सिरियामा रसियाको युरोपेली खेल – बर्नार्ड–हेन्री लेभी
सिरियामा स्पष्ट भएको कुरा हाल त्यहाँका समस्याका कुनै राम्रो समाधान उपलब्ध छैन भन्ने नै हो । सन् २०१३ अगस्तको कालो बुधबार सिरियाली राष्ट्रपति बसार अल असादको युद्ध संयन्त्रले पारमाणविक हतियार प्रयोग गरी अमेरिकी राष्ट्रपति बराक ओबामाले तोक्नुभएको र यो रेखा तोडिए अमेरिकी सैनिक प्रतिक्रिया आरम्भ हुनेछ भनी चेतावनी दिनुभएको ‘रातो रेखा’ तोडेको थियो । त्यसपछि त्यहाँका समस्याका कुनै राम्रो समाधान उपलब्ध भएको छैन । त्यस समयमा पनि संयमित प्रतिपक्षी कायम थिए र अज्ञातस्थलबाट इस्लामिक स्टेट उत्पन्न भइसकेको थिएन । यसो भए पनि अन्तिम समयमा राष्ट्रपति ओबामाले हस्तक्षेप गर्न अस्वीकार गरी सबैलाई स्तब्ध बनाउनुभयो ।
अब त्यो गल्तीलाई सुधार्न सकिन्न । नराम्रो अवस्थाको रूपमा सिरियाली समस्याका लागि खराब समाधान आइरहेका छन् र केही अरुभन्दा झनै खराब छन् । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले प्रस्ताव गर्नुभएको समाधान सम्भवतः सबैभन्दा खराब छ ।
रसियाली हवाई आक्रमण इडलिब, होम्स तथा हामास्थित नगरका लक्ष्यमा केन्द्रित छन् । रसियाली अधिकारीहरू आफैँले अनलाइनमा राखिदिएका भिडियोलाई स्वतन्त्र पर्यवेक्षक, जिहाद अनुगमनकर्ता तथा अन्य समूहले परीक्षण गरी ती क्षेत्र इस्लामिक स्टेटका केन्द्र होइनन् भनेका छन् । यसको अर्थ रसियाली आक्रमणको प्राथमिक उद्देश्य राष्ट्रपति असादको शासनसँग युद्ध गरिरहेका प्रजातान्त्रिक प्रतिपक्ष सहितका सबै प्रतिपक्षीलाई कमजोर बनाउनु रहेको छ भन्ने हुन्छ ।
यसैले रसियाली हस्तक्षेपको उद्देश्य क्रेमलिनको प्रचारप्रसारमा दाबी गरिएझैँ आतङ्कवादविरुद्ध सङ्घर्षलाई सहयोग दिनु नभई आतङ्कवादको पहिलो कारण बनेको शासनको राजनीतिक नियन्त्रणलाई कुनै पनि हालतमा पुनस्र्थापना गर्नु रहेको छ । यसलाई अझ सही रूपमा भन्दा सन् २०११ देखि दुई लाख ५० हजार मानिसको मृत्यु गराउने भनी अमेरिकी तथा फ्रान्सेली अधिकारीहरूले भनेका तानासाहलाई लामो समयसम्म हतियारको सहयोग गरेपछि उद्धार समेत गर्ने रसियाली लक्ष्य भन्न सकिन्छ ।
यो शासनको व्यवहारले इस्लामिक स्ट्ेटको डरलाग्दो उदयमा सहयोग गरेको थियो भन्ने कुरामा कुनै शङ्का छैन । रसियाको कार्यले राष्ट्रपति असादलाई अन्तर्राष्ट्रिय सहयोग प्राप्त गर्न सहयोग गरेको छ भने उहाँको गलत कामलाई ढाकिदिएको छ ।
एउटा व्यक्तिले वितेको कुरा त वितेरै गईसक्यो, सिरियामा सामान्य विपत्तिको रूपमा हेर्दा रसियाको हस्तक्षेपले त्यस मुलुकलाई कम्तीमा पनि अनावश्यक रूपमा पतन गराउन रोक्नेसक्नेछ भनी तर्क गर्नसक्छ । रसियाली राष्ट्रपति पुटिनले उपयोग गर्नुभएको, पश्चिमी सशस्त्र समूहले सावधान गराएको र चेच्नियाका दुई युद्धमा परीक्षण भइसकेको विधिको पहिलो नतिजाको रूपमा सामान्य रूपमा भन्दा नागरिक मृत्युको बोझ घट्ने छैन तर अझै बढ्नेछ ।
अफगानिस्तानको कुन्दुजमा सीमाविहिन चिकित्सक (मेडिसाँ साँ फ्रँतियर्स)को अस्पतालमा अमेरिकाले गल्ती गरी भएको बम आक्रमणबाट विश्व सही रूपमा त्रस्त भएको छ । अमेरिकी नियन्त्रित क्षेप्यास्त्रको बदलामा क्रेमलिनले निरन्तर रूपमा अनियन्त्रित बम उपयोग गरी हवाई आक्रमण गर्दै गयो भने सिरियामा कतिवटा कुन्दुज उत्पन्न हुनेछ त ? यो रसियाली रणनीतिको एउटा उदाहरण मात्र हो तर यसले रसियाली राष्ट्रपति पुटिनले आफ्नो पछिल्लो विदेशमा आक्रमणको योजनालाई कसरी कार्यान्वयन गर्नुहुनेछ भन्ने देखाउँछ ।
रसियाली हस्तक्षेपले सिरियाको शरणार्थी सङ्कट बढ्नुको सट्टा कम गराउँछ भनी कसैले एक छिन पनि विश्वास गर्नसक्छ र ? राष्ट्रपति पुटिनको विधिअनुसार जथाभावी हवाई आक्रमणबाट जोखिन लाखौँ नागरिक भाग्न बाध्य हुनेछन् । त्यसले हालका महिनामा पूर्ण रूपमा निमिट्यान्न पार्न उपयोग भएको राज्यको हत्याराहरूको समूहलाई बाटो खोलिदिनेछ र यसले जोर्डनको उत्तरी भागमा र टर्कीको दक्षिणी भागमा प्रभावकारी सुरक्षित क्षेत्र स्थापना गर्ने अन्तिम आशा पनि अन्त्य गरिदिनेछ ।
अब सिरियाली शासनका प्रतिपक्षीहरूको अन्तिम असहमति पनि युरोपका बाटाहरूमा देखिनेछन् । ध्यान दिनुहोस् यस्तो असहमति रसियाली बाटामा देखिने छैनन् । जर्मनी र फ्रान्सभन्दा फरक रूपमा राष्ट्रपति पुटिनले भोलिका शरणार्थीलाई आतङ्कित बनाउने काम मात्र गर्नु हुनेछैन उनीहरूलाई आफ्नो देशमा आउन प्रतिबन्ध लगाउनुहुनेछ ।
राष्ट्रपति पुटिन सिरियामा आफ्नो चाहनाका विषयमा स्पष्ट हुनुहुन्छ । रसियाली आमसञ्चारले प्रसारण गरेको र पश्चिमी मुलुकमा अचम्मलाग्दो रूपमा ध्यान नदिइएको समाचार के हो भने रसियाले लाताकियामा क्रुज क्षेप्यास्त्र मोस्भा र दर्जनौँ आकाशभेदक हतियार तैनाथ गरेको छ ।
अर्कोतिर राष्ट्रपति पुटिन बाहेक अरुलाई थाहा भएको कुरा इस्लामिक स्टेटले हालसम्म हवाई सेना प्राप्त गरेको छैन र यसलाई नियन्त्रण गर्नु आवश्यक छ । यसो सट्टा क्रेमलिनले आफ्नो नियन्त्रणमा लिएको क्षेत्रमाथिबाट जाने कुनै पनि विमानलाई आफ्नो आक्रमणको लक्ष्यको रूपमा हेर्नेछ । यस्ता विमानले अमेरिका, बेलायत, फ्रान्स, टर्की तथा इस्लामिक स्टेटसँग युद्ध गरिरहेका गठबन्धनका अन्य सदस्यको झण्डा राखेर उडिरहेको हुनेछ । यसबाट रसियाको संलग्नताले सिरियाको गृहयुद्ध अन्तर्राष्ट्रिय युद्धमा परिणत हुनेछ भन्ने कुराको अनुमान गर्न कठिन हुनेछैन ।
भाग्यको रूपमा हालसम्म हामी त्यहाँसम्म पुगेका छैनौँ । रसियाको सैनिक कारवाही हालसम्म सिरियाको हवाई क्षेत्रमा रसियाको नियन्त्रणका लागि र जमिनमा उसका अभिरुचिको सुरक्षाका लागि तथा इस्लामिक स्टेटलाई पराजित गर्ने उसको प्रयासलाई बलियो बनाउनका लागि भएको छ भन्ने भ्रममा हामी पर्नुहुन्न ।
रसियाली राष्ट्रपति पुटिन आगो लगाउने व्यक्ति मात्र हुनुहुन्न उहाँ पुराना प्रशिक्षित साम्राज्यवादी पनि हुनुहुन्छ । सिरियामा उहाँको कारवाही आंशिक रूपमा युक्रेनलाई उहाँले गर्नु भएको विखण्डनबाट ध्यान हटाउने उद्देश्यले पनि तयार भएको छ । उहाँका विमानहरूले बाल्टिक राज्य, पोल्यान्ड, फिनल्यान्ड तथा हाल टर्कीका हवाई क्षेत्र तथा नेटोसँगको सम्बन्धलाई परीक्षण गरिरहेका छन् र उहाँले यी मुलुकलाई समग्र रूपमा चेतावनी दिनुभएको छ । यसले उहाँको आक्रमणसम्बन्धी रणनीतिको प्रमुख उद्देश्य युरोपलाई कमजोर बनाउनु हो भन्ने स्पष्ट पार्छ ।
निकै ढिलो नहुँदै युरोप राष्ट्रपति पुटिनको यो रणनीतिप्रति सतर्क हुनैपर्छ । फ्रान्समा शान्तिका लागि आवाज राष्ट्रिय एकताको आवाज बनेको छ । यसमा कट्टर दक्षिणपन्थी नेसनल फ्रन्ट देखि कट्टर बामपन्थी तत्वहरू पनि समावेश भएका छन् र सबै क्षेत्रका मूलप्रवाहका राजनीतिज्ञहरूको सङ्ख्या यसमा बढ्न थालेको छ । क्रेमलिनले पनि पनि युरोपभरको आफ्नो पार्टीको सचिवालयलाई सक्रिय बनाएको छ । युरोपमा पुटिनको पार्टी भनिने अदृष्य सञ्जाल देखिन थालेको छ ।
पुटिनको पार्टी बेलायतको नाइजल फेरेजदेखि हङ्गेरीका भिक्टर अर्बन जस्ता युरोपका लोकप्रिय उत्तेजक नेतालाई आकर्षण गर्न सफल भए त्यो निकै नराम्रो हुनेछ । इटालीका प्रधानमन्त्री मातेओ रेन्जी जस्ता सामान्यतया जिम्मेवार राजनेताले पुटिनको कार्यलाई उचित ठान्न थालेपछि युरोपको समृद्धि निर्भर रहेको सुरक्षा व्यवस्था गुम्ने जोखिम बढ्नेछ ।
९बर्नार्ड–हेन्री लेभी ‘नुभु फिलोसफिज’ ९नवदार्शनिक० नामक अभियानका संस्थापकमध्ये एक हुनुहुन्छ । उहाँले ‘लेफ्ट इन डार्क टाइम्स ः अ स्ट्यान्ड एगेन्स्ट न्यु बार्बरिजम’ जस्ता पुस्तक लेख्नुभएको छ ।
अनुवाद : सुरेन्द्रबहादुर नेपोली / राससरप्रोजेक्ट सिन्डिकेट