हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

सौम्य संवत्सर सुरु हुँदै पृथ्वीवासीलाई राम्रो फल मिल्ने

astronomy

चैत्र २५, २०७२- चन्द्रमासअनुसार चैत्र शुक्ल प्रतिपदा चैत २६ गते शुक्रबारदेखि सौम्य नामको नयाँ संवत्सर सुरु हुँदैछ । सौम्य नामक संवत्सर सुरु भएपछि पृथ्वीवासीलाई राम्रो फल मिल्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

गत वर्ष चैत्र शुक्ल प्रतिपदादेखि बिहीबारसम्म कीलक नामको संवत्सर परेकाले नेपाललगायत पृथ्वीका विभिन्न भागमा नराम्रो फल मिलेको समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए ।

‘चैत्र शुक्ल प्रतिपदा वत्सरारम्भ’ भनी शास्त्रमा लेखिएको छ, ६० वटा संवत्सर प्रत्येक वर्ष बदलिरहन्छन्, नव वर्षको शुभारम्भका दिन स्नान गरी तेल लगाएर निमको पात सेवन गर्नाले वर्षभर आरोग्यता प्राप्त हुने विश्वास छ,’ उनले भने । विसं २०७२ को अन्तसम्म कीलक नामको संवत्सर परेकाले नेपालमा भूकम्प, भारतको अघोषित नाकाबन्दी, बाढीपहिरोजस्ता नकारात्मक घटना भएकाले सौम्य नामको संवत्सर सुरु भएपछि राम्रो फल प्राप्त हुने समितिको भनाइ छ ।

वैदिक शास्त्रीय ग्रन्थमा संवत्सरको फल उल्लेख गर्दा कीलकको नकारात्मक र सौम्यको सकारात्मक फल बताइएको छ । चैत्र शुक्ल प्रतिपदादेखि चैत्र कृष्ण औँसीसम्म गरिने धार्मिक कर्ममा सङ्कल्प गर्दा यस वर्ष सौम्य नामको संवत्सर उच्चारण गरिन्छ । संवत्सर परिवर्तन हुने चैत्र शुक्ल प्रतिपदाका दिन शक संवत्सर पनि परिवर्तन हुन्छ । जसअनुसार शुक्रबारबाट शक संवत् १९३८ लाग्नेछ । जसलाई समितिले स्वीकृति दिएका पञ्चाङ्गमा श्रीशाके भनी लेखिएको हुन्छ ।

चैत्र शुक्ल प्रतिपदाका दिन जे बार पर्छ विसंको नयाँ वर्षभर ग्रहगोचरीय मन्त्रिपरिषद्अनुसार त्यही राजा हुने शास्त्रीय व्यवस्था रहेको पनि अध्यक्ष प्राडा गौतमले बताए । ‘यसैअनुसार नववर्ष विसं २०७३ को राजा शुक्र भएको हो, वैशाख १ गते जे बार पर्छ वर्षभर त्यही मन्त्री हुने विधानअनुसार २०७३ सालमा बुध मन्त्री भएको हो, यसलाई पात्रोमा राजा शुक्र र मन्त्री बुध भनी लेखिएको छ,’ उनले भने ।

नववर्ष विसं २०७३ मा शुक्र र बुधको संयोग परेकाले पनि राम्रो फल मिल्ने समितिको विश्वास छ । यी ग्रह आपसमा मित्र ग्रह हुन् । यसकारणले पनि विश्वमा धेरै नराम्रा घटना नहुने समितिको विश्वास छ ।

विसं २०७२ मा शनि राजा र मङ्गल मन्त्री थिए । यी दुवै आपसमा शत्रु ग्रह हुन् । यसैले पृथ्वीमा नराम्रा घटना भएका हुन् । यो फल नेपाललाई मात्र नभई विश्वकै लागि हुनेछ । ग्रह गोचरले नै विश्वलाई सञ्चालन गर्ने शास्त्रीय मान्यता छ । रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution