वर्तमान सरकार ईतिहासकै सबै भन्दा भ्रष्ट – डा. सुन्दरमणी दिक्षित
काठमाडौ, ५ माघ । साक्षात्कारमा नागरिक अगुवा डा. सुन्दरमणी दिक्षितले यस्तो भ्रष्ट र नाकारा सरकार नेपालको ईतिहासमा कहिल्यै नभएको भन्दै अहिलेसम्म एउटै पनि राम्रो काम गर्न नसकेको दावी गरे । उनले भने,‘ जनतलाई कष्ट नेपालको ईतिहासमै यति धेरै कहिल्यै भएन । भ्रष्टाचार यो भन्दा बढेको कहिल्यै थिएन । प्रधानमन्त्री नचाहिने कुरा गर्न सक्छन तर विश्व बजार अनुसार पेट्रोलियम पदार्थको मुल्य ५० प्रतिसत घटनु पर्ने घटाउँदैनन । क्याविनेट के हेरेर बसेको छ ?’ दिक्षितले थपे,‘मुलुकमा दैनिक हास्य ब्यङग्य भईरहेको छ । हेड अफ दि गर्भमेन्टको दैनिक गाई जात्रा छ । ’ उनले भारतसँग सम्बन्ध नै नरहेको भन्दै चीनसँग पनि भारतले दिएन भनेर रुन्चे सम्बन्ध बनाएको भन्दै आलोचना गरे । दिक्षितले संसोधन विद्येयकले मधेसमा झनै द्धन्द निम्ताउने भन्दै सरकारले मधेसलाई झुलाउने काम मात्रै गरेको आरोप लगाए