हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

विदेशिबाट फर्केका युवाहरु व्यावसायिक पशुपालनमा आकर्षित

पाल्पा, २५ चैत । बौघापोखराथोकका कृषक रुकबहादुर रेश्मी साहुसँग रु दुई लाख ऋण गरेर बहराइन पुग्नुभयो । दुई वर्ष त्यहाँ काम गर्दा ऋण तिर्न पनि उहाँलाई धौधौ प¥यो । मनग्य कमाइ गर्न त परै जाओस् साहुसँग विदेश जाँदा लिएको ऋण तिर्न मुस्किल भएपछि रेश्मी घर फर्किएर गाईपालन व्यवसायमा लाग्नुभयो ।

विदेशमा यथेष्ट कमाइ गर्ने र परिवारलाई सुखसँग पाल्ने उहाँको सपना गाईपालन व्यवसायबाट पूरा भएको छ । “सात वर्षअघि रु पच्चीस लाखको लागतमा थालेको व्यवसायबाट अहिले मासिक रु एक लाखभन्दा बढी आम्दानी हुन्छ”, रेश्मीले भन्नुभयो– “घरमै बसेर पनि मनग्य कमाउन सकिँदो रहेछ ।”

रेश्मीले जर्सी र होलस्टिन गरी २० वटा गाई पाल्नुभएको छ । दैनिकजसो १२० लिटर दूध उत्पादन गरी सदरमुकाम तानसेनमा बिक्री गर्दै आउनुभएका उहाँले २५ वटा माउ गाई पाल्ने लक्ष्य लिनुभएको छ ।

यस्तै रामपुरका गणेश आचार्यले पनि तीन वर्ष खाडी मुलुकमा काम गरेर अहिले गाउँमै गाईपालन व्यवसाय थाल्नुभएको छ । रु १७ लाखको लगानीमा व्यवसाय थाल्नुभएका उहाँले जर्सी र होलस्टिन जातका २२ वटा गाई पाल्नुभएको छ । “दैनिक ७० देखि ८० लिटरसम्म दूध उत्पादन गरी मासिक रु ६० हजार आम्दानी हुन्छ,” उहाँले भन्नुभयो ।

त्यस्तै रोजगारीका लागि खाडी मुलुक पुग्नुभएका ज्ञानराज पोखरेललाई विदेश जाँदा बैंकबाट झिकेको रु तीन लाख ऋण तिर्न मुस्किल प¥यो । तीन वर्षमा उहाँले मुस्किलले रु दुई लाख ५० हजार कमाइ गर्नुभयो । स्वदेश फर्किए लगत्तै पोखरेलले गाई फार्म व्यवसाय सुरु गर्नुभयो ।

रु १२ लाखको लागतमा व्यवसाय थाल्नुभएका उहाँले अहिले ११ वटा गाईबाट दैनिक ३० देखि ५० लिटरसम्म दूध उत्पादन गर्नुहुन्छ । “मासिक रु ५० हजारसम्म आम्दानी हुन्छ”, उहाँले भन्नुभयो । विदेश जानुअघि धेरै इच्छा, आशा मनमा भए पनि त्यहाँ पुग्दा सबै सपना विलिन हुने गरेका उहाँले सुनाउनुभयो ।

विदेश गएर स्वदेश फर्केका जिल्लाका युवा अहिले गाईपालनबाट मनग्य कमाइ गर्न सफल भएका छन् । साहुसँग ऋण झिकेर विदेशिएका युवाले पछिल्लो समय आम्दानीको बलियो र दिगो व्यवसाय पशुपालनलाई बनाएका छन् ।

जिल्लामा अहिले विदेश गएर फर्केका र विदेश जान लागेका १३० युवाले व्यावसायिक पशुपालनबाट मनग्य आम्दानी गरेका जिल्ला पशुसेवा कार्यालयका पशु विकास अधिकृत डा चन्द्रबहादुर राना बताउनुहुन्छ । कार्यालयले व्यावसायिक पशुपालनमा युवाको आकर्षण बढाउन युवालक्षित कार्यक्रमअन्तर्गत अनुदान रकम, विभिन्न सामग्री, भकारो सुधार, गोठ निर्माण, निःशुल्क घाँसको बीउ, औषधि उपचारजस्ता सेवा उपलब्ध गराएका कारण पशुपालनमा युवाको सङ्ख्या बढेको हो ।“दस वर्ष यताकै पशुपालनमा तेब्बर सङ्ख्यामा युवाको आकर्षण बढेको छ” उहाँले भन्नुभयो ।

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution