हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

टाइपिङ मिस्टेकले १०० बर्ष पुरानो कम्पनी बन्द भयो, कमाले फसायो अमेरिकी सरकारलाई

Taylor and Sons Ltd

काठमाडौँ, २९ चैत ; टाइप गर्दा कुनै शब्द वा कमा, फुलिस्टपमा गल्ति हुनु सामान्य कुरा हो । तर कहिलेकाँही यस्ता गल्ति निकै महँगो सावित हुन्छन् । टाइपिङ गल्तिका कारण एक सय बर्षभन्दा पुरानो एउटा कम्पनी नै बन्द नै भयो ।

कमाले डुवायो करोड डलर

सन् १९९० को दशकमा सेनाका लागि प्लेन बनाउने कम्पनी  लकहिड मार्टिनले सि-१३० जे ट्रान्सपोर्ट प्लेन बिक्री गर्न एक विदेशी एयरफोर्ससँग सहमति गर्‍यो । कम्पनीले सन् १९९९ मा जारी गरेको वक्तब्य अनुसार, उसले एउटा कमा नराख्दा सात करोड डलर नोक्शानी उठाउनु पर्‍यो । कमाका कारण कम्पनी दुई त्रैमाससम्म नोक्शानीमा गयो ।
‘S’ बढी हुँदा कम्पनी डुब्यो

ब्रिटेनको सरकारी एजेन्सी कम्पनीज हाउसको एउटा शब्दले सय बर्ष पुरानो कम्पनी सन् २०१४ सालमा डुब्यो । कम्पनी रजिष्ट्रारको कार्यालय कम्पनीज हाउसले सन् २००९ मा एउटा सुचना जारी गर्‍यो- ‘टेलर एन्ड सन्स’ बन्द भयो । तर खासमा बन्द भएको कम्पनी ‘टेलर एन्ड सन’ थियो । रजिष्ट्रारको कार्यालयबाट सुचना सार्वजनिक भएपछि टेलर एन्ड सन्ससँग का गरिरहेका अधिकांस अरु संस्थाले उसको साथ छोडिदिए । यही कारण कम्पनी २०१४ मा आएर बन्द भयो । अहिले यो मुद्दा त्यहाँको अदालतमा चलिरहेको छ ।

Taylor_and_Sons_3179506c

अमेरिकी सरकारलाई पनि कमाले सतायो

सन् १८७२ मा खेतीलाई बढावा दिन अमेरिकी ट्यारिफ ऐनमा परिवर्तन गरियो । टाइपिङको एउटा सानो गल्तिले सरकारले २० लाख डलर नोक्शानी ब्यहोर्नु पर्‍यो । सरकारले फल तथा वाली (बिरुवा) मा ट्यारिफ हटाउने निर्णय गरेको थियो । उसले ऐनमा लेख्नु पर्ने थियो  ‘फ्रुट-प्लान्ट’ तर लेख्यो ‘फ्रुट, प्लान्ट’ । फ्रुट प्लान्टको अर्थ फ्रुट तथा प्लान्ट भन्ने लाग्यो । यसले गर्दा फलफुलको आयात गर्नेहरुले सरकारलाई शुल्क नतिर्ने भए । जबसम्म यो गल्ती सुधारियो त्यतिबेलासम्म सरकारले २० लाख डलर नोक्शानी उठाइसक्नु परेको थियो ।

  क्यानडाको कम्पनी पनि फस्यो

क्यानडाको कम्युनिकेसन कम्पनी बेल अलायन्टले कमाको गलत अर्थ लगाउँदा सात लाख ५० हजार डलर नोक्शानी व्यहोर्नु पर्‍यो । क्यानडाका दुई कम्युनिकेसन कम्पनी रोजर्स कम्युनिकेसन र बेल अलायन्टले एक सम्झौता गरेका थिए । सम्झौताको समयसिलाई लिएर राखिएका सर्तको दुई भाग थियो । सम्झौतापत्र टाइप गर्नेले सर्तका दुबै भागलाई एकै ठाउँमा टाइप गर्‍यो । तर बाक्य गठन गर्दा दुबै सर्तलाई एउटा कमाले छुट्याइदियो । बेल अलायन्टले सर्तका दुई भागलाई अलग अलग सर्तका रुपमा बुझ्यो र समयअघि नै सम्झौता तोड्ने निर्णय गर्‍यो । जबकी त्यो दुई सर्त थिएन । एउटै सर्तको दुई हिस्सा थियो । अगाडि नै डिल क्यान्सल भएकाले यो बिषय अदालत पुग्यो । अदालतले रोजर्सको पक्षमा फैसला गर्दै बेल अलायन्टलाई सात लाख ५० हजार जरिवाना गर्‍यो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution