हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

अष्ट्रेलियाका नेपाली डाक्टरहरु संगठित

अष्ट्रेलिया, असार २६ – अष्ट्रेलियामा रहेको नेपाली समुदायलाई स्वास्थ्य सहयोग पुर्‍याउने, आपसी ज्ञान आदानप्रदान गर्ने र नेपालमा समेत सेवा पुरयाउने उद्देश्यले अष्ट्रेलियामा रहेका नेपाली डाक्टरहरु संगठित बनेका छन् ।

अष्ट्रेलियामा चिकित्सकीय सेवामा लागिपरेका नेपाली डाक्टरहरुले आज शनिबार सिड्नीमा एक कार्यक्रमको आयोजना गरि अष्ट्रेलिसियन नेप्लिज मेडिकल एण्ड डेण्डिस्ट एसोसिएसनको स्थापना गरेका छन् । कार्यक्रममा दिइएको जानकारी अनुसार संगठनले अष्ट्रेलिया र न्युजिल्याण्डमा रहेका डाक्टरहरुका बिचमा सम्पर्क, सम्बन्ध सुधार र ज्ञान आदानप्रदान गर्नेछ भने यहाँ रहेका चिकित्सकहरुले अष्ट्रेलिया र न्युजिल्याण्डमा रहेका नेपाली समुदायलाई पुरयाउन सकिने स्वास्थ्य सेवाको बारेमा छलफल र निर्णय लिनेछ । यसैगरि नेपालमा रहेका बिभिन्न सरकारी, गैर सरकारी संस्था र मेडिकल काउन्सिलसँग मिलेर स्वास्थ्य सेवा र सीप तथा ज्ञान आदानप्रदानको गर्नेछ ।

‘हामी यहाँ काम गर्ने बिभिन्न क्षेत्रका चिकित्सकहरु मिलेर नेपाली समुदाय, नेपालका लागि केही गरौं भन्ने सोचका साथ साझा संस्था निर्माण गरेका हौं ।’ कार्यक्रम आयोजनाका संयोजक डा. घनश्याम चापागाईले भने, यसका साथै नेपालबाट आउने नयाँ डाक्टरहरुलाई सहयोग गर्ने र आपसी सम्बन्ध सुधार र ज्ञान बाँड्ने हाम्रो मुख्य उद्देश्य हो । अष्ट्रेलियाका बिभिन्न राज्यहरुमा रहेका सबै नेपाली डाक्टरहरु समेटेर सबै राज्यहरुमा स्वास्थ्य सम्बन्धि जनचेतना समेत फैलाउने संगठनले उद्देश्य राखेको छ ।

आज गठन गरिएको कार्यसमितीको अध्यक्षमा डा. केशवमणि भट्टराई, उपादक्ष्यमा डा. कुन्दन गिरी र डा. अर्चना प्रधान, महासचिव डा. चन्द्रदीपक पोखरेल, सचिव डा. कुशराज श्रेष्ठ र कोषादक्ष्य डा. अञ्जु पाण्डे रहेका छन् । त्यसैगरि प्रत्येक राज्यहरुमा संयोजन गर्नेगरि सिड्नीमा डा. प्रविन पाठक, भिक्टोरियामा डा. बालकृष्ण सुवेदी, क्विन्सल्याण्डमा डा. अतुल धिताल, क्यानबेरामा डा. पवन प्याकुरेल र वेष्र्टन अष्ट्रेलियामा डा. अजित चौरसिया छानिएका छन् । उपादक्ष्य डा. गिरीका अनुसार संस्थामा अष्ट्रेलियाको बिभिन्न क्षेत्रमा काम गर्ने कार्डियालोजिष्ट, जिरियाटि्रसियन, फिजियसन, जनलर प्याक्टि्रसियन, डेण्टल लगायतका बिभिन्न डाक्टरहरुको सहभागिता रहेको छ । अहिलेसम्म ५८ नेपाली डाक्टरहरु मा सदस्य रहेको भएपनि केही महिनाभित्रैमा सबै समेटिने उनले बताए ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution