हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

सिंहदरबारका कुकुर व्यवस्थापन गर्न साढे ३ करोड

hqdefault

काठमाडौं, २८ चैत ; काठमाडौं महानगरपालिकाले सिंहदरबार भित्र छाडिएका कुकुर व्यवस्थापन कार्य सुरु गरेको छ ।

व्यवस्थापनको कामअन्तर्गत अहिले कुकुरको तथ्याङ्क लिने काम लगभग सकिएको महानगरपालिका जनस्वाथ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार सिंहदरबारमा १५० वटा कुकुर रहेका छन् । विभिन्न स्थानमा छाडिएका कुकुरको व्यवस्थापन हुन नसक्दा अनावश्यक कुकुर उत्पादन भई समस्या उत्पन्न भएको छ ।

कुकुरका कारण विशिष्ट व्यक्तिको आगमनका समयमा समस्या उत्पन्न गराएकाले व्यवस्थापन गर्न लागिएको महानगरपालिकाले उल्लेख गरेको छ । सिंहदरबारको कुकुरको व्यवस्थापनको काम सकेपछि उपत्यकामा रहेका अन्य कुकुरको व्यवस्थापन सुरु हुनेछ ।‘कुकुर पाल्ने र बुढो एवम् बिरामी भएपछि त्यसलाई सडकमा छाड्ने बानीले गर्दा पछिल्लो समय काठमाडौँ उपत्यकामा कुकुरको सङ्ख्यामा वृद्धि भएको हो,’ महाशाखा प्रमुख श्रेष्ठले भने ।

तीन करोड ५० लाख खर्च लाग्ने

कुकुर नियन्त्रण अभियानमा ‘ह्युमन सोसाइटी’ र महानगरपालिका दुवैको सहभागिता रहनेछ । अभियानका लागि झन्डै तीन करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

कार्यक्रममा पहिलो चरणमा ४० वटा पोथी कुकुरको बन्ध्याकरण गर्ने र त्यसपछि निरन्तररूपमा अन्य कुकुरको पनि व्यवस्थापन गर्ने बताइएको छ । घरपालुवा र सामुदायिक गरी हाल काठमाडौँ उपत्यकामा करिब चार लाख कुकुर रहेको अनुमान गरिएको छ । तथ्याङ्क लिने क्रममा रेबिज रोग लागेको नलागेको र अन्य रोगसमेत छ छन् भन्ने कुरा पनि समावेश गरिने बताइएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution