हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

मनोरञ्जनात्मक – घोडे जात्रा संस्कृति

विनायकप्रसाद धिताल

काठमाडौँ उपत्यकामा वसन्तपञ्चमी, फागुमहोत्सवपछि सम्पन्न गरिने मनोरञ्जनात्मक जात्रा हो– घोडे जात्रा । नेपाली बृहत शब्दकोशमा घोडे जात्रालाई चैत महिनाको कृष्णपक्षको चतुर्दशीका दिन काठमाडौँ टुँडिखेलमा सार्वजनिक प्रदर्शनको उद्देश्यले देखाइने घोडा दौडको प्रसिद्ध जात्रा तथा देवदेवीका स्थानमा निश्चित दिनमा पूजाआजासहित मनाइने विशेष प्रकारको उत्सव यात्रा उल्लेख छ ।

यो उत्सव सम्पन्न गराउनु पूर्व वसन्तपुरको कुमारी घरबाट जीवित देवी कुमारीलाई घोडामा राखी टुँडिखेलको सैनिक मञ्चमा ल्याइ सम्मानपूर्वक देवीलाई सेनाबाट सलामी चढाइन्छ । नेपाली सेना मातहतमा रहेको नेपाल क्याभलरी युनिटबाट सञ्चालन गरिने यो घोडा जात्रा अवलोकन गर्न औपचारिकरूपमा राष्ट्रप्रमुख, अन्य गण्यमान्य तथा निजामती प्रशासन, सैनिक प्रमुख तथा विदेशी कूटनीतिक पाहुनालाई औपचारिक निमन्त्रणा गरिन्छ । साथै काठमाडौँ वरपरका छिमेकी जिल्लाबाट दर्शक आउने गर्छन् । अचेल घोडा दौड र अन्य खेलका दृश्य विद्युतीय सञ्चार माध्यमबाट प्रसारण पनि गरिन्छ । कार्यक्रममा सैनिक जवानका महिला पुरुषले घोडा दौड प्रतियोगिता अन्तर्गतका टाँगन, चार्जर, सो जम्प (घोडालाई सकेसम्म ठाडो गराउने), क्रसटेण्ट, फायर जम्प, साइकल ¥याली आदि सम्पन्न गरिन्छ । खेलमा प्रथम द्वितीय, तृतीय हुने खेलाडीलाई राष्ट्राध्क्षबाट विभिन्न पुरस्कार, नगद र कसैलाई सान्त्वना पुरस्कार प्रदान गरिन्छ, जसबाट यो पर्वको महŒव स्वतः स्पष्ट हुन्छ ।

घोडा अन्य जनावरको तुलनामा बढी दगुर्न सक्ने, स्वामीभक्त र शक्तिशाली हुँदा आधुनिक समयपूर्व युद्धमा र यातायातको साधनको रूपमा अत्यधिक प्रयोग भएको पाइन्छ । दुर्गम क्षेत्रका कार्यालयका कर्मचारी विशेषलाई घोडाको दरबन्दी हुने गथ्र्यो । घोडाको बल शक्ति उपमा दिन यातायातका नयाँ साधन मोटर, मोटरसाइकल प्रथमतः निर्माण हुँदा यति घोडा शक्ति (हर्सपावर) को मोटरसाइकल भनिन्थ्यो । यातायातका साधनमा घोडा राख्ने र घोडा दगुराएर मनोरञ्जन लिने प्रथालाई कसैले सामन्ती वर्गको प्रतिनिधित्वको संज्ञा दिन्थे ।

वैदिक मतमा परमात्माले प्रथमतः देवता र उनीहरूलाई चाहिने प्राणी सृष्टि गर्दा घोडा पनि सृष्टि गरेका एतरेयोपनिषद्मा उल्लेख पाइन्छ । साथै वैदिक कालमा घोडाको निकै महŒवपूर्ण भूमिका र मान्यता रहेको पाइन्छ । कुनै चक्रवर्ति राजाले आफ्नो प्रतिष्ठा, राज्यको सीमासुरक्षा स्थिर राख्न र राज्यबाट कर उठाउन श्यामकर्ण घोडालाई विशेषरूपले सजाई विशेष अधिकार दिई दिग्विजय गर्न छोडेको र सो कार्य सम्पन्न भएपछि चक्रवर्ति राजाले अश्वमेघ यज्ञ गरिएको पुराणमा उल्लेख पाइन्छ । हिन्दु र बौद्धमतका कला, कौशल, मूर्ति तथा वास्तुकलामा घोडाका चित्र निकै राम्रोसँग कुँदेर राखिएको पाइन्छ ।

कुनै समय काठमाडौँ उपत्यकाका कान्तिपुर, ललितपुर, भक्तपुरलाई नेपाल मण्डल भनिन्थ्यो । त्यहाँका राजा तथा जनता सुखपूर्वक जीवन यापन गरेकोमा के कारणले हो ललितपुरका राजालाई कान्तिपुर र भक्तपुरवासीको सुखसयल हेर्न मन नलागी एउटा बौलाहा जनावरलाई उन्मत्त छाडी आतङ्क मच्चाउन लगाएछन् । सो अराजक सोचबाट उत्पन्न आतङ्कलाई धैर्यपूर्वक सामना गरी हटाउन कान्तिपुरका राजाले शाश्वत बज्राचार्य विद्वान् गुभाजुसँग सल्लाह लिएछन् । विद्वान् तान्त्रिक गुभाजुले आसामको कामारू कामाक्ष मन्दिरबाट कालिका देवीलाई काठमाडौँ ल्याउनसके सफल हुने सुझाव दिएछन् । बज्राचार्यले कामारू कामाक्ष पुगी तान्त्रिक व्यवहार विधिले देवीलाई मन्त्रणा गरिएको कलशमा राखी ल्याइ जमलको कुनै रुखमा राखी उक्त खबर दिन बज्राचार्य राजा कहाँ गएछन् तर त्यसैबेला देवी कलशबाट निस्किएर खेतामा काम गर्न जान लागेको एक किसानको पछि लाग्दै टोखा पुगिछन् र सायद थकाइले होला उनी रुन थालिछन् । किसानले बालिका देवीलाई फुल्याउन रोटी दिई खेतमा काम गर्न लागेछन् । केही बेरपछि हेर्दा बालिका देखेनछन् र रोटी चाहिँ सुनजस्तै पहेँलो भएको देखे छन् । यी वृत्तान्त शाश्वत बज्राचार्यले तान्त्रिक विधिबाट थाहा पाई देवीलाई फकाई सधैँ काठमाडौँमा बस्ने व्यवस्था र सधैँ सुनको रोटी दिने र कतै नभएको जात्रा देखाइ मनोरञ्जन गराउने वाचा गरेछन् । अनि सदर टुँडिखेलको उत्तरपट्टि एक मन्दिर बनाइदिई उक्त मन्दिरमा सुनको रङजस्तै पहेँलो रोटी चढाउने नियम गरिदिएछन् । वर्तमानमा उक्त मन्दिर भद्रकाली मन्दिरले चिनिन्छ र उक्त मन्दिरमा नैवेद्य स्वरूप रोटी चटामरी चढाउँदा बेसार दलेर चढाइने, अनि कतै नभएको जात्रा भनेर हरेक वर्ष चैत्र कृष्ण पक्षमा जात्रा गर्ने परम्परा उनै देवीलाई फकाउन गरिएको मर्यादा हो र घोडे जात्राको परम्परा त्यसैको निरन्तरता हो भन्ने विश्वास छ ।

काठमाडौँ ओमबहालमा एक वर्षसम्म लुकाएर राखिने लुकुवा महादेवको मूर्तिलाई घोडे जात्राको अघिल्लो दिन साना महादेव मानी स्तुति पुकारा गर्ने चलन, काठमाडौँ नेवारी सम्प्रदायमा पाहाँचरे अथवा पिशाच चतुर्दशी मनाउने परम्परा, प्रसाद चवदशी भनी शिवलाई पिशाचरूपमा पूजाआजा र भोजन गराइ बाँकी रहेको र चढाएको प्रसाद गृहस्थी तथा भक्तगणले प्रसादको रूपमा खाइने खुवाइने चलन घोडे जात्रासँग गाँसिएर आएका धार्मिक संस्कार हुन् । यो जात्रा विशेषतः नेवार समुदायको जस्तो देखिएपछि शिवको विशेष पूजा हुँदा यस चाडको मान्यता हरेक वर्ग र सम्प्रदायले कुनै न कुनैरूपमा स्वीकारेको पाइन्छ । ऐतिहासिक प्रसङ्गमा चाहिँ प्रथमतः श्री ३ जङ्गबहादुर राणाले युरोप भ्रमण गर्दा त्यहाँ घोडे जात्रा मनाएको देखेर नेपालमा त्यस्तै जात्रा मनाउन थालिएको उल्लेख गरिएको पनि पाइन्छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution