एक प्रकारको हल्का काडा हुने रुख जसको उत्पति काभ्रेको तिमाल क्षेत्र हो | भारत मा भएको बौद्द सम्मेलन प्रस्चात लोकप्रिय हुन पुगेको बोधिचित्त जसको माग चीन, ताइवान, कोरिया , सिंगापुर आदि देशमा पनि उच्च नै रहेको छ |

बोधिचित्त मालाको खेति कसरी गर्ने ?

बोधिचित्त मालाको विरुवा समशितोष्ण भुभाग (४०० मि. देखी २४०० मि.) मा लगाउन सकिन्छ । नयाँ पलुवा र जरा आउनु भन्दा अगाडि रोपीएको विरुवा सप्रिने र राम्रो हुनका साथै छिटो फल्ने हुन्छ । तर पनि उचित हेरचाह गरेमा असार/साउन सम्म र हिउद मा पनि यसलाई रोप्न सकिन्छ | यस विरुवालाई ठुलो गमलामा पनि सौखको लागि आवश्यक मलजल सहित रोप्न सकिन्छ भने जमिनमा धेरै संख्यमा रोप्दा ५/६ मिटरको दुरी कायम गरी रोप्नु पर्छ ।यसको वोटमा रोपेको ३/५ वर्ष देखी दाना फल्न शुरु हुन्छ ।

-रातो माटो र कालोमाटोमा,राम्रो संग हुर्काउन सकिने ।
-बलौटे माटोमा पनि राम्रो संग मलजल र हेरचाह गर्न सके हुर्काउन सकिने ।
-तुसारो तथा हुस्सु पर्ने जस्ता कुराहरुले खासै असर नपार्ने ।

bodhichitta1

लगाउने विधि :

-ठुलो खाडल खनेर मल र माटोको मिश्रण राख्ने ।त्यसपछि नया पालुवा आउन अधिको विरुवालाइ रोप्ने ।
-हिउदको समयमा पानीको राम्रो व्यवस्थापन गर्न सकिन्छ भने हिउदमा पनि राम्रो संग यसलाइ लगाउन सकिन्छ ।
-स्याहार सुसार राम्रो संग गरेर एक पटक हुर्काएको विरुवालाई हुर्किसकेपछि त्यति धेरै हेरचाह गर्नु नपर्ने

बजार मुल्य:

बोधिचित्त मालाको बजार मूल्य यसको प्रकार र साइज अनुसार निर्धारण हुन्छ । महत्वको कुरा गर्दा फल जति सानो दानामा भयो त्यतिनै महत्व मानिन्छ ।अर्को भाषामा भन्दा साना दाना धेरै मुल्यमा विक्री हुन्छन् ।हाल फली रहेको प्रकार अनुसार ३ देखी ७ मुखे सम्मको मुल्य प्रती गोटा रु. ४ सय देखी ६ लाखसम्म पर्छ । त्यसै गरी दुई मुखे मालाको भने साइज अनुसार मुल्या हुन्छ; ७ मिमी को १०८ गेडा (एक माला) रु. ६ लाख पर्छ भने साइज बढ्दै जांद मुल्य कम हुंदै जान्छ । अन्त्यममा सबभन्दा ठुलो साइजको माला भने पाथिमा भरेर २५ हजार देखी ३० हजर सम्ममा बेचिन्छ |

बुद्ध धर्म मान्नेहरुको लागि यो माला बिषेश मानिन्छ |यस्को माला दलाई लामा ले पनि प्रयोग गर्नु हुन्छ | चिन , जापान्, कोरिया ,भारत ,थाइल्यान्ड्,तिबेत्,भिएतनाम्,मकाउ,ताईवान आदी देशहरुमा यस्को माग उच्च छ र कम से कम १० बर्ष सम्म यस्को माग उच्च नै रहनेछ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution