फिफा वरियता नेपाल ६ स्थान माथि उक्लियो
बंगबन्धु गोल्डकप च्याम्पियन नेपाली राष्ट्रिय फुटबल टिम फिफा वरीयतामा ६ स्थानमाथि उक्लिएको छ ।विहीबार जारी गरिएको नयाँ वरीयतामा नेपाल ८० अंकसहित १ सय ७९ औं स्थानमा पुगेको छ । अघिल्लो महिना १ सय ८५ औं स्थानमा थियो । दक्षिण एसियालीमध्ये अफगानिस्तान सबभन्दा माथिल्लो १ सय ४७ स्थानमा छ ।
बंगबन्धु गोल्डकपको सेमिफाइनलमा नेपालले पराजित गरेको माल्दिभ्स १ सय ६० र साफ च्याम्पियन भारत १ सय ६२ औं स्थानमा छन् ।
बंगलादेश १ सय ७७ नेपालभन्दा माथि छ । भुटान १ सय ८६, श्रीलंका १ सय ८७ र पाकिस्तान १ सय ९० औं स्थानमा छन् ।