अपडेट तापक्रम, काठमाडौमा ३२, तराईमा ४० डिग्री, जनजीवन प्रभावित हुँदै

काठमाडौ २९ चैत: मुलुकभर गर्मी ह्वात्तै बढेको छ । पछिल्लो साता काठमाडौ सहित देशभरीको तापक्रम बढिरहेकोे छ । एल्निलो अझै रहिरहेकाले काठमाडौमा गर्मी बढ्ने संकेत देखिएको मौषमविद्हरुले जनाएका छन् ।
मौसमविद् शान्ति कँंडेलले अहिलेको ट्रेन हेर्दा काठमाडौमा गर्मी बढ्ने बताउनु भयो । उहाँंका अनुसार एक हप्तादेखि काठमाडौको तापक्रम हवात्तै बढेको छ । काठमाडौंको तापक्रम ३२.५ डिग्री सेल्सियस पुगेको छ । तापक्रम बढेकोले सर्वसाधारणले दिउसो हिडडुल गर्न कठिन भएको महसुस गरेका छन् । ‘एक हप्तादेखि काठमाडौको तापक्रम बढेको छ’उहाँंले भन्नुभयो–‘ भर्खर गर्मीको शुरुवात भएको छ ।
अझ बढ्ने संकेत देखिएको छ । ’ काठमाडौको हिजोको तापक्रम ३२.५ डिग्री मापन गरिएको थियो भने आज दिउँंसो ३५.१ डिग्री मापन गरिएको छ ।
आइतबार तराईका सिमरा,भैरहवा,नेपालगंज र धनगढीमा तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ । सबैभन्दा बढी तापक्रम भैरहवामा देखिएको छ । भैरहवामा ४२.५ डिग्री पुगको छ भने सिमरामा ४१ डिग्री,नेपालगंजमा ४०.९ डिग्री,धनगढीमा ४० डिग्री पुगेको छ । गर्मी बढेसंगै ती ठाउँंमा सर्वसाधारण दिउसो बाहिर निस्कन छाडेका छन् ।