गोरखामा नयाँ शक्तिको शिक्षक परिषद गठन,संयोजकमा भोजराज कोइराला

गोरखा – नयाँ शक्ति सम्बध शिक्षक सङ्गठ शिक्षक समाज नेपालको गोरखा जिल्ला भेला सम्पन्न भएको छ । “शिक्षक र शैक्षिक सरोकारवालाहरूको कर्तव्य र अधिकार; वैज्ञानिक र व्यबहारिक शिक्षा समाजबादको आधार” भन्ने नाराका साथ यही चैत्र २७ गते शनिबारका दिन ‘शिक्षक समाज नेपालको गोरखा जिल्ला परिषद भेला’ गोरखाको सदरमुकामस्थित रेडक्रसको सभाहलमा भएको हो । भेलाले संसारी महेन्द्र उमावि गाँखुका प्राचार्य भोजराज कोइरालाको संयोजकत्वमा ३१ सदस्यीय जिल्ला परिषद गठन गरिएको छ |
भेलाको प्रमुख अतिथि शिक्षक समाज नेपालका संगठन बिभाग प्रमुख एबं नयाँ शक्ति नेपालका अन्तरराष्ट्रिय बिभाग सदस्य इन्द्रराज भट्टराईले शिक्षक कर्मचारीका पेशागत मागहरूको संबोधन गर्न तत्काल एेन संसोधन हुनुपर्ने, स्रोत र साधन एबं आबश्यकताका आधारमा पाठ्यक्रम निर्माण गर्नुपर्ने, नयाँ नेपालको नयाँ शिक्षा एेन निर्माण हुनुपर्ने भन्दै नयाँ शैक्षिक शक्ति निर्माणमा कटिबध्द भई अगाडि बढ्न गोरखाली शिक्षकहरूलाई आग्रह गर्नुभयो । भेलामा नयाँ शक्ति नेपालका सचिबालय सदस्य एबं गोरखा जिल्ला संयोजक ऋषबदेब भट्टराईले नयाँ शक्ति निर्माणमा शिक्षकहरूको अहम् भूमिका रहने बताउनुभयो । भेलामा अनेशिसं गोरखाका संस्थापक सदस्य योग ब. लामिछाने, अमरज्योति जनता मा. बि.का प्राचार्य एबं शिक्षक समाज नेपालका केन्द्रीय परिषद सदस्य गोबिन्द खनाल, दुर्गा अधिकारी लगायतले आफ्नो अनुभुति सुनाउँदै शिक्षक समाज नेपाल निर्माणमा अघि बढ्ने प्रतिबध्दता व्यक्त गर्नुभयो । त्यस्तै भेलामी नयाँ शक्ति नेपालका केन्द्रीय परिषद सदस्यहरू रमेश पोखरेल, महेन्द्र श्रेष्ठ, चित्र ब गुरूंग लगायतको उपस्थिति थियो ।