नयाँ शक्तिले भ्रष्टाचार, कालोबजारी र पुनर्निर्माणमा ढिलाईको विरोधमा धर्ना

काठमाडौं, २८ चैत । भ्रष्टाचार, कालोबजारी र भूकम्पपछिको पुनर्निर्माणमा भएको ढिलासुस्तीको विरोधमा नयाँ शक्ति नेपालले आइतबार भद्रकालीमा धर्ना दिएको छ ।
बिहान १० बजेबाट सुरु भएको धर्ना मध्याह्न १२ बजेसम्म जारी सांकेतिक विरोधस्वरुप धर्नामा बसेका नयाँ शक्तिका अभियान्ताहरुले कालोबजारी अन्त्य गर, कालोबजारीलाई कारबाही गर, राष्ट्रिय एकता कायम गर, बढ्दो महङ्गी नियन्त्रण गर, भूकम्पपीडितलाई सहयोग खोई ? नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।