कालोबजारी रोक्न नसक्नु सरकारको कमजोरी हो– नेता राणा

चितवन, २९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले मधेसको समस्या समाधान नभएसम्म संविधान कार्यान्वयन हुन नसक्ने विचार व्यक्त गर्नुभएको छ ।
पत्रकारसँग कुरा गर्दै उहाँले मधेस समस्या समाधान गर्न तत्काल वार्ता टोली बनाएर सरकार क्रियाशील हुनपर्नेमा जोड दिनुभयो । फरक प्रसङ्गमा उहाँले भन्नुभयो– “ नाकाबन्दीपछि पनि कालोबजारी रोक्न नसक्नु सरकारको कमजोरी हो । ”
नेता राणाले १९९० सालको भूकम्पले अहिलेको भन्दा बढी क्षति गरे पनि छ महिनामा पुनःनिर्माणको काम धेरै अघि बढेको तर अहिले एक वर्ष पुग्दा समेत काम अगाडि नबढेकाम असन्तुष्टि व्यक्त गर्नुभयो । राप्रपा र राप्रपा नेपालको एकीकरणका सन्दर्भमा उहाँले एक साताभित्र प्रक्रिया अघि बढ्ने जानकारी दिनुभयो ।