डाजाङको कथा लेखनसँगै साहित्यिक कार्यक्रम सम्पन्न

चैत २७ , काठमाण्डौं ; तामाङ डाजाङद्वारा आयोजित एक दिने तामाङ कथा लेखन सम्बन्धी प्रशिक्षणात्मक गोष्ठी आज सम्पन्न भएको छ । काठमाडौंको टौदह स्थित केभिन रोहन इको फाउन्डेसनको हलमा सम्पन्न उक्त गोष्ठी तामाङ डाजाङको सल्लाहकार एवं कामनपाका कार्यकारी प्रमुख रुद्रसिं तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
तामाङ डाजाङका सम्पादक इन्द्र तामाङले कार्यक्रमको उदेश्य सहित स्वागत मन्तव्य पछि सामाजिक विकास बिभाग कामनपाका उपनिर्देशक यज्ञप्रसाद बडाल लगायतका अतिथिहरुले मन्तव्य राख्नु भएको थियो ।
पहिलो चरणको कार्यक्रम तामाङ डाजाङकै अर्जुन बहादुर तामाङले सन्चालन गरेपनि दोस्रो चरणको कार्यक्रम भने बाल कथाकार एवं सञ्चारकर्मी नेत्र तामाङले सन्चालन गरेको थियो । उक्त गोष्ठीमा कथा के हो ? र कसरी लेख्ने भन्ने विषयमा उपन्यासकार युग पाठक र कथामा पात्र चयन र चरित्र निर्माण सम्बन्धी लेखक दिल पौडेलले प्रशिक्षण दिनुभएको थियो ।
डाजाङका अध्यक्ष बुद्ध योन्जन, मुक्तान थेबा, सिर्जना गोले, सजना गोले, प्रेमलाल दोङ, कविराज काल्तान, अनिषा थिङ, सिर्जना पाख्रिन, लक्ष्मी रुम्बा, बुद्धराम थिङ, हिरामाया घिसिङ, चन्द्रमान बज्यु, सुजन गोले लगायत सहभागी मध्य चार जना स्रष्टाले तामाङ भाषामा कथा वाचन गर्नु भएको थियो । त्यस माथि उपस्थित सबै जनाले आ–आफ्नो तर्फबाट सुझाब दिनु भएको यिथो । कार्यक्रम तामाङ डाजाङका सल्लाहकार एवं भाषाशास्त्री अमृत योन्जन तामाङको सभाध्यक्षमा सम्पन्न भएको थियो ।
त्यसैगरी, तामाङ डाजाङले हरेक महिनाको अन्तिम शनिवार सन्चालन गर्दै आएको साहित्यिक कार्यक्रम (ग्योइकाइ गेताङ) को १ सय ५१ औं श्रृखला आजै सम्पन्न भएको छ । तामाङ भाषालाई साहित्यको माध्यमबाट विकास र संरक्षण गर्ने उदेश्यले सन्चालन भएको आजको कार्यक्रम नेपाल मानविकी (आर.आर.) क्याम्पस प्रदर्शनिमार्गमा भएको थियो । उक्त कार्यक्रममा स्रस्टाहरु फूलकुमार बम्जन, आर्दश थिङ, राजन वाइबा, गोले के.आर. चालिसेली, अमिर योन्जन, टंकलाल दोङ, बमबहादुर बम्जन, सत्तलसिंह योन्जनलगायतले तामाङ भाषामा लेखिएका कविता, गित, गजल र तामाङ मौलिक गित प्रस्तुत् गर्नु भएका छन् । ग्योइकाइ गेताङ प्रकाश थिङको संयोजकत्वमा सम्पन्न भएको थियो ।