हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

वार्ता टोली त बनेको छैन भने के को एकता ? – सीपी गजुरेल,उपाध्यक्ष, नेकपा क्रान्तिकारी माओवादी

सीपी गजुरेल नेपालको कम्युनिष्ट आन्दोलनका लागि नयाँ नाम होइन । उनी एमाओवादीले गरेको जनयुद्धमा पनि होमिए । तर, शान्ति प्रक्रिया आएपछि एमाओवादीले पहिलोपटक भोगेको विभाजनमा यिनै गजुरेल पार्टी विभाजनको लाइनमा उभिएर वैद्य समूहतिर लागे । उनी अहिले वैद्यको नेकपा क्रान्तिकारी माओवादीको उपाध्यक्ष छन् । विशेषगरेर एमाओवादी र प्रचण्डप्रति कडा रुपमा प्रस्तुत हुने यिनै गजुरेल माओवादीबीच अर्थपूर्ण एकता हुनुपर्ने पक्षमा आफूरहेको बताउँछन् । भन्छन् –‘सच्चा कम्युनिष्ट फुटेर हँुदैन, जुटेर अघि बढ्नुपर्छ ।’ यिनै गजुरेलसंग अहिले चलिरहेको दुई माओवादी पार्टीको एकता, राष्ट्रिय राजनीतिलगायत विषयमा केन्द्रित रहेर गरेको लामो कुराकानी ..

० दुई माओवादीबीच एकताको कुरा चलिरहेको छ, एकताको महसुस किन गर्नुभयो ?

–कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने विषय हाम्रो सधैंभरिकै कार्यभार हो । कम्युनिष्ट आन्दोलनलाई बिखण्डित बनाएर राख्न चाहँदैनौं । सच्चा कम्युनिष्ट क्रान्तिकारीहरूकाबीचमा एकता हुनुपर्छ र सकिन्छ भने सर्वहारा वर्गको एउटै पार्टी बनाउनुपर्छ भन्ने हाम्रो सधैंभरिको चाहना हो । त्यसैले हामीले यो नयाँ कुरा गरेको पनि होइन । तपाईंले भन्नु भएजस्तै अहिले यो कुरा विशेष रुपमा उठेकै छ ।

० एकताका लागि प्रस्ताव चाहिं कताबाट आयो नि ?

–कतिपयले एकताको प्रस्ताव हाम्रो पार्टीले गरेको हो भनेर भनेका छन् । तर, यो प्रस्ताव हाम्रो पार्टीले गरेको होइन । एकताको प्रस्ताव एमाओवादीबाटै आएको हो । प्रस्ताव आएपछि यस विषयमा छलफल सुरु गरेका हौं ।

० एमाओवादीलाई एकताको प्रस्ताव ल्याउन केले प्रेरित गर्‍यो होला ?

–एमाओवादीबाट केही समयअघि बाबुराम भट्टराई बाहिरिएर नयाँ शक्ति अभियानमा लागे । बाबुरामको बहिर्गमन, अरु कार्यकर्ताहरूको पलायन र टुटफुटले एमाओवादीमा निकै निराशा छाएको देखिन्छ । यही कुराले गर्दा एमाओवादी एकताको विकल्प छैन भन्ने निष्कर्षमा पुगको हुनुपर्छ । जे जसरी आएको भएपनि यसलाई हामीले सकारात्मक रुपमा लिएर छलफल गरिरहेका छौं ।

० तर, राजनीतिक बजारमा त तपाईंहरू थाकेकाले एकताका लागि बढी उत्सुक भएको भन्ने कुरा चलिरहेको छ नि ?

–हामी थाकेको भन्ने कुरा हुँदै होइन, यसमा कुनै सत्यता छैन । हामीलाई अहिले यस्तो एकताको आवश्यकता परेको छैन । पार्टी पुनर्गठन गरेपछि विप्लव चोइटिएर गए । यदि हामीलाई त्यस्तो समस्या भएको भए त्यतिबेलै एकताको प्रस्ताव ल्याइहाल्ने थियौं नि ? पार्टी कसरी बलियो बनाउने भनेर किन लाग्थ्यौं र ? एकताका लागि हामी बढी हतारिएको भन्ने होइन । हाम्रो प्रयासमा त परि थापासंग मात्रै एकता भएको हो । हामी टिक्न नसक्ने भयौं, कमजोर भयौं भनेर एकताको पक्षमा उभिएका छैनौं ।

० तपाईंहरू एमाओवादीबाट फुटेपछि सशक्त रुपमा खडा हुन सक्नु भएन नि ?

–हो, हामीले पार्टी पुनर्गठन गरिसकेपछि हस्तक्षेपकारी भूमिका खेल्न नसकेको सत्य हो । तर, यसो भन्दैमा हामीले केही गर्न सकेनौं भन्ने होइन । पार्टी पुनर्गठनलगत्तै हाम्रो अगाडि एउटा चुनौती खडा भयो–संविधानसभा २ को निर्वाचन बहिस्कार गर्ने । हामीले त्यसको सक्रिय बहिस्कार पनि गर्‍यौं । त्यो सक्रिय बहिस्कार सफल नै भएको हामीले मूल्यांकन गरेका छौं । हाम्रै कारण सेना परिचालन गर्न सरकार बाध्य भयो । हामीले त्यो अवस्थामा राज्यलाई पुर्‍यायौं । यसो गरिसकेपछि पार्टी सशक्त त भयो । तर, विप्लव विभाजन हँुदा केही कमजोर हुनपुग्यौं । शान्ति प्रक्रियामा आएपछि सबै कुरा विघटन हँुदा पनि हामी कमजोर भयौं । सबै कुरा गुमाउँदा एक किसिमको प्रतिक्रान्ति भयो । त्यसले हाम्रो आन्दोलनमा असर पर्‍यो र हामी कमजोर हुन पुग्यौं । यही कारण हामीले सशक्त भूमिका खेल्न सकेनौं । यो सत्य हो ।

० हिजो एमाओवादीसंग सम्बन्ध बिच्छेद गर्दा धेरै सवालहरू उठाउनु भएको थियो, नेतृत्वमा विचलन आयो भन्ने थियो । अहिले एकता गर्नुपर्छ भन्नुको अर्थ एमाओवादी सच्चियो भन्ने हो ?

–होइन, सच्चियो हामीले भनेका छैनौं, सच्चियोस् भन्ने चाहिं हो । सच्चिएर आए भने एकता हुन्छ । एमाओवादीको अहिलेको लाइन सच्चिएको छैन ।

० यही अवस्थामा एकता हुन सक्छ कि सक्दैन ?

–अहिलेको लाइन विद्यमान रहेको अवस्थामा पार्टी एकता हुन सक्दैन । तर, कम्युनिष्ट आन्दोलन अगाडि बढाउने हाम्रो चाहना भएकाले हामी उहाँहरूलाई सच्चाउन चाहन्छौं । एमाओवादी सच्चिएपछि हामी एकता गर्न सक्छौं ।

० तपाईंहरूको प्रस्ताव चाहिँ के छ अहिले ?

–एमाओवादीमा देखिएका समस्याले तत्काल एकता हुन नसक्ने भएकाले हामीले पहिले कार्यगत एकता र संयुक्त मोर्चा गर्दै जाऊ भनेका छौं ।

० एमाओवादीले के गर्‍यो भने एकता हुनसक्छ त ?

–यसका लागि हामीले सातवटा प्रस्ताव पठाएका थियौं । हामीले पठाएको प्रस्तावमा मालेमावादलाई मान्नेदेखि लिएर नयाँ जनवादी क्रान्तिका निम्ति तयार हुने, नयाँ जनवादी क्रान्तिको निम्ति तयार हुने, नयाँ जनवादी क्रान्ति पूरा गर्दै समाजवादतिर अघि बढ्ने, यसमा बल प्रयोगको भूमिकालाई सहयोग गर्ने र यो संविधानलाई पश्चगामी भन्ने कुरा छन् । यसका साथै यसको विरुद्ध संघर्ष गर्ने र क्रान्तिको तयारीको निम्ति अघि बढ्ने भन्ने प्रमुख विषय हुन् । रणनीति र कार्यदिशाको कुरा त छँदैछ । भनाइमा मालेमावाद कुरा गरेपनि एमाओवादीको व्यवहारमा यो देखिएको छैन, व्यवहारमा पनि देखिनुपर्‍यो । अहिलेको संविधान, दलाल नोकरसाही र कमजोर सामन्तवर्गको सत्ता जुन छ, यसको विरुद्ध संघर्ष गर्न पनि एमाओवादी तयार हुनुपर्छ । यिनै यस्ता आधारभूत कुरा मिल्यो भने एकताको एजेन्डामा बहस, छलफल हुनसक्छ ।

० एमाओवादी आफैंले जारी गरेको संविधान कार्यान्वयन गर्न छाडेर तपाईंहरूले भनेजसरी एकता गर्न आउला र ?

–धेरै विश्वस्त त हामी छैनौं । अहिलेको संविधानविरुद्ध हाम्रो पार्टी छ भन्ने थाहा हुँदा–हुँदै पनि एकता–एकता भनेर जोड एमाओवादीले गरेकाले गलत नीति सच्याउनु हुन्छ कि भन्ने आसा हामीमा पलाएको छ, तर हामी विश्वस्त छैनौं ।

० अहिले एकताको कुरा कहाँ पुग्यो र कसरी छलफल हुँदैछ त ?

–जब उहाँहरूले एकताको कुरा ल्याउनुभयो, हाम्रो अध्यक्ष किरणको नेतृत्वमा अनौपचारिक रुपमा छलफल गर्ने भनेर हामीले जिम्मा दियौं । अनौपचारिक केही राउन्ड छलफल पनि भयो । प्रचण्डले बिहान, बेलुका दिउँसो फेरेर कुरा गर्ने भएकाले हामीले भएका छलफलमा विश्वास नगरेर लिखित कुरा मागेका थियौं । प्रचण्डजीहरूले छोटो तीनपेजको लिखित पत्र दिनुभएको छ, यसबाट हामी सन्तुष्ट छैनौं । यसको आधारमा एकता हुन सक्दैन । हामी के को आधारमा एकता हुन सक्छ भनेर लिखित पत्र दिने तयारीमा छौं । अहिलेसम्म एकताका लागि ठोस पहल नै भएको छैन । वार्ता टोली त बनेको छैन भने के को एकता हुन्छ अहिले ? एकता तत्काल हुन्छ भन्ने कुरा वाहियात हो ।

० २०७२ फागुन १ मै एकता हुने भनेर प्रचण्डले भन्नु भएको थियो नि त ?

–यो त मलाई थाहा भएन । यो कुरा तपाईंले प्रचण्डजीलाई सोध्नुभयो भने राम्रो हुन्छ ।

० कतिपयले पदमा कुरा नमिलेर फेरि भाँडिएको भनिरहेका छन् नि ?

–यो एकदमै गलत हो । किरणजीलाई अध्यक्ष मान्न तयार छु भनेर प्रचण्डले भनिसक्नु भएको छ । विचार र राजनीति लाइनमा कुरा नमिलेकाले रोकिएको हो । पदमा झगडा गर्ने कुरा हामीबाट हुनै सक्दैन ।

० तपाईंकै पार्टीका केही जिम्मेवार पदाधिकारीहरूले नै एकता छिट्टै हुँदैछ भन्ने अभिव्यक्ति दिइरहनु भएको छ, उहाँहरूबाट किन यस्तो कुरा आइरहेको छ त ?

–त्यस्तो पढ्न सुन्न आएको छ, त्यसको खण्डन पनि आएको छैन । तर, आधिकारिक रुपमा कोही एकता गर्ने कोही नगर्ने भन्ने हाम्रो पार्टीमा छैन । त्यो भनाई उहाँहरूको निजी कुरा हो ।

० कतिपयले तपाईं एकताका लागि उदासिन देखिनुभयो भन्ने आरोप लगाइरहेका छन् नि ?

–यो कपोलकल्पित कुरा हो । यो कुरा चाहिं सत्य हो कि म सिद्धान्तनिष्ठ एकताको पक्षमा छु । विचार राजनीति, कार्यदिशा, रणनीति–कार्यनीति नमिली एकता हुनु हुँदैन भनेर मैले भन्दै आएको छु । मेरो अडानका कारण त्यस्तो भनिएका होलान् । आधारभूत कुरा नमिली एकता हुनुहुँदैन भन्ने कुरामा म अहिले पनि दृढ छु । तर, म एकताविरोधी हुँदै होइन, सच्चा कम्युनिष्टबीच एकता हुनुपर्छ भन्ने कुरामा म अहिले पनि प्रतिबद्ध छु ।

० एकता हुँदा पद कसरी मिलाउनु पर्छ होला ?

–यो त दोस्रो चरणको कुरा भयो । पहिलो चरणमा विचार, राजनीति, कार्यदिशा, कार्यनीति, रणनीति यी सबै कुरा पहिलो चरणमा आउँछन् । यी कुरा मिलिसकेपछि दोस्रो चरणमा हामी प्रवेश गर्छौं । अहिले यसबारे छलफल गरेका छैनौं ।

० एकता भएमा प्रचण्डको विकल्प खोज्ने कुरा हुन सक्छ कि सक्दैन ?

–सक्छौं, मजाले सक्छौं । दुनियाँमा सबैको विकल्प हुनसक्छ भने प्रचण्डको विकल्प किन हुन सक्दैन ? उहाँ २५–२६ वर्षदेखि नेतृत्वमा रहँदा यो आन्दोलन नै क्षत विक्षत भएको अवस्था छ, यस्तो बेला उहाँको विकल्प हँुदैन भन्ने हँुदैन ।

० कथंकदाचित एकता भयो भने माओवादी एक ढिक्का होलान् भन्ने के छ ?

–हामीचाहिं एकढिक्का हुने खालको एकता चाहन्छौं । फेरि फुट्नका लागि एकता गर्नु पाखण्डी तरिका हुन्छ भन्ने हाम्रो मान्यता हो ।

० माओवादी आन्दोलन एकपछि अर्को कमजोर हुँदै गइरहेको छ, यो विसर्जनतिर जान लागेको हो ?

–माओवादी आन्दोलन नै विसर्जन हुन लागेको हो कि भन्ने आशंका परिस्थितिले सिर्जना गरेको छ । वास्तवमा कुरा के हो भने कम्युनिष्ट आन्दोलन उतार चढावको बीचमा अघि बढ्छ, जुन अहिले भइरहेको छ । एकपटक यो उत्कर्षमा थियो, देशकै प्रमुख आन्दोलन भएको थियो । तर, प्रतिक्रान्तिपछि तलतिर गएको छ । यो देखेर कतिपय विसर्जन हुन लाग्यो कि भनिरहेका छन्, तर, यो विसर्जन हुँदैन । किन हँुदैन भने क्रान्तिलाई अघि बढाउने पार्टी रहेसम्म यो रहिरहन्छ । विश्वमा पनि धेरै देशमा कम्युनिष्ट आन्दोलन कमजोर भएका छन् । तर, सही कार्यदिशा, रणनीति र कार्यनीति लिएको पार्टी रहेसम्म यो रहिरहन्छ ।

० विगतमा माओवादी आन्दोलनले कहाँनिर बाटो बिरायो भन्ने लाग्छ ?

–वास्तवमा शान्ति सम्झौता गर्दा पार्टीलाई एकथोक भनेर अर्कोथोक गरियो, यहाँनिर ठूलो विरोधाभाष देखियो । सबै घटनाक्रम हेर्दा उहाँहरूको भन्ने एउटा र गर्ने अर्को रहेछ जस्तो देखिन्छ । क्रान्ति र माओवादी आन्दोलन विसर्जन गर्नकै लागि शान्ति प्रक्रियामा ल्याइएको रहेछ भन्ने कुरा घटनाक्रमले पुष्टि गरेको छ । यहीँनिर हामी चुक्यौ । क्रान्तिमा सम्झौतै गर्नु हुँदैन भन्ने होइन, तर शान्ति वार्ताका नाममा जसरी सबै कुरा छाडियो, यो नै ठूलो गल्ती भयो ।

० विगतमा पार्टी फुटाउनु भयो, अहिले पछाडि फर्किएर हेर्दा गल्ती गरिएछ भन्ने लाग्छ ?

–लाग्दैन, एकदम ठीक गरिएछ भन्ने लागेको छ । यो किन पुष्टि भएको छ भने अहिले हामीले पार्टी पुनर्गठन नगरेको भए हामी पनि एमाओवादी जस्तै हुन्थ्यौं । कांग्रेस र एमालेसंग सहकार्य गरिरहेका हुन्थ्यौं । तर, हामीले त आफ्नो लाइन बचाएर राखेका छौं । यसमा हामीलाई गर्व छ ।

० तर, मान्छेहरू त तपाईंहरूको एजेण्डा नै छैन, एजेन्डाविहीन पार्टी भयो भन्छन् नि ?

त्यो त नबुझ्नेहरूले भनेका होलान् । कतिपय सतहमा देखिएको कुरा मात्र देख्छन्, गहिरो कुरा देख्ने कमै हुन्छन् । हामी राष्ट्रिय राजनीतिमा प्रभावी नदेखिएकाले कतिपयले यस्तो भन्नुलाई म अस्वभाविक लिन्नँ ।

० विप्लवले तपाईंहरूको साथ छाडे, बाबुरामले प्रचण्डको । यसलाई कसरी विश्लेषण गर्नुभएको छ ?

–विप्लवजी सानो कुराले विभाजन भएर जानुभएको हो । उहाँले उठाएका सबै कुरा छलफल गरेर मिलाउँला, नफुट्नुस् भन्दाभन्दै जसरी फुट्नु भयो, यसले हामीलाई आश्चर्यचकित बनाएको छ । त्यसपछिका कारणहरू त पुष्टि हुँदै जालान्, अपुष्ट कारणबारे अहिले भन्न मिल्दैन पनि ।

० बाबुरामको नयाँ शक्ति बन्नुको कारण नि ?

–जहाँसम्म बाबुरामको कुरा छ, उनी फुट्नुको कारण उनीभित्रको अन्तरनिहीत स्वभाव नै हो । उनले कम्युनिष्ट आन्दोलनलाई नै माक्र्सवाद चाहिंदैन भनेर बेइज्जती गरिदिए । लोकतान्त्रिक गणतन्त्रका बुर्जुवा लाइन प्रचण्डको भन्दा पनि बाबुरामको हो । लाइन बाबुरामको भए प्रचण्डले कार्यान्वयन गरेका थिए । सामान्यतया कम्युनिष्ट पार्टीमा जसको लाइन हुन्छ, त्यसैले नेतृत्व गर्ने भन्ने हुन्छ । तर, प्रचण्डले लामो समय बाबुरामलाई नेतृत्व दिने भनेर नि झुलाएर राखे । कति बसिरहने भनेर पनि उनले एमाओवादी त्यागेको हुन सक्छन् । मूल कारण पूँजीवादी र बुर्जुवा सोचाइ हो भन्ने मलाई लाग्छ । बाह्य कारण धेरै छन्, यसबारे अहिले नभनौं । भारतको आम आदमी पार्टीले पनि केही लोभ्याएको देखिन्छ ।

० राष्ट्रिय राजनीतिको अहिलेको परिस्थितिलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

–अहिलेका शासन गरिरहेका पार्टीहरू राष्ट्रिय स्वाधीनता, जनजीविका, वेरोजगारी, महंगी, किसान मजदूरलगायतको समस्या समाधान गर्न असफल भएका छन् । उनीहरू जनगणतन्त्र देशलाई निकास दिन असफल भएका छन् । संक्रमणकाल सकियो भने पनि संक्रमणकाल जारी छ । मुख्य दलले समस्या समाधान गर्न सकेका छैनन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution