हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

वैशाख १ पछि विदेशबाट ल्याइदिएका मोबाइल ब्लक हुँदैछ, कसरी चल्ने त ??

maxresdefaultकाठमाडौं, चैत्र २९ :  यदि तपाईलाई कसैले विदेशबाट मोवाइल ल्याइदियो वा आफैले ल्याउनु भयो भने पहिले जसरी नेपालको सिम कार्ड राख्ने बित्तिकै सजिलै फोन चल्ने अवस्था रहने छैन।

नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा अवैध तथा गैरकानुनी तवरबाट भित्रिएका मोवाइल फोनलाई व्यवस्थित गर्न बैशाख एक गतेदेखि नयाँ निर्देशिका लागू गर्न लागेको छ।

यो निर्देशिका अनुसार अब तपाईँले त्यस्ता फोन नेपाल दुरसञ्चार प्राधिकरणमा ल्याएर मोबाइलको युनिक कोड आइएमइआई नम्बर दर्ता गराउनुपर्ने हुन्छ। अन्यथा तपाइँको मोवाइल व्लक हुन सक्छ।

तर तपाईँले नेपालमा मोबाइल बेच्ने आधिकारिक कम्पनीबाट मोबाइल खरिद गर्नुभयो भने केही गर्नु पर्दैन, कम्पनी आफैंले दर्ता गरिदिन्छ।

‘२०७३ साल बैसाख १ गतेभन्दा अगाडि ल्याएका मोवाइल फोनलाई भने नेटवर्क अपरेटरले आफै रजिस्टर गरिदिन्छन्’ नेपाल दुरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने ‘आइएमइआई नम्बर नभएका मोवाइललाई ६ महिनाको म्याद दिएर आइएमइआई रजिष्टर गर्न लगाउँछौं त्यस अवधिमा पनि नगरे मोवाइल व्लक हुन्छ।’

अनिवार्य दर्ता

प्राधिकरणले बैशाखदेखि अनिवार्य रुपमा मोबाइल सेटहरु दर्ता गर्नुपर्ने अर्थात आईएमईआई नम्बर दर्ता गर्नुपर्ने प्राबधान लागू गर्न लागेको छ। आईएमईआई नम्बरद्वारा आफ्नो फोन सक्कली वा नक्कली हो भनेर थाहा पाउन सकिन्छ।

बजारमा मोवाइल फोन प्रयोगकर्ताले गैरकानुनी तथा ग्रे मार्केटबाट खरिद गरेका मोवाइल सेट छ्याप्छ्याप्ती पाइने गरेका छन्। यस्ता सेट नियन्त्रण गर्न प्राधिकरणले यस्तो कदम चाल्न लागेको हो ।

गैरकानुनी तरिकाले ल्याइएको मोबाइल फोन बजारमा छ्याप्छ्याप्ती पाइन्छ । त्यसले मोबाइल ग्राहक तथा कम्पनीहरुलाई पनि समस्या हुन थालेपछि प्राधिकरणले निर्देशिका ल्याएको हो।

अर्थ मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालयसँगको समन्वयमा प्राधिकरणले मोबाइल ह्याण्डसेटको पहिचान हुनेगरी युनिक आइडेन्टिटी आइएमएआइ/इएसएन/एमइआइडी अनिवार्य रुपमा दर्ता गर्नुपर्ने व्यवस्था मिलाएको हो।

प्राधिकरणले बैशाखदेखि लागुहुने गरी नेसनल इक्वीपमेन्ट आइडेन्टिटी रजिष्ट्रीलाई अनिवार्य बनाएको हो। यो व्यवस्था लागुभएसंगै नेपालमा मोवाइल फोन आयात गर्ने आयातकर्ता र सेवा प्रदायकले यो निर्देशिका लागू हुने प्राधिकरणले जनाएको छ।

अबैध तरिकाले नेपालमा भित्रिएका मोबाइल फोन नेपालमा दर्ता नहुने र नेपाली मोबाइल सेवा प्रदायकका नेटवर्कमा सहि रुपमा प्रयोग गर्न पनि कठिन हुने गर्दछन् ।

बैशाख १ गतेदेखि ट्रयाकिङ सुरु

आगामी बैशाख १ गतेदेखि सबैखाले मोवाइलको युनिक आइडेन्टिटी रजिष्ट्रिको काम सुरु गर्नेछ। एक गतेबाटै आइएमइआई नम्बर भएका मोवाइलको ट्रयाकिङ गर्ने काम सुरु हुनेछ।

असोज ३० भित्र प्राधिकरणले मोवाइल ट्रयाकिङको सिस्टमलाई फूल अपरेसनमा लैजाने कार्ययोजना बनाएको छ। त्यसमा सवै किसिमका सेलुलर सिस्टमहरु पर्नेछन्।

कार्तिक १ गतेबाट त्यो सिस्टमलाई पूर्णरुपमा लागु गरिनेछ भने त्यहि मितिदेखि ६ महिनाको लागि यो व्यवस्था लागु गरिनेछ। कार्तिकबाटै आइएमइआई नम्बर झुठो भएका मोबाइललाई ब्लक गर्ने काम सुरु हुनेछ।

यी सम्पूर्ण कार्यलाई आगामी साउन एक गतेदेखि दूरसञ्चार सेवामा पूर्ण रुपमा लागु गरिनुका साथै निर्देशिका लागु गरिनेछ।

यो निर्देशिकामा मोवाइल आयात गर्ने, वितरण गर्ने र प्रयोग गर्नेले आइएमइआई नभएका मोवाइल सेटलाई नियमनमा ल्याउने जनाएको छ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution