नयाँ शक्ति नेपालले प्रवास संगठनको नाम टुंगायो

काठमाडौं– नयाँ शक्ति नेपालको अन्तराष्ट्रिय विभागको वैठकले विदेशस्थित नेपाली शाखाको नाम अन्तराष्ट्रिय नेपाली समाज राख्ने निर्णय गरेको छ । विभागका संयोजक नवराज सुवेदीको अध्यक्षतामा आज बसेको वैठकले यस्तो निर्णय लिएको हो ।
नयाँ शक्तिका अन्तरिम केन्द्रीय परिषद् सदस्य एव्म अन्तराष्ट्रिय विभागका सदस्य शंकर भण्डारीले वैठकले नयाँ शक्ति नेपालको राष्ट्रिय भेलामा विदेशस्थित संगठनका प्रतिनीधि बोलाउने तथा भाइचारा पार्टीबाट पनि अथिति बोलाउने निर्णय गरेको बताए ।
वैठकले चार वटा उपसमिति पनि बनाएको सदस्य भण्डारीले बताए । उनका अनुसार नीति निर्माण समन्वय समितिमा खिमलाल देवकोटा, संगठनमा शंकर भण्डारी, प्रकाशन तथा प्रचारमा डिबी गुरुङ र सम्पर्क तथा शिष्टाचारमा सविना अर्याल समितिको संयोजक छन् ।
@रातोपाटी