हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

काँग्रेस संसदीय दलमा मनोनयन सम्पन्न, शाह निर्विरोध

काठमाडौँ, चैत २५ गते । नेपाली काँग्रेस व्यवस्थापिका–संसद्, संसदीय दल कार्यसमितिको भोलि शुक्रबार हुने निर्वाचनका लागि मनोनयन दर्ता सम्पन्न भएको छ ।

काँग्रेस संसदीय दलको विधानअनुसार सात प्रदेशबाट एक÷एकजनाका दरले सातजना र समानुपातिक प्रतिनिधित्वको सिद्धान्तअनुसार विभिन्न आरक्षण १५ पदमा भोलि निर्वाचन हुँदैछ ।

पिछडिएको क्षेत्रतर्फ एक पदका लागि राजिवविक्रम शाहको एकमात्र उम्मेदवारी परेकाले उहाँ निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिका सदस्य सुरेन्द्रराज पाण्डेले जानकारी दिनुभयो ।

प्रदेश नं १ बाट दीपक खड्का र तारामान गुरुङ, प्रदेश नं २ बाट प्रेम किशोरप्रसाद साह तेली र तेजुलाल चौधरी, प्रदेश नं ३ बाट ध्यानगोविन्द रञ्जित र रामेश्वरप्रसाद ढुङ्गेलले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

त्यस्तै प्रदेश नं ४ बाट कमलप्रसाद पङ्गेनी र रामचन्द्र पोखरेल, प्रदेश नं ५ बाट विक्रम खनाल र सञ्जयकुमार गौतम, प्रदेश नं ६ बाट तप्तबहादुर विष्ट र रीता शाही र प्रदेश नं ७ बाट दीर्घराज भाट र भरतबहादुर खड्काले उम्मेदवारी दिनुभएको छ ।

त्यस्तै समावेशीतर्फ आदिवासी÷जनजाति पुरुषतर्फ दुई पदका लागि आङ्टावा शेर्पा, तीर्थबहादुर लामा, झुलबहादुर आले र कञ्चनचन्द्र वादेको उम्मेदवारी परेको छ ।

आदिवासी जनजाति महिलातर्फ दुई पदका लागि ज्ञानकुमारी छन्त्याल, उषा गुरुङ, राज्यलक्ष्मी श्रेष्ठ र पुष्पलता लामाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

खसआर्य पुरुषतर्फ एक पदका लागि बुद्धिराम भन्डारी र राजेन्द्रकुमार केसी, खसआर्य महिलातर्फ दुई पदका लागि मधु शाही ठकुरी, गीता वाग्ले, चन्द्रादेवी जोशी र सारदा पौडेलले उम्मेदवारी दिनुभएको छ ।

मधेसी पुरुषतर्फ एक पदका लागि राम अयोध्याप्रसाद यादव, लालबाबु सिंह भुइहार, मधेसी महिलातर्फ दुई पदका लागि रश्मी ठाकुर, प्रमिलादेवी दास र कविताकुमारी सरदारले उम्मेदवारी दिनुभएको छ ।

त्यस्तै थारुतर्फ एक पदका लागि भुटनीदेवी खवास र बुद्धिसागर चौधरी, मुस्लिमतर्फ एक पदका लागि अब्दुल रज्जाक र अब्दुल हमिद सिद्धिकी, दलित पुरुषतर्फ एक पदका लागि नरभान कामी र खड्गबहादुर बस्याल, दलित महिलातर्फ एक पदका लागि आषा विक र कल्पना सोपले उम्मेदवारी दिनुभएको छ ।

काँग्रेस संसदीय दल कार्यसमितिको निर्वाचन विद्युतीय मतदानबाट हुने तय भएको छ । त्यसका लागि आजै उक्त विद्युतीय भोटिङ मेसिनको निर्माणकर्ता राम÷लक्ष्मण रिमालले काँग्रेस सांसदहरुलाई मतदान गर्ने तरिकाका बारेमा जानकारी गराउनुभएको छ ।

निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि आज चैत २५ गते बिहान ११ देखि अपराह्न १ बजेसम्म समय निर्धारण गरेको थियो । समितिका उम्मेदवारीको अन्तिम नामावली चैत २५ गते अपराह्न ५ः३० बजे प्रकाशन गरिनेछ । कार्यसमितिको निर्वाचन भोलि चैत २६ गते बिहान ९ देखि दिउँसो १२ बजेसम्म हुने समितिले जनाएको छ । दलको सबै निर्वाचन कार्यक्रम पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा हुँदैछ ।

कार्यसमितिमा २२ पदको निर्वाचनसँगै कम्तीमा तीन महिलासहित नौजना मनोनीत हुने दलको विधानमा व्यवस्था छ । त्यसबाहेक समितिमा संसदीय दलको नेता र उपनेतासहित महामन्त्री, प्रमुख सचेतक, सचेतक र पार्टी सरकारमा भएको अवस्थामा कानुनमन्त्री पदेन सदस्य हुने प्रावधान छ । रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution