लेस्पारको आलु खेतीमा असीनाले क्षति पु¥याउ“दा कृषक मर्कामा
पर्वत,वैशाख ११ गते । पर्वतको लेस्पारमा अचानक असीना परेपछि आलु खेतीमा क्षति पुगेको छ ।
बुधवार बेलुका परेको असीनाले जिल्लामै आलु खेतीमा चिनिदै आएको लेस्पार क्षेत्रका कृषकहरु मर्कामा परेका छन् । लेस्पारको मगरवस्ती आलु खेतीमा निर्भर रहदै आएको छ ।
लेस्पारको खासगरी ३ र ४ वडामा बस्ने करीव ७५ जना कृषकहरु असीनाबाट बढी मर्कामा परेको स्थानीय भुपेन्द्र मगरले बताए । वडा ३ मा बस्ने स्थानीय कृषक प्रेम पुनले करीव ५ रोपनी जग्गामा आलु खेती गरेका थिए । उनको आलु खेती असीनाले नष्ट गरेको छ । त्यसैगरी कृषक तिल बहादुर पुनले ६ रोपनी बरावरको क्षेत्रफलमा आलु खेती गरेकोमा सवै असीनाले नष्ट गरेको भनी दुःख व्यक्त गरेका छन् ।
लेस्पारबाट मात्र वर्षेनी लाखौ बरावरको आलु उत्पादन हुने गर्दछ । गत मंसीरमा कृषकहरुले आलु बारीमा लगाएका थिए भने असारको अन्तिमतिर खन्ने गर्दछन् । यसपाली आलु खन्न नपाउदै असीनाले क्षति पुराएको छ ।
आलुको बोटमा गेडा सानो मात्र लागेको छ । सरकारी निकाय कृषि कार्यालयमा क्षतिबारे सोधपुछ गर्दा क्षतिको एकीन विवरण नआएको जनाए भने पाती चौर कृषि केन्द्रका कर्मचारी नवनारायण शर्माले भने असीनाका कारण कृषकको ४० प्रतिशत आलुखेतीमा असर परेको बताए ।