हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

करोडौं रकमको नोट उपयोगमा नल्याउँदा धुजाधुजा

currency

चैत्र २६, २०७२- लुम्बिनी आउने विदेशी श्रद्धालुले दान दिएको करोडौं रकम उपयोगमा नल्याउँदा खेर गइरहेको छ । ६० मुलुकका ४ करोड ६१ लाखभन्दा बढी मुद्रा लुम्बिनी विकास कोषको प्रधान कार्यालय परिसरमा बोरामा कोचेर राखिएको छ । कोष र सरकारले उक्त रकम उपयोगमा ल्याउन नसकेका हुन् ।

कैयौं वर्षदेखि थन्काइएकाले धेरै नोट धुजाधुजा भइसकेका छन् । विदेशी मुद्रा उपयोगमा ल्याउन नसक्नु कोष र सरकारको कमजोरी भएको कोषकै कोषाध्यक्ष ओमप्रसाद अर्यालले बताए । प्रयोगमा ल्याउने प्रयास सफल हुन नसकेको उनको भनाइ थियो ।

‘नोट उपयोगका लागि गभर्नरदेखि प्रधानमन्त्रीसम्मलाई प्रस्ताव गरेका हौं,’ उनले भने । नेपाल राष्ट्र बैंकले नलिने केही मुलुकका मुद्राको गणना छैन । चिनियाँ युआन, अमेरिकी डलर, सिंगापुर डलरलगायत मुद्रा पनि काम नलाग्ने बन्दै गएका छन् । कतिपय नयाँ नोटसमेत राष्ट्र बैंकबाट विनिमय हुन नसकेको कोषका कर्मचारीको भनाइ छ ।

भियतनामको डोङ दुई करोड १५ लाख, म्यानमारको क्याट एक करोड २५ लाख, इन्डोनेसियाको रुपिह ९६ लाख, श्रीलंकाको रुपी १२ लाख १४ हजार र क्याम्बोडियाको रियल पाँच लाख बोरामा कोचिएको छ ।

यस्तै, कोरियाली वोन च्यातिएको सहित ९० हजार, युआन ७ हजार, भुटानी नगुल्ट्रम १७ हजार, तान्जिनियाको सिलिङ ११ हजार, इरानको रियल ४१ हजार, मंगोलियाको टुघ्रिक ७६ हजार, लाओसको किप ७ लाख ३६ हजार, बंगलादेशको टाका १३ हजार, थाई भाट ७ हजार छन् । विश्वकै गरिब इथियोपियालगायत अफ्रिकी मुलुकका मुद्रासमेत अलपत्र छन् ।

थाइल्यान्ड र चीनका नयाँ नोटसमेत मेसिनले चिन्न नसकी फिर्ता आउने गरेको कोषको लेखा अधिकृत भीम बस्नेतले बताए ।

‘लुम्बिनीप्रति अगाध श्रद्धा देखाउँदै गरेको दान लुम्बिनीमै केही काममा लाग्न सकेको छैन,’ बस्नेतले भने, ‘कतिपय च्यातिएका नोट पनि फ्याँक्न माया लागेकाले राखेका छौं ।’ राष्ट्र बैंक सिद्धार्थनगर शाखा कायममुकायम निर्देशक शरणकुमार अधिकारीले त्यसबारे विवरणसहित बैंकिङ कार्यालयमा पठाइएको बताए ।

उनका अनुसार कोषले ०७१ चैत ५ मा सबै नोटको विवरणसहितको पत्र बैंकको सिद्धार्थनगर शाखामा पठाएको थियो । शाखाले ०७१ चैत ९ मै काठमाडौंस्थित बैंकिङ कार्यालयमा उक्त पत्र पठायो । केन्द्रले हालसम्म जवाफ नदिएको समाचार इकान्तिपुरमा छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution