हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

विश्वमा मधुमेह रोगीहरु बढ्दै

काठमाडौं । अहिले विश्वमा मधुमेह रोग द्रुत गतिमा बढिरहेको र झण्डै ११ जनामध्ये एकजना वयस्कलाई प्रभावित गरेको विश्व स्वास्थ्य संगठनले बताएको छ।

एउटा प्रमुख विश्वव्यापी प्रतिवेदनमा डब्लुएचओले मधुमेहका रोगीको संख्या सन् १९८० मा झण्डै ११ करोडबाट सन् २०१४ मा ४२ करोडभन्दा बढी पुगेको बताएको छ।रगतमा चिनीको उच्च मात्रालाई हरेक वर्ष विश्वभरमा ३७ लाख जनाको मृत्युसँग जोडिएको विश्व स्वास्थ्य संगठनले बताएको छ।अधिकारीहरुका अनुसार तत्काल कडा कदम नचालिए यो संख्या बढ्दै जाने छ।

विश्व स्वास्थ्य संगठनले आफ्नो प्रतिवेनदमा मधुमेहका दुवै प्रकारलाई एकै ठाउँमा राखेको छ।तर वृद्धि भने मुख्यतया जीवनशैलीसँग जोडिएको मधुमेहको दोस्रो प्रकारमा देखिएको छ।हाल विश्वमा ३ जनामध्ये एकजनाको वजन औसतभन्दा अधिक छ, र यसरी वजन बढ्दै जाँदा मधुमेहका रोगीको संख्या पनि बढेको छ।

रगतमा चिनीको मात्रा नियन्त्रण गर्न नसकेमा स्वास्थ्यमा ठूलो नकारात्मक असर पर्दछ।यसले हृदयघातको सम्भावना ३ गुणा बढाउँछ र खुट्टा काट्नुपर्ने खतरा २० गुणाले बढाउँछ।साथै यसले पक्षघात, मृगौलाको रोग, अन्धोपना र गर्भवती भएको समयमा स्वास्थ्य समस्याका सम्भावना पनि बढाउँछ।मृत्युका कारणमध्ये मधुमेह आठौं ठुलो हो, यसका कारण वर्षमा १५ लाख जनाको ज्यान जान्छ।

सन् १९८० को दशकमा सम्पन्न राष्ट्रहरुमा मधुमेहको सबैभन्दा धेरै संख्या पाइन्थ्यो। तर एउटा अचम्मलाग्दो परिवर्तनमा अहिले कम र मध्यम आय भएका देशहरुले सबैभन्दा ठुलो भार बेहोरिरहेका छन्।

मध्यपूर्वमा सन् १९८० मा झण्डै ६ प्रतिशत वयस्कमा देखिएको यो रोग सन् २०१४ मा १३ प्रतिशतभन्दा बढीमा देखिएको छ।
विश्व स्वास्थ्य संगठनले भनेको छ यो रोगको समाधान गर्न सिङ्गै समाजले सक्रिय हुनुपर्छ।

विश्व स्वास्थ्य संगठनमा मधुमेहविरुद्धको अभियानका प्रमुख डा इटीनी क्रुग भन्छन्, “सजिलो समाधान भनेको हामी सबैले व्यायाम गर्नु, स्वस्थ तरिकाले खाना खानु र धेरै वजन नबढाउनु हो। तर त्यो त्यति सजिलो छैन।”स्वस्थ खानाका विकल्पहरु उपलब्ध गराउनका लागि उनले सरकारहरुलाई खानामा हुने चिल्लो र गुलियो पदार्थहरु नियन्त्रण गर्न आग्रह गरेका छन्।

साईकल चढ्न र हिंड्न सजिलो हुने गरी अझ राम्रो शहरी योजना बनाउनु र स्तनपानलाई प्रोत्साहन गर्नु महत्वपूर्ण रहेको उनले बताए।
र उनले खाद्य उद्योगलाई खानामा चिल्लो र गुलियो पदार्थ हटाउन जिम्मेवार रुपमा काम गर्न र अस्वस्थकर खानेकुराको विज्ञापन युवाहरुलाई लक्षित नगर्न पनि आग्रह गरे।रगतमा चिनीको मात्रा नियन्त्रण गरेमा मात्रै मधुमेहबाट हुने समस्या समस्याहरु रोक्न सकिन्छ।तर विश्व स्वास्थ्य संगठनको प्रतिवेदनका अनुसार कम आय भएका देशमध्ये दुई तिहाईले रगतमा चिनीको मात्रा जाँच्नेउपकरण र मधुमेहको ‌औषधि उपलब्ध गराउन सकेका छैनन्।
बीबीसी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution