हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

‘बाह्रबुँदे’ पूर्व फर्काउने भारतीय रणनीति – भरत दाहाल

Bharat-Dahapl-354x250पहिलो संविधानसभाको उत्तराद्र्धदेखि नै नेपालभित्रको बाह्य शक्ति सन्तुलन आफ्ना लागि प्रतिकूल बन्दै गएको थियो । चीनलगायत पश्चिमा शक्तिहरूको प्रभाव बढ्दै गएको अनुभूति भारतीय सत्तालाई भइसकेको थियो । सम्भवतः यही अनुभूतिको अभिव्यक्तिका रूपमा त्यसले तत्कालीन प्रधानमन्त्रि बाबुराम भट्टराईमार्फत ‘नेपाल कतै मर्ज हुनसक्ने’ घुर्कीयुक्त स्वर निकाल्न लगाएको थियो । यति गर्दा पनि खासै असर नहुने देखेपछिको कदमका रूपमा त्यसले बाबुराम र मधेसवादी गुटहरूलाई प्रयोग गरेर जर्बजस्ती एकपक्षीय कदमबाट संविधानसभा विघटन गर्न लगाएको थियो ।

दोस्रो संविधानसभा दिल्लीका लागि अझ प्रतिकूल सावित भयो । त्यसपछि त्यसले नेपालमाथिको षड्यन्त्रको रणनीतिमा परिवर्तन ग¥यो । निर्वाचनमा बढारिएका मधेसवादी गुटहरूलाई खेरखार पारेर प्रतिपक्षमा राख्यो र ‘तामिल टाइगर’ का रूपमा स्थापित गर्ने योजना अघि बढायो । चार दलका बीचमा भएको १६ बुँदे सहमतिलाई कार्यान्वयन हुन नदिन संविधानसभा संवाद समितिको अध्यक्षका नाताले बाबुरामलाई अधिकतम रूपमा प्रयोग गरेर महिनौंसम्म गत्यावरोध खडा ग¥यो । अन्तिम समयमा रामवरण यादवलाई पनि प्रक्रियाविरुद्ध प्रयोग गरेको तथ्य स्पष्ट छ ।

रणजित राय, ‘रअ’ प्रमुखदेखि जयशंकरसम्मका आफ्ना दूतहरूका अलावा संविधान रोक्ने दिल्लीको अन्तिम अस्त्रका रूपमा पुनः बाबुरामलाई अघि सारियो । उनले दिल्लीको निर्देशनबमोजिम नेपालमा आतंक सिर्जना गरेर संविधान रोक्न ‘रअ’ प्रमुखको काठमाडौं आगमनको पूर्वसन्ध्यामा ‘नेपालको एकीकृत अस्तित्व रहने÷नरहने कुराको टुंगो २४ घन्टाभित्र लाग्ने’ धम्की सुनाए । संविधान घोषणाको अनिश्चिततालाई ध्यानमा राखेर यतिबेलासम्म ‘मधेसी’ आवरणमा तराईमा खोलिएका सबै रूपरङका बिहारी गुटहरू दिल्लीको बार्गेनिङ कार्डका रूपमा मात्र खेलाइँदै आएका थिए ।

संविधान जारी भएपछि परिस्थिति पूरै बदलियो । दशकौंदेखि एजेन्ट, गुप्तचर र दलालहरूलाई खेलाएर आफ्नो प्रान्तको भन्दा पनि तल्लोस्तरको व्यवहार प्रदर्शन गर्दै आएको त्यसले आफ्नो आदेश नसुनीकन संविधान जारी गर्नुलाई आफ्नो शरीरको मासुको टुक्रा काटिएको अनुभूति ग¥यो । यद्यपि संविधान जारी हुनुको घटना एमाओवादी, कांग्रेस र एमालेको देशभक्तिपूर्ण चिन्तनको परिणाम नभएर नेपालको भू–राजनीतिमा बाह्य शक्ति सन्तुलनमा आएको परिवर्तनको परिणाम थियो, तापनि यो दिल्लीका लागि झट्का र नेपालका लागि थोरै मात्रामा भए पनि राहतको विषय चाहिँ थियो ।

संविधान जारी भएपछिको दिल्लीको रणनीति यसको कार्यान्वयनको प्रक्रियालाई जसरी पनि तुहाएर विभिन्न प्रकारका वितण्डामार्फत सबैलाई थकित र गलित बनाएर नेपाललाई ‘१२ बुँदे’ भन्दा अगाडिको अवस्थामा फर्काउने र सबैलाई मिलाउने निहुँमा आफ्नो रणनीतिअनुसार अर्को सहमति गराउने दाउमा छ । अहिले पात्र फेरिएका छन्, पटकथा उस्तै छ । माओवादीका ठाउँमा मधेसवादी गुटहरू, प्रचण्डको सट्टा बाबुराम, संसदवादीहरूको भूमिकामा कांग्रेसभित्रका केही संदिग्ध तत्वहरू खडा छन् र शक्तिकेन्द्रका रूपमा निशाना बनेको राजतन्त्रको ठाउँमा संविधान छ ।

१२ बुँदेमा दलहरूले गरेको पापकर्मका रूपमा जन्मिएको नागरिकता ऐनपछि दिल्लीको प्रमुख कुत्सित अभीष्ट भनेको समग्र तराईको विभाजन गर्नु हो । त्यसपछि पहिलो चरणमा पहाडी भू–भागलाइ भुटानीकरण गर्ने र दोस्रो चरणमा फिजीकरण गर्ने योजना रहेको छ । यो कुत्सा संविधानको संशोधनको दुई तिहाइ प्रक्रियाबाट पूरा हुन सम्भव छैन । त्यसैले त्यसले संविधानलाई कार्यान्वयनमा जान नदिने रणनीति अख्तियार गरेको छ । संविधानसभाले जारी गरेको संविधान नै कार्यान्वयनमा जान नसकेर अन्यथा परिस्थिति उत्पन्न भयो भने नेपाल रसातलमा भासिने कुरा असंदिग्ध छ ।

दिल्लीको आपराधिक मृगतृष्णाले संविधानमा के चाहेको हो भन्ने कुरा पनि आमनेपालीहरूले बुझिराख्न एकदमै जरुरी छ । त्यसले चाहेको पहिलो कुरा नेपाललाई थुन्न सकिने गरी मधेस प्रदेशको संरचना निर्माण गर्नु हो । त्यसको दोस्रो कूआकांक्षा भनेको नेपाली नागरिकता लिएका सबै भारतीयलाई वंशजका नागरिकका रूपमा रूपान्तरण गरेर राष्ट्रपति÷प्रधानमन्त्री बनाउने बाटो खोल्नु हो । तेस्रोमा जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण एवं सरकारी जागिरमा कथित समावेशी नीति लागू गराएर विधायिका तथा कार्यपालिका सबै तहहरू कब्जा गर्ने योजनाहरू पर्दछन् ।

सन्धि–सम्झौताहरू संसद्को दुई तिहाइ बहुमतबाट अनुमोदन गर्नुपर्ने भनेर राखिएको संवैधानिक व्यवस्थालाई हटाएर एकजना दलालको हातबाट नेपालका सबै स्रोत–साधनहरू खाने रणनीति त्यसको चौथो अभीष्ट हो भने कालापानीलगायत त्यसले अतिक्रमण गरेका नेपाली भू–भागको हक छोड्न लगाएर आफूले बनाएको नक्सामा सही गर्न लगाउने कुरा पाँचौं अभीष्टमा पर्दछ । दिल्लीका यी रणनीतिहरू कथित नेहरू डक्ट्रिन र मुस्लिम विरोधमा आधारित हिन्दु व्यापारी संगठन आरएसएसको ‘हिमालयदेखि हिन्द महासागर’ को अवधारणासँग जोडिएर आएका छन् भन्ने कुरा स्पष्ट छ ।

यसका लागि अघि सारिएका भरपर्दा प्यादा भनेका ०६४ सालमा तत्कालीन भारतीय विदेश सचिव प्रीतिशरण र ‘रअ’ का प्रतिनिधि सम्मिलित बैठकले पटनामा गर्भाधान गरेका मधेसवादी गुटहरू हुन्, जसको आडभरोसा भनेको नक्कली नागरिकता रहेको छ । भारतीय भूमिबाट नेपालविरुद्ध नाकाबन्दी र नेपाली सुरक्षाकर्मीहरूमाथि आक्रमण गर्ने हतियारका रूपमा प्रयोग गरिएका यी नेपाल विरोधी गिरोहलाई त्यसले ‘तामिल टाइगर’ का रूपमा उठाउन खोजेको छ । यिनीहरूलाई अगाडि सारेर वार्ताका नाममा संविधानलाई निष्प्रभावी बनाउनु त्यसको मुख्य उद्देश्य रहेको छ ।

परिस्थितिलाई पुनः अराजकतामा लैजाने दिल्लीको दोस्रो हतियार भनेको सरकार गठनको प्रश्नमा सहमति हुन नदिने हो । प्रधानमन्त्रीको झगडा लामो समयसम्म लम्ब्याएर दलहरूलाई थकाउने, तीन दलमा विभाजन ल्याउने, नाकाबन्दीको विरोधलाई विषयान्तर गर्ने, सरकारका लागि लड्ने दलहरूमध्ये एउटा पक्षलाई मधेसवादीहरूसँग मिलाएर मुख्य पदहरू कब्जा गर्ने र भूकम्पबाट क्षतविक्षत भएको जनजीवनलाई तङ्ग्रीन पनि नदिएर विकराल समस्या खडा गर्ने योजनामा दिल्ली लागेको छ । यसका लागि दर्जनौं दलालहरूलाई त्यसले मुख्य पदको आश्वासन बाँडिरहेको छ ।

नाकाबन्दी र मधेसवादी गुटहरूको परिचालनको विषयलाई प्रभावकारी रूपमा अघि बढाउन त्यसले खेल्ने तेस्रो खेल भनेको विभिन्न दलहरूभित्र बिग्रह पारेर यिनीहरूलाई आन्तरिक द्वन्द्वमा रुमल्याउनु । कांग्रेस र एमाओवादीभित्र यसको स्पष्ट संकेत देखापरिसकेको छ । एमालेसँगको सहकार्य जारी राख्ने र भंग गर्ने प्रश्नमा कांग्रेस विभाजित भइसकेको छ भने एमाओवादीभित्र बाबुराम र उनको साथमा रहेका आधा दर्जन जति मधेसवादीहरूलाई अलग्याएर भारतीय एजेन्डाको पक्षमा स्वतन्त्र गतिविधिहरू गर्न लगाईरहेको तथ्य सबैका सामु स्पष्ट भएको छ ।

दिल्लीले सुरु गरेको चौथो खतरनाक खेल भनेको आफ्नो योजनालाई बद्नाम हुन नदिन मधेसवादी गुटहरूको पक्षमा पहाडी चेहराका गुप्तचर र एजेन्टहरूलाई सामेल गरेर तराई विभाजनको षड्यन्त्रलाई प्रभावकारी बनाउनु हो । दिल्लीको नांगो शिखण्डीका रूपमा मैदानमा उत्रिएका बाबुराम भट्टराई मात्र होइन, कांग्रेसभित्रका केही कुतत्वहरू, जो विदेशी नागरिकका रूपमा विवादास्पद छन्, लाई समेत त्यसले मधेसवादी गुटहरू र नाकाबन्दीको पक्षमा खडा गरेको छ । यी तत्वहरू प्रयोग गरेर त्यसले नाकाबन्दीको विकल्पको खोजीमा सरकारलाई अघि बढ्न दिइरहेको छैन ।

जारी संविधानलाई लथालिंग बनाएर १२ बुँदेको अर्को संस्करण तयार पार्ने दिल्लीको योजना त्यति सहज छैन अब । किनभने नेपालभित्रको बाह्य शक्ति सन्तुलनमा अहिले निकै ठूलो उतार–चढाव आइसकेको छ । दिल्लीको सत्ता अब त्यो हैसियतमा छैन, जुन हैसियतमा त्यो १० वर्ष अगाडि थियो । यसर्थ त्यसले गर्नसक्ने काम भनेको तराईमा पृथकतावादको उत्थान हो । भारतसँगको सिमाना तत्काल बन्द गरेर दोहोरो नागरिकता र सन् १९५० को सन्धिलाई अविलम्ब खारेज गरी तराईमा हदबन्दी लगाएर भूमिहीनताको समस्यालाई समाधान गर्ने प्रक्रिया सुरु गर्नुपर्दछ ।

अन्तर्राष्ट्रिय कानुनले भू–परिवेष्ठित देशहरूलाई समुद्रसम्म पहुँचका लागि दिएको अधिकार लिने कदम चाल्ने हो र तेल, ग्याँसलगायत भारतमाथि निर्भर रहेको व्यापारलाई अन्य देशहरूसँग विस्तार गर्ने हो । उत्पादन हुनासाथ धानबालीलाई भारतमा निर्यात गर्ने प्रचलनमा कडाइसँग रोक लगाउने हो भने भारतीय दादागिरी सदाको निम्ति अन्त्य हुन सम्भव छ । तर यसका लागि प्रमुख बाधाका रूपमा सत्तामा बस्ने देशद्रोही अपराधीहरू रहेका छन्, जसले पैसा र कुर्सीका लागि नेपाललाई बर्बाद पारिरहेका छन् । पहिले यस्ता कुतत्वहरूको अन्त्य हुन आवश्यक छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution