हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

बर्षको उत्कृष्ट दश अभिनेत्री

चैत्र २६, २०७२
साम्राज्ञी राज्यलक्ष्मी शाह (ड्रिम्स)

11

मोडलिङबाट चलचित्रमा आएकी अभिनेत्री हुन् साम्राज्ञी राज्य लक्ष्मी शाह । ‘फेस अफ क्लासिक डायमन्ड’ मा विजयी भएपछि मोडलिङमा स्थापित साम्राज्ञीलाई निर्माता तथा निर्देशक भुवन केसीले चलचित्र ‘ड्रिम्स’ मार्फत नेपाली चलचित्रमा भित्र्याएका हुन् । केसीले साम्राज्ञीलाई आफ्नो पहिलो निर्देशनको चलचित्र ‘ड्रिम्स’ मा अभिनेता–छोरा अनमोल केसीको जोडीका रूपमा अडिसनमार्फत छनौट गरेका हुन् । वर्ष २०७२ कै उत्कृष्ट चलचित्रहरूमध्येको एक बन्न सफल ‘ड्रिम्स’ हेर्ने अधिकांश दर्शकले साम्राज्ञीको अभिनयको प्रशंसा गरेका छन् । प्रभावकारी भूमिकामा प्रस्तुत भएकी साम्राज्ञी एउटै चलचित्रबाट स्थापित अभिनेत्री समेत भएकी छिन् । यतिबेला साम्राज्ञीलाई आफ््नो चलचित्रमा अभिनय गराउन चाहने निर्माता तथा निर्देशकहरूको संख्या बढ्दो छ, तर उनले हालसम्म कुनै पनि चलचित्र स्वीकार गरेकी छैनन् ।

नम्रता श्रेष्ठ (क्लासिक, अधकट्टी)

12

चलचित्र ‘क्लासिक’ को सफलतापछि नायिका नम्रता श्रेष्ठको लोकप्रियता चुलिएको छ । यो चलचित्रमा नम्रताले आँखा नेदेख्ने युवतीको भूमिका निर्वाह गरेकी थिइन् । उनको अभिनय यत्ति सशक्त रह््यो कि चलचित्र हेर्ने दर्शकका आँखा पनि रसाए । आर्यन सिग्देलसँगको उनको जोडी पनि उत्तिकै आकर्षक रह््यो । चलचित्रले व्यवसायिक सफलता त हासिल गर्‍यो नै, आकर्षक अभिनयका कारण नम्रताले आफ््ना प्रशंसकहरूसमेत बढाइन् । नम्रताको लोकप्रियताकै कारण उनको नाममा चलचित्रको गीतसमेत बन्यो । चलचित्र ‘अधकट्टी’ को ‘हे नम्रता…’ गीतमा उनी आफैंले नृत्य गरिन् ।

दीपाश्री निरौला (वडा नम्बर ६)

13

हुन त दीपाश्री निरौला हास्यअभिनेत्री हुन् तर चलचित्र ‘वडा नम्बर ६’ मा अत्यन्त गम्भीर शैलीको भूमिका निर्वाह गरेर उनले आफूलाई अभिनेत्रीका रूपमा स्थापित गरेकी छिन् । चलचित्रको गीत ‘सुर्के थैली खै…’ मा दीपाश्रीले गरेको नृत्य अत्यन्त लोकप्रिय छ । यूट्युबमा ६३ लाख पटक हेरिएको यो गीतले एउटा छुट्टै कीर्तिमान कायम गरेको छ । यही गीत तथा चलचित्रको लोकप्रियताले दीपाश्रीले वर्ष २०७२ को चलचित्र क्षेत्रको वर्ष महिलाको उपाधि समेत जितिन् । वर्ष २०७२ को अन्त्यमा आएर दीपाश्रीले चलचित्र निर्देशकको परिचय समेत बनाएकी छिन् । २०७३ को दसैंमा प्रदर्शन हुने चलचित्र ‘छक्कापञ्जा’ मार्फत दीपाश्री निर्देशकका रूपमा दर्शकमाझ आउन लागेकी हुन् ।

रेखा थापा (जाउँ हिँड पोखरा, रामप्यारी)

14

हुन त रेखा थापाको महत्वाकांक्षी चलचित्र ‘रामप्यारी’ आज शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । चलचित्रको प्रचार–प्रसार, प्रोमो तथा सम्भावनाका आधारमा उनलाई वर्ष २०७२ का उत्कृष्ट नायिकाहरूको सूचीमा समावेश गरिएको छ । यसअघि रेखाले अभिनय गरेको चलचित्र ‘जाउँ हिँड पोखरा’ प्रदर्शन भएको थियो तर त्यसले व्यवसायिक सफलता हासिल गरेन । जीवन लुइँटेलसँगको रेखाको उक्त चलचित्र निर्माण भएको झन्डै आधा दशकपछि प्रदर्शन भएकाले पनि दर्शकले त्यसमा खासै रुचि देखाएनन् । ‘रामप्यारी’ मा भने उनी दोहोरो भूमिकामा छिन् । राम तथा प्यारीका रूपमा रेखाले दर्शकलाई कत्तिको मनोरञ्जन प्रदान गर्ने हुन्, हेर्न बाँकि नै छ ।

केकी अधिकारी (बाग्मती, भाग सानी भाग)/अशिष्मा नकर्मी (अधकट्टी)

15

नायिका केकी अधिकारीको वर्ष २०७२ औसत रह्यो । म्युजिक भिडियो तथा चलचित्रमा उत्तिकै सक्रिय केकी यो वर्ष दुई भिन्न चलचित्रमार्फत दर्शकमाझ आइन् । ठूलो प्रचार गरिएको चलचित्र ‘बाग्मती’ की यी नायिका उक्त चलचित्रको असफलतासँगै निराश हुनु स्वभाविक हो, तर ‘भाग सानी भाग’ को सफलताले उनलाई हौस्यायो । वर्ष २०७३ मा केकीले अभिनय गरेका केही चलचित्र दर्शकमाझ पुग्दैछन् । नायिका अशिष्मा नकर्मीले अभिनय गरेको चलचित्र ‘अधकट्टी’ व्यवसायिक रूपमा औसत रहे पनि नायिका अशिष्मा नकर्मीलाई उक्त चलचित्रले फाइदा पुर्‍यायो । चलचित्रको ‘फिगर कोकाकोला…’ गीत लोकप्रिय भएपछि अशिष्माले केही नयाँ चलचित्रका साथै थुप्रै म्युजिक भिडियोबाट अभिनय गर्ने प्रस्ताव पाइन् ।

पूजा शर्मा (प्रेम गीत, चंखे शंखे पंखे)

16

नायिका पूजा शर्मालाई भाग्यमानी कलाकार मान्न सकिन्छ । अभिनयमा औसत रहे पनि उनले एकपछि अर्को चलचित्र पाइरहेकी छिन् । वर्ष २०७२ मा पूजाले अभिनय गरेका दुई चलचित्र ‘चंखे शंखे पंखे’ तथा ‘प्रेम गीत’ प्रदर्शन भए । पहिलो चलचित्रले औसत व्यवसाय गरे पनि ‘प्रेम गीत’ व्यवसायिक रूपमा अत्यन्त सफल भयो । हुन त प्रेम गीतको सफलताको श्रेय अभिनेता प्रदीप खड्कालाई दिइएको छ तर प्रदीपकै समानान्तर भूमिकामा रहेकी पूजाले पनि दर्शकको मन जित्ने प्रयास गरिन् ।

नीता ढुंगाना (फूलैफूलको मौसम तिमीलाई, धुन)
17
नायिका नीता ढुंगानाले चलचित्र ‘फूलैफूलको मौसम तिमीलाई’ मार्फत दर्शकको मन जितिन् । यो चलचित्रमा उनी दोहोरो भूमिकामा थिइन् । विडम्बना के रह्यो भने ‘ड्रिम्स’ सँगको प्रतिस्पर्धामा यो चलचित्र पछि पर्‍यो । नीताले अभिनय गरेको चलचित्र ‘धुन’ पनि यही वर्ष प्रदर्शन भयो तर उक्त चलचित्र व्यवसायिक रूपमा असफल भयो । त्यसबाहेक नीता म्युजिक भिडियोहरूमा समेत व्यस्त भैरहिन् । यो वर्ष मात्र उनले एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिन् ।

निशा अधिकारी (लुटेरा)

18

अघिल्लो वर्ष सगरमाथाको सफल आरोहण गरेर चर्चामा आएकी नायिका निशा अधिकारी लामो समयपछि चलचित्रमा फर्किन् । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘लुटेरा’ मार्फत अभिनयमा पुनरागमन गरेकी निशाले यो चलचित्रबाट प्रशंसा कमाइन् । निखिल उप्रेतीसँगको चलचित्र लुटेराले व्यवसायिक सफलतासमेत हासिल गर्‍यो । उक्त चलचित्रको सफलतासँगै निशाले एकपछि अर्को गर्दै नयाँ–नयाँ चलचित्र पाइन् । वर्ष २०७३ निशाका लागि भाग्यशाली सावित हुनसक्छ ।

रजनी केसी (परदेशी)

19

चलचित्र ‘लोफर’ बाट चलचित्रमा पदार्पण गर्ने नायिका हुन्् रजनी केसी । यो वर्ष उनले अभिनय गरेको चलचित्र ‘परदेशी’ अत्यन्त सफल रह्यो । चलचित्रमा अभिनेता प्रशान्त तामाङसँगै रजनीको अभिनयले पनि दर्शकको मन जित्यो । वर्ष २०७३ मा रजनीले अभिनय गरेको चलचित्र ‘ब्रासटेल’ प्रदर्शन हुनेछ । त्यसबाहेक रजनीले अभिनय गरेका थप केही चलचित्र आगामी वर्ष प्रदर्शन हुने क्रममा छन् ।

शिल्पा पोखरेल (फागु)

20

यो वर्ष नायिका शिल्पा पोखरेलले अभिनय गरेको एकमात्र चलचित्र प्रदर्शनमा आयो । सम्झना उप्रेती रौनियारको निर्देशन तथा अभिनेत्री करिश्मा मानन्धरद्वारा निर्मित चलचित्र ‘फागु’ मा शीर्ष भूमिका निर्वाह गरेकी शिल्पाले यो चलचित्रबाट आशा गरेअनुरूप सफलता भने पाइनन् । चलचित्रमा शिल्पाको भूमिकालाई मन पराइयो तर चलचित्रले व्यवसायिक सफलता भने हासिल गरेन । त्यसो त यही वर्ष प्रदर्शन हुने अनुमान गरिएको चलचित्र ‘किस्मत–२’ बाट पनि शिल्पा उत्तिकै आशावादी थिइन् तर यो चलचित्र वर्ष २०७३ को दसैंमा मात्र प्रदर्शन हुने भएको छ । शिल्पाले यो वर्ष अर्को एउटा चलचित्रमा पनि अभिनय गरिन्, जुन आगामी वर्ष मात्र प्रदर्शनमा आउनेछ ।- कान्तिपुर साप्तहिकबाट |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution