हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

नेपाली आकाशमा अवैध ड्रोन क्यामेरा

dron

विश्व प्रसिद्ध राउण्ड अन्नपूर्ण पदमार्गमा आउने पर्यटकले अवैधरुपमा ड्रोन क्यामेरा प्रयोग गर्ने क्रम बढेको पाइएको छ ।मङ्सिर १६ गते लोमान्थाङ र चैत ४ गते म्याग्दीको घोरेपानी क्षेत्रमा बाह्य पर्यटकलाई अनुमति बिना ड्रोन क्यामेराबाट तस्बिर र भिडियो लिइरहेको अवस्थामा पक्राउ गरेपछि यस्ता घटना सार्वजनिक भएका हुन् ।

प्रहरीले दिएको जानकारीअनुसार, लोमान्थाङमा दुई पर्यटक माइकल र आजा टोसर र घोरेपानीमा युक्रेनी नागरिक डमिट्रो पोलिकल समातिएका थिए । उनीहरुको साथबाट प्रहरीले ड्रोन सेट, रिमोट, दुई थान ब्याट्री र मेमोरी कार्ड बरामद गरेको बताइएको छ ।

प्राकृतिक सुन्दरता, धार्मिकस्थल, हिमशृङ्खला र कला संस्कृतिमा रमाउन आउने पर्यटकले अनुमति बिना ड्रोन क्यामेरामार्फत तस्बिर र दृश्य लिने क्रम बढेपछि प्रहरीले सक्रियता बढाएको छ ।

गत वैशाख १२ गतेको विनाशकारी भूकम्प पछि स्वदेशी एवम् विदेशी सङ्घसंस्थाले ‘संवेदनशील’ क्षेत्रको आफूखुसी तस्बिर र दृश्य लिन थालेपछि सरकारले गत कात्तिक महिनामा ड्रोन प्रयोगसम्बन्धी निर्देशिका जारी गरेको थियो । ड्रोन क्यामेरासम्बन्धी निर्देशिका जारी भएपछि सम्भावित स्थानमा सुरक्षा सर्तकता बढाएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताउनुभयो । “लोमान्थाङ क्षेत्रमा उक्त घटनापछि हामी अझ संवेदनशील भएका छौँ, सबैको चाहना विश्वबजारमा यहाँको पर्यटन प्रवद्र्धन गर्ने भन्ने हुँदैन”, उहाँले भन्नुभयो “पर्यटकको भेषमा विभिन्न किसिमका सूचना लिन पात्र खटिएका घटना पनि सार्वजनिक भएका छन् ।”

म्याग्दी, मुस्ताङ, लमजुङ, कास्की र मनाङ जिल्लाका ५७ गाविसमा फैलिएको अन्नपूर्ण पदमार्गमा यसअघि पनि यस्ता घटना सार्वजनिक हुने गरे पनि स्पष्ट ऐन र कानुनको अभावमा पक्राउ र कारबाही प्रक्रिया अघि बढाउन सकेको थिएन । पर्यटकले ड्रोनबाट आकर्षक तस्बिर र दृश्य लिएर विश्वबजारमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने बताउने गरे पनि उनीहरुको उद्देश्य फरक हुने गरेको सरकारी अधिकारीको बुझाइ छ ।

एक्याप लोमान्थाङका प्रमुख तुलसीप्रसाद दाहालले बाह्य पर्यटकलाई ड्रोन क्यामेरा प्रयोगसम्बन्धी कानुनी प्रावधानका विषयमा जानकारी गराइने बताउनुभयो । “यसभन्दा अघि कुनै नियम नभएकाले पर्यटकले अहिले पनि त्यस्तै सोच्ने गर्दछन्, तर अब हामी विभिन्न स्थानमा के गर्न हुने र नहुने विषयमा जानकारीमूलक बोर्ड राख्दैछौँ”, उहाँले थप्नुभयो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution