तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न

नर्थयोर्क ,टोरोन्टो: तामाङ समाज क्यानाडा (Tamang Society of Canada) को तेश्रो अधिवेशन नर्थयोर्क टोरोन्टोमा सम्पन्न भएको छ | अधिबेशनबाट सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ |
सर्वसम्मत नयाँ कार्यसमितिको अध्यक्षमा युवरेन्द्र मोक्तान तामाङ, उपाध्यक्ष: माया मोक्तान तामाङ,महासचिव: इन्द्र तामाङ ,सचिव: अर्चना तामाङ,कोषाध्यक्ष: सानु तामाङ,सह-कोषाध्यक्ष: जुनी पाख्रिन तामाङ,सदस्यहरुमा : कमल माम्बा तामाङ,दिपा माम्बा तामाङ र अस्मिता तामाङ चयन भएका छन् |
मौसम (वर्षा)को कारण निर्धारित समय भन्दा धेरै ढिला सुरु भएको कार्यक्रममा क्यानाडामा प्रवेश गर्नु भएका नवसदस्यताहरुलाई संस्थाले स्वागत गरेका थिए |
क्यानाडामा बसोवास गर्न हुने सम्पूर्ण तामाङहरुलाई एकजुट गर्दै तामाङ भाषा,लिपी,धर्म,भेषभुषा,कला साहित्य तथा संस्कार-संस्कृतिको सम्वर्द्धन र संरक्षण गर्ने मुख्य उद्धेश्यका साथ तामाङ समाज क्यानाडा सन् 2019 मा स्थापना भएको हो |
« तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन (Previous News)