हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

मिस नेपालको इतिहास ,अहिले सम्म क-कसले जितिन् उपाधि ?

miss nepal -2016

काठमाडौँ, चैत २७ गते । शुक्रबार राति नेपालकी २२ औँ मिस नेपालको ताजा अर्थात् ‘मिस नेपाल २०१६ अश्मी श्रेष्ठ जित्नु भएको छ |नेपालमा सन् १९९४ देखि मिस नेपाल प्रतियोगिता सुरु भएको हो | मिस नेपालको पहिलो उपाधि रुबी राणाले जित्नुभएको थियो । त्यसपछि १९९५ मा सुमी खड्का, १९९६ मा पुनम घिमिरे मिस नेपाल जितेकी थिईन् |

सन् १९९७ मा ‘मिस नेपाल’ र ‘मिस नेपाल वल्र्ड’को स्वरुपमा दुई पटक यो प्रतियोगिता भएको थियो । जस अन्तर्गत मिस नेपालको उपाधि निलिमा गुरुङले जितेकी थिईन् । सोही वर्ष देखि मिस वल्र्डमा भाग लिने अवसर आएपछि पुनः मिस नेपाल वल्र्ड प्रतियोगिता भएको थियो |जसको उपाधि झरना बज्राचार्यले जितेकी थिईन् । उपाधि जिते सँगै उहाँले नेपालको तर्फबाट मिस वल्र्डमा भाग लिने अवसर पाएकी थिईन् |
त्यस्तै, १९९८ मा मिस नेपालको उपाधि ज्योति प्रधानले जितेकी थिईन् । तर उनीले उत्तरदायित्व बहन गर्न नसकेको भन्दै उपाधि खोसेर ‘फस्ट रनरअप’ निरु श्रेष्ठलाई दिइएको थियो । त्यसैगरी, १९९९ को मिस नेपालको उपाधि स्वेता सिंहले हात पारेकी थिईन् भने २००० को उपाधि उषा खड्गीले जितेकी थिईन् र २००१ मा भने मिस नेपाल प्रतियोगिता सकेको थिएन |

प्रतियोगितालाई पुनः निरन्तरता दिँदै २००२ मा माल्भिका सुब्बा, २००३ मा प्रिती सिटौला, २००४ मा पायल शाक्य, २००५ मा सुगारिका केसीले मिस नेपाल जितेकी थिईन् | सन् २००६ मा पुन प्रतियोगिता भएको थिएन ।

यसैगरी २००७ मा भएको प्रतियोगिताको उपाधि शिताष्मा चन्दले जितेकी थिईन् भने २००८ मा केही मानिसले गरेको विरोधको कारण देखाउदै प्रतियोगिता भएको थिएन |

त्यसपछि अर्को वर्षदेखि पुनः निरन्तर सुरु भएको प्रतियोगिताको उपाधि क्रमशः २००९ मा जेनिशा मोक्तान, २०१० मा सदिक्षा श्रेष्ठ, २०११ मा मलिना जोशी, २०१२ मा सृष्टि श्रेष्ठ, २०१३ मा इशानी श्रेष्ठ, २०१४ मा सुविन लिम्बु र २०१५ मा इभाना मानन्धरले जितेकी थिईन् |

क्षेत्रगत हिसाबले हेर्दा उपाधि जित्नेमा हालसम्म राजधानी उपत्यका (काठमाडौँ, भक्तपुर र ललितपुर)का सुन्दरीको बर्चस्व छ । राजधानी उपत्यकाबाट १२ जना मिस नेपाल भएका छन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution