भिटामिन खाने बुद्धिजीवीहरू ! – शिकारी साँइलो

कुन चराले के खान्छ ? विष्टा हेरेर थाहा पाइन्छ । नेता, बुद्धिजीवी र पत्रकारले चाहिा के खान्छन् ? तिनको चाहिं विचार बुझेर थाहा पाइन्छ । ध्यान दिएर तिनको बोलाइ लेखाइ नियाल्नुस्, तिनले के खान्छन्, कहाँबाट खान्छन् र कसको हातबाट खान्छन् भन्ने भेउ पाइन्छ । आहार अनुसार व्यवहार भनेर हाम्रा पिता पुर्खाले त्यसै भनेका हुन् त ? नेपालमा प्रयाजसो बुद्धिजीवीले भिटामिन ‘भी’ र भिटामिन ‘डी’ को आहारा लिने गरेको देखिन्छ । एक बुद्धिजीवीले यस्ता भिटामिन बारे यसरी कुरा खोले –‘भिटामिन ‘डी’ भनेको डलर र भिटामिन ‘भी’ भनेको भा.रु. हो ।’
उनका अनुसार, पहिलेपहिले एउटा भिटामिन खानेले अर्काे भिटामिन खान पाउँदैनथ्यो, अचेल एउटा भिटामिन खाने मौका मिल्यो भने अर्काे भिटामिन पनि स्वत प्राप्त हुन्छ । एकसाथ दुईटा भिटामिन † क्या मोज ‘बुद्धिजीवी’हरूलाई ।
एकजना बुद्धिजीवी छन्, उनी कति बुद्धि भएका मानिस हुन् थाहा छैन तर जिवी चाहिं हुन् नै । चिनियाँ रेल नेपाल आउने सम्बन्धमा उनले भने–‘रेल यातायात राम्रो हो तर.. ।’ अब कुरा बुझिहालौं है, उनले ‘तर’ भनिसके । यो तर भन्ने शब्द बडो खतरनाक छ । ‘तर’ पछाडि आउने शब्दावलीले मानिसको आहारा बताउँछ ।
बुद्धिजीवीले ‘तर’ भनिसकेपछि केही बेर जिब्रो लपलपाए । त्यसपछि बके–‘रेल सम्झौता गरेर मात्र हुन्छ ? कार्यान्वयन सम्भव छ ? भूकम्प पीडितलाई राहत दिन नसक्ने देशले रेल ताकेर हुन्छ ?’ झलक्क सुन्दा कुरा हो जस्तो लाग्छ । बोल्न खप्पिस बुद्धिजीवीले सााच्चै प्रभावकारी तरिकाले भने, छट्टु र वाकपटु भएकैले उनी बुद्धिजीवीमा दर्ता भएका हुन् ।
कहााको रेल, कहाँको भूकम्प पीडित † बुद्धिजीवीले दुईटैलाई जोडिदिए । बडो चतुर छन् उनी । उनको चतुर्याईं यतिमा सीमित भएन । अझ थपे– ‘ओलीलाई केके नै गरें भन्ने लागेको छ । भारतलाई देखाउनका लागि मात्र चीनसंग सम्झौता गरेर उनले देशलाई भड्खालामा जाक्न खोज्दैछन् ।’
कुरा बुझियो होइन ? उनको भनाईले उनलाई आहार कहाँबाट प्राप्त भइरहेको छ भन्ने खुलस्त भएन र ? यस्तो हुन्छ आहारको कमाल, बोलिपिच्छे आहारको स्रोत खुलिहाल्छ ।
अर्का एकजना छन् भूपू सचिव । देशका कमाउ निकाय प्रायजसोको हाकिम बन्न भ्याईसकेर यिनले अवकाश पाए । केही भूपू सचिवलाई मित्रराष्ट्रले संवैधानिक निकायमा भर्ती गराइदिएको यिनले देखेका छन् । अग्रजको पथ यिनले पनि समातेका छन् तर जागिर संवैधानिक पाइसकेका छैनन् । जागिर खाने चक्करमा लागेका यिनले रेलका बारे टिप्पणी गरे–‘आठसय किलोमिटर परको कोलकाताबाट हामीले पारवहन सुविधा पाएका छौं, अब २८ सय किलोमिटर पर चीनबाट रेलले ढुवानी गर्ने कुरा व्यवहारिक देखिंदैन ।’ झट्ट सुन्दा कुरा हो, सोह्रै आना सत्य हो । तर, यही ‘सत्य’ बोलेर यिनले मालिकको सेवा गरे ।
आठसय किलोमिटर परबाट ट्रकमा सामान ल्याउने हो, २८ सय किलोमिटर परबाट रेलमा ल्याउने हो, टाढा भएपनि सस्तो पर्छ र छिटो हुन्छ भन्ने चाहिा यी महानुभाव चुईंक्क बोल्दैनन् । किन बोल्दैनन् भने आहाराले नै निर्धारण गर्छ– के बोल्ने के नबोल्ने भनेर ।
‘अहा, चीनसंग कुनै ठोस सम्झौता हुादैन, भारतसंग मिल भन्ने उपदेश दिएर पठाउँछन्’– एकजना बुद्धिजीवी ओलीको चीन भ्रमणको टुंगो लागेको दिनदेखि यसो भन्दै थिए । ‘सुगाले गोपी कृष्ण कहो’ भनेको शैलीमा यिनले यो कुरा भट्ट्याउने गरेका थिए । ओलीले चीनसंग भएभरका सम्झौता गरिदिए । अचेल यिनको बोली सुनिादैन । चीनसागको सम्झौताले यिनलाई यस्तो मानसिक आघात पर्यो कि बेहोस छन् रे † होस खुलेपछि यिनको विचार सुन्न बडो मजा आउनेछ ।
ओहो, अर्का महानुभावको चर्चा नेपालमा भन्दा धेरै लण्डन र वाशिङ्टनमा हुन्छ । यिनको महिमा बारे खै के भन्नु ? आज लण्डन, भोलि दिल्ली, नेपाल आउँदा पनि आज यो राजदूतावासको पार्टी, भोलि ऊ रादूतावासको पार्टी † भ्याइ नभ्याई हुन्छ विचरालाई † यिनले एउटा कार्यपत्र लेख्दैछन् ।
नेपालमा चिनियाँ रेल आउन दशकौं लाग्छ भन्ने महावाणी यिनको कार्यपत्रको थिम हो । रेलको सपना देखाएर सत्तासीनहरूले जनतालाई उल्लु बनाएको दमदार तर्क यिनले दिएका छन् । रेल अर्थतन्त्रको विकास गर्नका लागि पहिले वर्तमान अर्थतन्त्रलाई नै सही ठाउँमा ल्याउनुपर्छ, यो काम चाहिं नगर्ने तर रेल अर्थतन्त्रको कुरा गरेर यी नेताहरूले जनतालाई मीठो सपनाको विष खुवाएर बेहोस बनाएको यिनको विद्धत् विश्लेषण अखबारमा छापिनेछ । एकथरि सम्पादकहरू यिनले देखाएको बौद्धिक पथमा लाग्नेछन् र यसै आशयको सम्पादकीय र लेख लेख्नेछन् । त्यसपछि यी सबैको आहाराको स्रोत पनि एकमुष्ट खुल्नेछ ।
तर, धेरैजना चाहिा मौन छन् । चिनियाा रेलको कसरी विरोध गर्नुपर्छ भन्ने यिनले बुझेका छन् तर कसरी कुन कोणबाट विरोध गर्ने भन्ने लाइन पाएका छैनन् । लाइन आएपछि यिनको बोलि फुट्नेछ । लाइन मात्र आउँदैन, लाइन आउादा आहारा पनि आउाछ । आहारा सेवन गरेपछि मुख मिठ्याउँदै मुठि उज्याउँदै यिनले लाए अह्राए अनुसारको वैचारिक वमन गर्नेछन् । वमन गर्दा पनि यिनको आहाराको स्रोत के हो भन्ने छर्लङ्ग बुझिन्छ ।
आगे भिटामिनहरूको कमाल हेर्दै जाउँ …..