हेडलाईन

क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै         इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै        

पत्रकार महासंघको विधानसभा बैठक चितवनमा

FNJ-Nepal2

चितवन, २९ चैत–नेपाल पत्रकार महासङ्घको आउँदो वैशाख २१ र २२ गते चितवनमा हुने केन्द्रीय विधानसभाको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुने भएको छ ।

महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले आइतबार चितवनमा आयोजित स्थानीय मूल व्यवस्थापन समितिसँगको बैठकमा सो जानकारी दिनु भएको हो ।  साधारणसभा विधानसभा पनि हुने बताउँदै डा विष्टले साधारणसभामा महासङ्घलाई सङ्घीय ढाँचामा लैजाँदै अझ बढी समावेशी, श्रममैत्री हुने गरी सङ्गठनको पुनःसंरचनासहितको विधान संशोधन प्रस्ताव पेस गरिने बताउनुभयो ।

पेसागत र श्रमजीवी पत्रकारको पेसागत तथा भौतिक सुरक्षासम्बन्धी विशेष प्रस्तावमाथि समेत साधारणसभामा छलफल गरिने छ ।  नयाँ विधानको प्रस्ताव गर्न लागिएको मस्यौदामा केन्द्र, प्रदेश र स्थानीय तीन तहको सङ्गठन संरचना प्रस्ताव गरिने उहाँले बताउनुभयो ।  भौगोलिक हिसाबले सात प्रदेशमा विभाजन भए पनि महासङ्घले १० वटा प्रादेशिक संरचनाको प्रस्ताव गर्दै छ ।

जसमा सात वटा प्रदेश, उपत्यका एक, एसोसिएट एक र प्रतिष्ठिान एक गरी १० पु¥याउँदै छ ।  हाल महासङ्घका ७४ शाखा, ४२ प्रतिष्ठान, १० एसोसिएट र सात विदेशी शाखा रहेका छन् । देशभरका पत्रकारको सङ्ख्या १० हजारभन्दा माथि छ । विशेष महत्वका रुपमा लिइएको साधारणसभामा विभागीय मन्त्री, दलका प्रतिनिधिलगायतका विशिष्ट व्यक्तिको सहभागिता रहने छ ।

बैठकमा तयारीका विषयमा स्थानीय मूल आयोजक समितिका संयोजक हरिप्रसाद पोखरेलले हालसम्म भएको तयारीका विषयमा जानकारी दिनुभएको थियो ।                                                                                                              – रासस  






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution