हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

उपप्रधानमन्त्री कमल थापा द्वारा मन्त्रिपरिषद बैठक बहिष्कार

काठमाडौं- संघीयताको विरोध गर्दै आएको दल राप्रपा नेपालका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री कमल थापाले संघीयता कार्यान्वयनका लागि गठन गरिएको उच्चस्तरीय सरकारी समितिमा सदस्य नबनाएको भन्दै मन्त्रिपरिषद बैठक बहिष्कार गरेका छन्।

प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा ११ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ।

संघीयता कार्यान्वयन गर्ने मुख्य मन्त्रालयको मन्त्री भए पनि आफूलाई सदस्य नबनाइएको भन्दै थापाले बैठक बहिष्कार गरेको स्रोतले जनाएको छ।

मितिको सदस्यमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावल, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री शक्ति बस्नेत, कानुनमन्त्री अग्नि खरेल, सामान्य प्रशासनमन्त्री रेखा शर्मा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष युवराज खतिवडा छन् भने मुख्यसचिव सोमलाल सुवेदी सदस्य सचिव छन्।

यसअघि पनि केही वैदेशिक मामिलाको विषयमा प्रधानमन्त्री ओलीसँग थापा असन्तुष्ट बनेका थिए। भारतसँग सम्बन्ध सुधारमा आफूले भूमिका निर्वाह गरे पनि त्यसको जस लिनेगरी प्रधानमन्त्रीले अन्य मन्त्रीलाई परिचालन गरेको भन्दै उपप्रधानमन्त्री थापाले असन्तुष्टि पोखेका थिए |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution