हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

पानी खाना नपाएर कुखुरा मरेनन् , पानी नदिनेको ज्यान गयो

महोत्तरी–कुखुरालाई पानी नखुवाएको झोकमा हातिलेट–३ मा संचालित कुखुरा फर्मका संचालकले आफनै फर्ममा काम गर्ने एक कामदारलाई निर्मतापूर्वक पिटेर हत्या गरेका छन्।

हातिलेट–३ स्थित बिजयवस्तीमा संचालित कुखुरा र्फममा कामगर्ने कामदार हातिलेट–२ घर भएका २८ वर्षीय विजुली सदा मुसहरलाई र्फम संचालक पवन बस्नेतले कुखुरालाई पानी नखुवाएको झाेंकमा निर्ममतापूर्वक पिटेर हत्या गरेका हुन्।

मंगलबार साझ कुखुरालाई पानी नखुवाएको झाेंकमा कुखुरा फर्म संचालक बस्नेतेको पिटाइबाट शनिबार बिहान उनको ज्यान गएको प्राराम्भिक अनुसन्धानबाट खुल्न आएको इलाका प्रहरी कार्यालय बर्दिवासका डिएसपी शालिग्राम शर्माले बताए।

‘मृतकको शरीरमा देखिएको चोटपटक र घाउ एक दुई दिन पहिलेको रहेकोले उनी माथि एक दुई दिन पहिले नै कुटपिट भएको र सोही कुटपिटबाट उनको मृत्यु भएको प्राराम्भिक अनुसन्धानबाट खुल्न आएको छ,’ डिएसपी शर्माले भने, ‘आरोपी पवन बस्नेत पक्राउ परेपछि घटना बारे थप यर्थाथ खुल्नेछ।’ कुटपिट भएकै दिनदेखि र्फम संचालक बस्नेत फरार छन्। बस्नेतको खोजी तिव्र पारिएकोे डिएसपी शर्माले बताए।

आरोपी बस्नेत सीमानाका सम्सीको बाटो भएर भारतीय बजारतर्फ भागेकाले त्यस क्षेत्रमा व्यापक प्रहरी परिचालन गरी खोजी कार्य तिव्र पारिएको डिएसपी शर्माले बताए । मंगलबार साँझ मादक पदार्थ सेवन गरी आएका बस्नेतले मुसहरलाई कुखुरालाई पानी किन नखुवाएको भन्दै उनी माथि निर्ममतापूर्वक कुटपिट गरेर उनी फरार भएको स्थानीयले बताए।

निर्घात कुटाइका कारण सदा चार दिनदेखि ओछ्यानमै थलापरेको र उनको शनिबार विहान मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन । मृतक सदाको अनुहार, छाती र कोखमा गहिरो चोट लागेको देखिएको छ । मृतकको शव पोष्टमार्टमका लागि जलेश्वर अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।

यता गरिव तथा दलितहरुको बसोबास रहेको बिजय बस्तीमा बिजुलीको हत्याले गाउँ नै शोकमा डुबेको छ। करीब १ किलो मिटर टाढाबाट साइकलमा पानी ओसारेर दैनिक बिजुलीले बस्नेतले संचालन गरेको दुई कुकुरा फर्ममा कुकुरालाई पानी र चारो हाल्ने काम गर्दै आएको स्थानीय मिनु दमाइले बताए।

‘आफ्नो नाममा एक धुर जग्गा समेत नभएका बिजुलीया दिनहुँ पाखुरा चलाएर जीवन चलाउँदै आएका थिए,’स्थानीय दमाईले भने। रातु खोलाको बगरमा एउटा सानो झुप्डिमा विजुलिया सपरिवार बस्दै आएका थिए । तर निर्ममता पूर्वक उनको हत्या भएपछि उनको परिवारजहान वेसाहार भएको स्थानीयले बताएका छन्। स्थानीयले घटनाको निश्पक्ष ढंगले छानविन हुनु पर्ने र हत्यारालाई कडाभन्दा कडा कारवाही हुनु पर्ने माग स्थानीय प्रशासनसँग गरेको समाचार नागरिक न्युजमा छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution