प्रतिपक्ष कुन दुलोमा छ ? – नयाँ शक्ति

काठमाडौं- नयाँ शक्ति नेपालले कालोबजारी, अभाब, महंगी र महिला हिंसाकाविरुद्व प्रदर्शन गरेको छ। सिंहदरवार अगाडी भद्रकालिमा भेला भएका नयाँ शक्ति अभियानका सदस्यहरुले कालोबजारी, अभाब र महंगी अन्त्य हुनु पर्ने, भूकम्प पीडितका मुद्दा सम्वोधन हुनुपर्ने भन्दै दुई घण्टा धर्ना दिएका थिए।
धर्नामा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई, नायीका करिश्मा मानन्धर, अशोक शर्मा लगायत सहभागिता थियो।क्लीन काठमाडौं, ग्रीन काठमाडौं’ अभियनसँगै दैनिक जनजिविकाको पक्षमा समेत नयाँ शक्तिले आवाज उठाउन धर्ना दिएको बताएको छ।
धर्ना पछि बोल्दै नयाँ शक्तिका केन्द्रीय सचिवालय सदस्य विरेन्द्र पोखरेलले देशमा जिम्मेवार प्रतिपक्ष नभएको बताए। ‘खै कहाँ छ प्रतिपक्ष?’, पोखरेलले प्रश्न गर्दै भने, ‘लोकतन्त्रमा सुन्दर प्रतिपक्षको कल्पना गरिन्छ तर यहाँ सत्ता पक्ष र प्रतिपक्ष छुट्याउन मुस्किल भएको बताए।’ नेपाली कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका खेल्न नसकेको उनको भनाई थियो। सरकार र प्रतिपक्ष छुट्याउन नसकिने अवस्था आउनु र जनता दैनिकरुपमा अभाव र कालोबजारी झैल्दै बस्न पर्नु अत्यन्त खराब भएको पोखरेलले बताए।