पर्यटन प्रवर्धन लागि २०७३ लाई घुमफिर वर्ष

काठमाडौँ, २९ चैत : नेपाल पर्यटन बोर्डले आगामी वर्ष २०७३ लाई घुमफिर वर्षका रूपमा मनाउने भएको छ ।
आज २०७३ लाई ‘घुमफिर वर्ष २०७३’का रूपमा मनाउनका लागि शुभारम्भ गरिँदैछ । नेपाल पर्यटन बोर्डमा आज दिउँसो आयोजना गरिने शुभारम्भ कार्यक्रमबाट यस अभियानको सुरूवात हुनेछ ।
यस अभियानको विस्तृत जानकारी आज पत्रकार सम्मेलन गरेर जानकारी दिइने जनसम्पर्क अधिकृत सुदन सुवेदीद्वारा प्रेसित निमन्त्रणामा उल्लेख गरिएको छ ।
लामो समयसम्म विवादका कारण बोर्डले नेपालको पर्यटन प्रवर्धन तथा प्रचारका लागि कुनै काम गर्न सकेको थिएन । विवादित नेतृत्वका कारण बोर्डले विगतको वर्षमा कुनै पनि कार्यक्रम तथा अभियान सञ्चालन भएको थिएन ।
बोर्डको प्रमुख कार्यकारी अधिकृतका रूपमा दीपक जोशी बहाल भएपछि बोर्डले आगामी वर्षलाई घुमफिर वर्षका रुपमा मनाउने भएको हो ।