हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

मनास्लु–ल्होत्से हीरक महोत्सव” : चर्चित आरोही नेपाल आउँदै

Lhotse-fromChukhungRi

चैत्र २५, काठमाडौं ;  नेपालको पर्यटनलाई संसारमा चिनाउने मुख्य आधार नै हिमाल हो र पर्वतारोहण र पदयात्रा पर्यटकका लागि आकर्षक गन्तव्य हो ।

त्यसमा पनि सर्वोच्च शिखर सगरमाथा, मकालु, मनास्लु, अन्नपूर्णलगायतका हिमाल विश्व चर्चित छन् । आठ हजार मिटर अग्ला आठवटा हिमाल क्रमशः सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से, मकालु, चो–यु, धौलागिरि, मनास्लु र अन्नपूर्ण नेपालमा छन् ।

तीमध्ये मनास्लु र ल्होत्से हिमालको आगामी अप्रिल ३० अर्थात् वैशाख १७ गते “मनास्लु–ल्होत्से हीरक महोत्सव” मनाइँदैछ । आजभन्दा ६० वर्षअघि तीन जापानी नागरिक र एक नेपाली गरी चार आरोहीले आठ हजार १६३ मिटर अग्लो मनास्लु र दुई सुइस नागरिकले आठ हजार ५१६ मिटर अग्लो ल्होत्से हिमाल आरोहण गरेको सम्झनामा हीरक महोत्सव मनाउन लागिएको हो । 


सन् १९५६ मे ९ मा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले मनास्लुको सफल आरोहण गर्नुभएको थियो । त्यसको दुई दिन अर्थात् मे ११ मा जापनिज नोर्बु हिगेता र किचिरो कातोले मनास्लु आरोहण गर्नुभएको थियो । सन् १९५६ मे १८ मा स्विस नागरिक आन्स राइस र लुच सिङ्गरले ल्होत्से हिमालको सफल आरोहण गर्नुभएको थियो ।


तस्बिर: मनास्लु, ग्रेटहिमालय डटकम

मनास्लु आरोहण गर्ने चारमध्ये एकमात्र जीवित ९० वर्षीया जापानी आरोही हिगेता महोत्सवमा सहभागी हुन नेपाल आउँदैहुनुहुन्छ, अन्य तीनजनाको निधन भइसकेको छ । हिगेताँसँगै जापानी मिडिया तथा माउन्टेनरिङ फेडेरेसनलगायतका ८७ जना जापानी आरोहीहरु नेपाल आउँदैछन् ।

ल्होत्से चड्ने स्विस नागरिक जीवित भए पनि उहाँहरुको प्रतिनिधित्व गरेर अन्य आरोही नेपाल आउँदैछन् । समारोहमा यहाँस्थित स्विस राजदूतले प्रतिनिधित्व गर्नुहुनेछ ।

भूकम्प र नाकाबन्दीबाट थलिएको मुलुकको पर्यटन प्रवद्र्धनका लागि हीरक महोत्सव निकै उपयोगी हुने सम्बद्ध अधिकारी बताउँछन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रेमकुमार राईले भूकम्पपछि पर्यटक घटिरहेको अवस्थामा दुई हिमालको हीरक महोत्सवले आरोहीलाई पनि प्रोत्साहन र विश्वका पर्यटकलाई नेपाल घुम्न जानुपर्ने सन्देश प्रवाह गर्न सहयोग पुग्ने बताउनुभयो ।

“नेपालको पर्यटन भनेकै हिमाल हो, त्यसैले ६० वर्षअघि मनास्लु र ल्होत्से हिमाल आरोहण गरेका आरोही नै यहाँ आएर हीरक महोत्सवमा सहभागी हुने भएकाले यसको आफ्नै गरिमा र महत्व हुन्छ” – हीरक महोत्सव मूल आयोजक समितिका अध्यक्षसमेत रहनुभएका सचिव राईले भन्नुभयो ।काठमाडौँमा आयोजना गरिने महोत्सवको राष्ट्रपतिले उद्घाटन गर्ने कार्यक्रम छ ।

महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्न पर्यटन मन्त्रालयका सचिवको अध्यक्षतामा ४७ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । हालैको मन्त्रीस्तरको निर्णयबाट उक्त समिति गठन गरिएको हो । महोत्सवको सहयोगका लागि विभिन्न क्षेत्रका ४४ वटा संस्था छनोट भएका छन् । महोत्सवको तयारीस्वरुप मूल समितिले उपसमितिहरु गठन गरी काम अघि बढाएको सचिव राईले जानकारी दिनुभयो ।

नेपाल सुरक्षित गन्तव्य रहेको सकारात्मक सन्देश विश्वभर फैलाउन महोत्सवले सहयोग पुग्ने नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का अध्यक्ष आङ्छिरिङ शेर्पाले बताउनुभयो ।

हीरक महोत्सवका लागि विभिन्न मुलुकबाट आरोही तथा मिडियाहरु आउनेछन् ।

मूल आयोजक समितिको सदस्य सचिव संस्था एनएमएका अध्यक्ष शेर्पाका अनुसार अहिलेसम्म बेलायत, जर्मन, जापान, स्विट्जरल्यान्डलगायतका देशबाट सहभागी हुने जानकारी गराइसकेका छन् ।

नेपालले विश्वभरका १०० भन्दा बढी अल्पाइन क्लब र त्यसका छाता सङ्गठनहरुलाई हीरक महोत्सवमा सहभागिताका लागि आग्रह गरिएको शेर्पाले उल्लेख गर्नुभयो ।

मे ९ मा काठमाडौँमा मात्र नभई गोरखा र मनास्लुको फेदी सामा गाउँमा पनि विविध कार्यक्रम गरी मनाइन्छ । काठमाडौँको कार्यक्रम सकेर जापानी आरोहीहरु मनास्लु क्षेत्रको ट्रेकिङ गर्ने बताइएको छ । यसअघि सन् २०१३ मा सगरमाथा र चो–यु हिमालको हीरक महोत्सव मनाइएको थियो । आगामी नोभेम्बर १९ मा मकालु र कञ्चनजङ्घाको हीरक महोत्सव मनाइने जनाइएको छ ।

एनएमएको विवरणअनुसार हालसम्म मनास्लुको एक हजार ४७ र छोयुको ६०७ जनाले आरोहण गरिसकेका छन् । सात हजार ४०० भन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन् । व्यक्तिगत रुपमा मात्रै तीन हजार ८०० ले आरोहण गरेका छन् । नेपालमा पाँच हजार ८०० मिटरभन्दा माथिका ४०३ वटा हिमाल आरोहणका लागि खुल्ला गरिएको छ ।    स्रोत ; रासस

 

 

 

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution