कतारमा नयाँ शक्ति द्वारा भलिबल प्रतियोगिता सम्पन्न

कतार – नयाँ शक्ति कतार क्षेत्रीय परिषद अलखोरले नेपाली नयाँ बर्ष २०७३ को उपलक्ष्यमा अलखोर स्थित “पवोर मेन क्याम्प” को परिसर भित्र विभिन्न कम्पनि र क्लबबाट १२ टिमको सहभागिता गराई भलिबल प्रतियोगीताको सम्पन्न गरेको छ | नयाँ शक्ति कतारका संयोजक बिबि खराल रोसनको प्रमुख अतिथ्यमा सम्पन्न भएको कार्यक्रमा उपसंयोजक लाल भट्ट, प्रबक्ता ध्रुब क्षेत्री, दोहाका क्षेत्रीय संयोजक हिमाल बिस्वकर्मा, मुस्लिम समाज कतारका संयोजक इब्राइम मियाको उपस्थी तथा अलखोर क्षेत्रका संयोजक तथा मध्यापुर्ब का सदस्य बि पी पाठक (सागर) को सभापतित्वमा भएको उक्त प्रतियोगिताको संयोजननयाँ शक्ति अलखोर क्षेत्रका उपसंयोजक निमा लामाले गर्नु भएको थियो |
२५ चैत्र साँझबाट सुरु भएको खेल २६ चैत्र बिहान सम्म चलेको थियो | उक्त प्रतियोगिताको समापनमा आफ्नो मन्तब्य राख्दै नयाँ शक्ति कतारका संयोजक तथा अन्तरिम नयाँ शक्ति नेपालका केन्द्रिय परिषद सदस्य “रोसन” ले नेपालमा भएको जातीय , बर्गीय, भौगोलिक , विभेद , युवा बर्गको विदेश पलाएन , कालो बजारी भ्रष्ट्र सरकारले विदेश पलाएन हुन बाध्य युवाहरुको हक र हितमा कुनै पनि काम गर्न नसकेको आरोप लगाए’ त्यसतै नयाँ शक्ति कतारका उपसंयोजक लाल भट्ट र प्रबक्ता ध्रुब क्षेत्रीले आउदै गरेको नेपाली नयाँ बर्ष २०७३ को शुभकामना तथा नयाँ शक्तिकोको आवश्यकता र विदेशमा श्रम बेच्ने युवाहरुले पनि देश बिकाशमा केहि गर्नुपर्छ भन्ने सन्दर्भमा आफ्नो मन्तब्य राख्नु भएको थियो |
उक्त प्रतियोगिताको बिजेतालाई १ खसी, सम्मान पत्र र मेडलका साथै उपविजेतालाई सम्मान पत्र, मेडल र नगद पुरस्कार हस्तान्तरण गरिएको नयाँ शक्ति कतारका प्रवक्ता ध्रुब क्षेत्रीले तामाङअनलाइनलाई जानकारी दिनु भएको छ |