हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

तामाङहरुको तेमाल जात्रा (बौद्ध ,बालाजु र स्वयम्भु)

temal jatra

तामाङहरूले परम्परागत रूपमा प्राचीन कालदेखि मनाउँदै आएको थुप्रै चाडपर्वमध्ये एउटा प्रमुख पर्व हो – तिमालजात्रा। चैत पूणिर्माको अघिल्लो दिन बौद्ध स्तूप र चैत पूणिर्माका दिन बालाजुको बाइसधारा स्नान गर्दै स्वयम्भू स्तूपसम्म लाग्ने यस जात्राको नाम तिमालजात्रा रहनुमा तिमाल भेगका तामाङहरूको प्राचीन कालदेखि नै जात्रामा घना सहभागिता रहनु हो। तिमाल क्षेत्र काभ्रेपलाञ्चोक जिल्लाको झिगु खोला, सुनकोसी र रोसी खोलाको मध्यपहाडी एवं बेंसी भागमा पर्छ जसलाई तामाङहरूले आफ्नो उद्गम थलोका रूपमा स्विकार्दै आएका छन्।यद्यपि जात्रामा नेपालका साथै भारत, बर्मा, भुटानदेखि नै तामाङहरू स्वयम्भू र बौद्धमा आउँछन्।

यस जात्राको उत्पत्तिका सम्बन्धमा खोजी गर्दा ठोस प्रमाण र तर्कपूर्ण किंबदन्ती अझै पाउन सकिएको छैन। तर जेजति प्राप्त भएका छन्, त्यसका अनुसार यस जात्राको उत्पत्ति काठमाडौं उपत्यका दहका रूपमा रहेका बेला बन्धुमती नगरबाट आएका विपश्वी बुद्धले जामाचो नागार्जुनको डाँडाबाट यस दहको अवलोकन गरी चैत पूणिर्माका दिनमा हालको गुहेश्वरी रहेका ठाउँमा कमलको फूल रोपेकाले त्यसैको स्मरणार्थ जात्रा मनाउन थालिएको मान्न सकिन्छ। पछि सोही फूलमा आश्विन शुक्लपूणिर्माका दिन स्वयम्भूको ज्योति उत्पन्न भएपछि यस ज्योतिको दर्शन गर्न शिखी बुद्ध, विश्वभु बुद्ध, मञ्जुश्री बुद्ध, कनकमुनि बुद्ध, काश्यप बुद्धलगायत अलौकिक बुद्धहरू र बौद्धधर्मावलम्बीहरू देशदेशावरबाट आएको पाइन्छ। यसबाट यस जात्राको उत्पत्ति स्वयम्भू स्तूप निर्माणको पृष्ठभूमिबाटै भएको अनुमान गर्न सकिन्छ। यति मात्र नभई तिमालजात्राको प्रारम्भ बौद्ध स्तूपबाट हुने हुँदा यसको उत्पत्ति बौद्ध स्तूपको -ज्यारुङ खस्योर) निर्माणको पृष्ठभूमिसँग पनि गाँसिएको प्रतीत हुन्छ।

तिमाल जात्रामा सहभागी हुन आउने तामाङहरूको चैत पूणिर्माको अघिल्लो दिन बौद्ध स्तूपमा सबेरैदेखि भीड लाग्छ। त्यहाँ ँउक्त दिन रातभर मृतकहरूको मुक्तिका लागि बत्ती बाल्ने गरिन्छ। यसरी बत्ती बाल्न आउने तामाङहरू टाढाटाढाबाट आउँदा सामूहिक रूपमा लामा पुरोहितका साथ रमाइलो गर्दै आउँछन् भने नजीकबाट आउनेहरूचाहिँ परिवारसँग आउने गर्छन्। जुन बत्ती बौद्ध स्तूपको प्रदक्षिणा गरी, मानेहरू घुमाउँदै स्तूपको उत्तरतर्फको तेस्रो तल्लामा रहेको १०८ खोपामा दाहिने पारी घुम्न थाल्ने गरिन्छ अनि लामा पुरोहितलाई मृतकको मुक्तिका लागि पाठपूजा पनि गर्न लगाउँछन्। यसरी तीर्थस्थलमा बत्तीहरू बाल्दा धर्मका साथै मृतकको आत्मा भड्किरहेको भए पनि मुक्त भई अभिताम लोक -स्वर्ग)मा पुग्छ भन्ने विश्वास तामाङहरू गर्छन्।

यसै दिन नजीकबाट आउने तामाङहरू आआफ्ना घर र्फकन्छन्, टाढाबाट आउनेहरू बौद्ध स्तूपकै पीठमा तामाङ सेलो गाएर रात बिताउँछन्। यसको भोलिपल्ट अर्थात् चैत पूणिर्माका दिनमा सबेरै बालाजुको बाइसधारामा स्नान गर्न पुग्छन् अनि स्वयम्भू स्तूप ज्योतिको दर्शन गर्छन्। स्वयम्भूमा पनि बौद्ध स्तूपमा गरिएको प्रक्रियाअनुसारै स्वयम्भू महाज्योति रहेको पीठको प्रदक्षिणा गर्दै सो धर्म र मृतकको मुक्तिका हेतु तयार गरिएका बत्तीहरू बाल्ने गर्छन्। मृतकको मुक्तिका लागि लामा पुरोहितबाट पाठपूजा पनि गराउँछन् र घर र्फकन्छन्। तिमालजात्रामा सहभागीहरू आउँदा पहिलेपहिले तिमालका तामाङहरू वर्षभरि कमाएको धन खर्च गर्थे, तामाङनीहरू बाटाघाटामा सुनमा पाइन हाल्दै नाचगान गर्दै आउनेजाने गर्थे र त्यस्तै अरनिको राजमार्ग बन्नुअगाडि यो जात्रा भर्न तामाङहरू सल्लाको खोटो -म्हेदाङ) बाल्दै आउँथे भन्ने जनश्रुति पाइन्छ। मकवानपुर राज्यको अधीनस्थ रहेको तिमालका अन्तिम राजा रिन्जेन दोर्जेको पाला -विसं १८१९) सम्म यो जात्रामा राजा स्वयं सहभागी भएको पाइन्छ। पितृ उद्धारको केन्द्रीय सेरोफेरोमा रहेको यो दुईदिने जात्राले तामाङ संस्कृतिको गरिमालाई प्राचीन कालदेखि अहिलेसम्म निरन्तरता दिएको देखिन्छ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution