हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

अन्तरराष्ट्रिय नेपाली झण्डा दिवस मनाउने हैन त ?

jhanda

बैशाख १ गते संसारभरका नेपालीहरुको नयाँ बर्ष भएकोले स्वदेश-विदेश चारैतिरका नेपाली तथा नेपालीमूलका नागरिकहरुमा समेत उक्त दिनलाई महत्वपूर्ण पर्वको रुपमा लिइने गरिएको छ। स्वदेश तथा बिदेशमा बस्ने नेपालीहरु माझ त्यस अवसरमा नेपाली झण्डाको प्रयोग गरि बैशाख १ लाई अझै बिशेष बनाउन सकिन्छ भन्ने अवधारणा अनुसार अन्तरराष्ट्रिय नेपाली झण्डा दिवस १ बैशाख २०७२ (२०१५ अप्रिल १४) बाट संसारभर मनाउन शुरु गरिएको हो । यसले अन्तरराष्ट्रियरुपमा हाम्रो बिशेष आकारप्रकारको झण्डामार्फत नेपालकै प्रबर्द्धन हुने र देशभित्र पनि नेपाली राष्ट्रियताको प्रबर्द्धन गर्दछ ।

संसार कै एकमात्र बिशेष गणितीय आकारको भएको नेपाली झण्डा समस्त नेपालीहरुको साझा र मौलिक पहिचानको चिह्न पनि हो । शताब्दीऔं देखि प्रयोग भै रहेको नेपाली झण्डाको जनस्तरमा व्यापक प्रयोगलाई विश्वमय बनाउने उद्देश्यले हामीहरुले बिगत २ बर्षदेखि बैशाख १ (बिक्रम सम्बतको पहिलो दिन) लाई अन्तरराष्ट्रिय नेपाली झण्डा दिवसको रुपमा मनाई रहेका छौं। अगिल्लो बर्षमा संसारभरबाट भएको सहभागिता र संचार माध्यमहरुबाट पाएको सद्भावना यसपटक पनि प्राप्त हुनेछ भन्नेमा हामि पूर्ण बिश्वस्त छौं ।

गत बर्ष जस्तै यसपटक पनि १ बैशाख २०७३ (अप्रिल १३, २०१६) का दिन दोश्रो अन्तरराष्ट्रिय नेपाली झण्डा दिवस भव्यताका साथ मनाऔं ।

बैशाख १ गते दिन आ-आफ्नो आफ्नो स्थान र अवस्था अनुसार नेपाली झण्डाको प्रयोग गरौँ, फोटो खिचौं अनि नेपाली झण्डा दिवसको फेसबुकमा अपलोड गरौँ ।

आ-आफ्नो फेसबुक र ट्वीटर जस्ता सामाजिक संजालमा यसैसँग संलग्न फोटाहरुलाई आ-आफ्नो वाल र प्रोफाइल फोटोहरुका रुपमा प्रयोग गरौँ ।

नेपाली हुनुमा गर्व गरौँ । नेपालीपनलाई संरक्षण, प्रवर्द्धन र विस्तार गरौँ । बैशाख १ गतेलाई राष्ट्रप्रेम भावले मनाऔं ।

@दोश्रो अन्तरराष्ट्रिय नेपाली झण्डा दिवसका लागि

डा. लेखनाथ काफ्ले

शिन्चु, ताइवान

Executive Editor

Prayas Literary Journal
flag2






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution