हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

गुफामा ढुङ्गाले हान्दा मादलको जस्तै आवाज

पाल्पा, चैत २५ गते । तेल्घा–४ गुफाचौरमा गुफामा ढुङ्गाले हान्दा मादलजस्तो बज्ने गरेको छ । ढुङ्गाले हान्दा मादलजस्तो ट्वाङ् टवाङ् गर्ने भएपछि मानिसले त्यसलाई निकै चाखलाग्दो गरी हान्ने गरेको स्थानीयवासी चिन्ताबहादुर कार्कीले बताउनुभयो ।

हाँगाजस्तै बाहिर निस्केको ढुङ्गाको भित्री भागमा खाली भएकाले नै मादल जस्तो बज्ने गरेको भनाइ पाइन्छ । उहाँले भन्नुभयो–“पहिला गुफा नै थिया,े हामीहरु स्कुलबाट हेर्न भनी आउने गर्दथ्यौँ, अहिले पुरिएछ ।” गुफाको ढुङ्गा हाँगाजस्तो बाहिर निस्केको छ, जुन हाँगालाई मानिसले हान्दै आएका छन् । तानसेनदेखि १० किलोमिटर दक्षिणमा अवस्थित सो मादलजस्तो ढुङ्गा बज्ने भएपनि यसको प्रचारप्रसार हुन नसकेको स्थानीय बासिन्दा कार्कीको भनाइ छ ।

प्रचारप्रसारको अभावमा यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुन सकेको छैन । यहाँबाट जिल्ला सदरमुकाम तानसेन र सुन्दर माडीफाँटको दृश्यालोकन गर्न सकिने शीतल जलवायु भएकाले गर्मीका समयमा पर्यटक आकर्षण गर्न सकिनेछ । यो गुफा १८ फिट अग्लो र आठ फिट चौडाइ भएको र सो स्थानमा गणेशको मूर्ति स्थापना हुने भएको छ ।

भुरे राजाले राज्य गरेकाले पनि यो क्षेत्र अत्यन्त महत्वपूर्ण भएकाले यस क्षेत्रको विकास गर्न आवश्यक रहेको स्थानीयको भनाइ छ । गुफाचौरमा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने सम्भावना रहेपनि त्यहाँ पुग्न पर्यटकका लागि सडकको उचित व्यवस्था छैन । खानेपानीको समस्या गाउँलेले समेत भोग्दै आएकाले गुफाचौरमा पानीको समस्या उस्तै रहेको स्थानीयवासी कृष्ण राना बताउनुहुन्छ । रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution