हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

मोदी ‘सक’ – यादव शर्मा

केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित हुनेबित्तिकै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिनुहुने अपेक्षा नेपालमा धेरै कमले मात्र गरेका हुन् । ओली प्रधानमन्त्री बन्नुभएमा नेपाल–भारत सम्बन्ध थप चिसिने र नाकाबन्दी थप कठोर बन्ने त्रासपूर्ण अनुमान यहाँ गरिँदै थियो । तर, भारतका प्रधानमन्त्री मोदीले सक (झट्का) दिए । ओली प्रधानमन्त्री बनेको सूचना प्राप्त भएपछि टेलिफोनमार्फत बधाई र शुभकामना व्यक्त गर्न मोदीले एक मिनेट पनि ढिलाइ गरेनन् । बधाई दिने क्रममा मोदीले नाकाबन्दी हट्ने विश्वास पनि नवनियुक्त प्रधानमन्त्रीलाई दिलाएका छन् ।

मोदीको व्यवहारबाट नेपालीहरू चकित परेका छन् । गत वर्ष संसद्मा सम्बोधन गर्ने क्रममा व्यक्त विचारले नेपालमा मोदीको लोकप्रियता उत्कर्षमा पुर्‍याएको थियो र भारतप्रति जनस्तरमा रहेको आशङ्का मेट्दै दुईपक्षीय सम्बन्धलाई रसिलो र कसिलो बनाउने खुसद परिस्थिति निर्माण गरेको थियो । एउटै मन्तव्यले लाखौँ–करोडौँ मानिसलाई कसरी झकझोर गर्न सक्छ र एकैछिनमा मानिस कसरी बदलिन सक्छन् भन्ने कुराको दृष्टान्त मोदीले नेपालको संसद्मा दिएको भाषण बनेको थियो । यसर्थमा ‘त्यो’ मन्तव्य मोदीको पहिलो ‘सक’ थियो भन्न सकिन्छ ।

नेपाललाई मन्त्रमुग्ध पारेपछि मोदीजीले सार्क सम्मेलनको बेला जनकपुर (रामजानकी मन्दिर), मुक्तिनाथ तथा लुम्बिनीको भ्रमण गर्ने र ती स्थानका जनतालाई सम्बोधन गर्ने इच्छा प्रकट गरे । आफ्नो यस्तो इच्छा पूरा गर्न नेपाल सरकार हर्षोल्लासका साथ तयार होला भन्ने अपेक्षा सायद उनको थियो । तर, कुन्नि कतातिरको प्रलोभनमा परेर धर्मनिरपेक्ष देश बनाउन सुलसुलिएका परजीवीहरूले षड्यन्त्रपूर्वक मोदीको धार्मिक यात्रामा अवरोध पैदा गरे । हो, यसपटकचाहिँ मोदी आफैँ सक्ड ९क्जयअपभम० भएको अनुमान गर्न सकिन्छ । सार्क सम्मेलनमा आएका बेला मोदीको ‘बडी ल्याङ्ग्वेज’ पहिलेभन्दा भिन्न रहेको महसुस धेरैले गरेका थिए । आफूले प्ेरम र सम्मान गर्ने गरेको मुलुकबाट अपेक्षित व्यवहार नहुँदा मोदीजीलाई झट्का ९क्जयअप० लाग्नु स्वाभाविक थियो ।

नेपालमा संविधान जारी भइसकेपछि घोषित–अघोषित रूपमा नाकाबन्दी लाग्दाचाहिँ ‘सक्ड’ हुने पालो नेपालीको आयो । मोदीजीले सबैको भावना समेटेर संविधान बनाउन दिएको सुझावको यहाँ अनेक अर्थ लगाइयो र उनका कुनै पनि सुझावलाई सम्मान नगर्ने कसम खाएको शैलीमा नेपाली नेताहरू प्रस्तुत भए । भारतमा बाह्रबुँदे सम्झौता गरेर भारतकै सहयोगमा लोकतन्त्र स्थापना गर्ने दलका नेताहरू पुरानो सत्ताका हरेक आकाङ्क्षा सम्बोधन गर्न तयार रहँदा आफूले दिएको एउटै सुझाव पनि ग्रहण नगरिएपछि मोदी कति दु:खी भए होलान्, यो अनुमानकै मात्र विषय रह्यो । घोषित–अघोषित नाकाबन्दी भएपछिचाहिँ मोदीजीको असन्तुष्टिको मात्रा यहाँ अनुभूत भएको हो । मोदीको असन्तुष्टिको स्रोत कारण नेपाली नेताहरूको व्यवहार भएको तथ्य बुझ्ने सामथ्र्य आमजनतामा नहुनु स्वाभाविक थियो, बुझेनन् । त्यसैले ‘संसद्मा त्यति राम्रो बोलेका मोदीले नाकाबन्दी लगाएर आफ्नो दैनिक जीवन प्रभावित गरेको’ सर्वसाधारणले ठाने । यसपटक नेपाली ‘सक्ड’ भएका हुन् ।

नाकाबन्दी जुन प्रकारले कठोर बन्दै थियो र नेपालमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न हुनुपूर्व केपी ओली र भारतबीचको सम्बन्ध जुन स्तरको तनावमय देखिँदै थियो, त्यसैका आधारमा ओलीलाई प्रधानमन्त्री भएपछि मोदीजीले ‘रेस्पोन्स’ नगर्ने अनुमान यहाँ गरिँदै थियो । त्यसो त ओली जित्दा भारत हारेको ठान्नेहरू भारतले ओलीलाई ‘पोजेटिभ रेस्पोन्स’ नगरोस् भन्ने पनि चाहन्थे । तर, मोदीजीले अर्को ‘सक’ दिए । ओलीजीलाई बधाई र शुभकामना दिँदै मोदीले नाकाबन्दी हट्ने आश्वासन दिएपछि नेपाली फेरि एकपटक ‘सक्ड’ भएका छन् । नेपालसँग नरेन्द्र मोदीजी वास्तवमा सुमधुर सम्बन्ध स्थापित गर्न चाहन्छन् भन्ने प्रस्ट सङ्केत देखिएको छ ।

नयाँ प्रधानमन्त्रीले नयाँ शिरा र शैलीबाट नेपाल–भारत सम्बन्ध सुदृढीकरणमा अग्रसरता लिने विश्वास सर्वत्र गरिएको छ । कथंकदाचित सम्बन्ध सुधारका परिणामदायी पहल हुन सकेन भने सम्भवत: यस्ता झट्का ९कजयअप० को क्रम निरन्तर चलिरहनेमा शङ्का गर्नुपर्ने छैन । कहिले मोदीजीलाई ‘सक’ कहिले मोदीजीले ‘सक’ दिने क्रम चलिरहने हो भने त्यसले दुवै पक्षलाई क्षति पुर्‍याउने, अलिक बढी कष्ट नेपाललाई दिने निश्चित छ । त्यसैले अब कसैलाई नकारात्मक झट्का नदिने तहको सम्बन्ध विकास गर्नेतर्फ प्रधानमन्त्री केपी ओली सचेत रहनुहुने आशा गरिएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution