विद्यालयमा टहरा बनाउने अभियान बागलुङमा
बागलुङ आषाढ ५ गते ।नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता गगन थापाले भूकम्प प्रभावित जिल्लामा सामुदायिक विद्यालयमा भौतिक संरचना अभियानले तिब्रता पाएको छ । भूकम्प प्रभावित विद्यालयमा अस्थाई टहरा निर्माण गर्नको लागि बागलुङका १४ विद्यालयमा जस्तापाता प्रदान गरिएको छ ।
भूकम्पले भवन भत्किएर विद्यालय बाहिर कक्षा संचालन गरिरहेका विद्यालयमा कांग्रेस नेता तथा सभासद गगन थापाले ‘एक सय विद्यालयमा अस्थाई टहरा निर्माण’ गर्ने अभियान घोषणा गर्नुभएको थियो ।। सो अभियान अन्रतगत काठमाण्डौ नुवाकोटा, दोलखा, गोरखा, धादिङ बागलुङ सहित १७ जिल्लामा १ सय १२ विद्यालयमा टहरा निर्माण भएका छन् । बागलुङका १४ विद्यालयलाई जस्तापाता सहित फिल्टर र सोलार प्यानल पनि प्रदान गरिएको भूकम्प क्षती पुगेका विद्यालयहरुलाई राहात हस्तान्त्रण कार्यक्रमका संयोजक डिल्लिराम सुवेदीले बताउनुभयो ।
बागलुङमा आयोजना गरिएको कार्यक्रममा गणेश मावि बागलुङ नगरपालिका, फुलबारी प्रा.वि. काँडेबास, भैरव मावि मल्म, ज्ञानोदय निमावि बाटाकाचौर, खरुवा मावि हटिया, बसन्त मावि छिस्ती, संस्कृत उच्च मावि जैदी, जैमुनी संस्कृत प्रा.वि. दमेक, जनचेतना प्रावि कश्मिशेरा, विजुवा मावि पैयुन्थन्थाप, आधारभूत निमावि नारायणस्थान, शिवालय निमावि पैयुँपाटा, सरस्वती प्रा.वि. नारायणस्थान, धनचिना प्रा.वि, राङखानीलाई जस्तापाता प्रदान गरिएको हो ।सो अवसरमा बोल्दै बागलुङका सभासद प्रकाश शर्मा पौडेलले शैक्षिक क्षेत्रमा पुगेको क्षतीमा सघाउनको लागि जस्तापाता सहयोग कार्यक्रमले राहात पुग्ने बताउनुभयो ।। सो कार्यक्रममा नेपाली कांग्रेसका कार्यवाहक सभापति जगदिशचन्द्र उपाध्याय, सहायक प्रमुख जिल्ला अधिकारी छवी सुवेदी, जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत खेम आचार्य, नेपाल पत्रकार महासंघका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी लगायतले अभियान सफलताको शुभकामना व्यक्त गरेका थिए । राहात हस्तान्त्रण कार्यक्रमका संयोजक डिल्लिराम सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष हरिहर शर्माले गर्नुभएको थियो ।