काठमाडौं उपत्यकामा ४.५ म्याग्निच्यूडको भूकम्प

चैत्र २७, काठमाडौंः शनिबार साँझ काठमाडौं उपत्यकामा भूकम्पको ठूलो झट्का महसुस भएको छ ।
साँझ ७ बजेर ११ मिनेटमा ललितपुरको भैंसेपाटीलाई केन्द्रबिन्दु बनाएर परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
मापन केन्द्रका अनुसार परकम्पको केन्द्रबिन्दु काठमाडौं उपत्यकाभित्रै परेकाले यति कडा धक्का महसुस भएको हो ।
भूकम्पले उपत्यकाका घर तथा ठूला भवनहरुसमेत करिब ३ सेकेन्डसम्म हल्लाएको छ ।