नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै

याम्बु – नेपाल आदिवासी जनजाति महासंघ इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा आगामी जुन १६ तारिख (शुक्रवार)”विश्वका आदिवासी जनजाति एक होऔ ! आफ्नो भेषभुषा, भाषा, लिपी, कला, संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गरौं ” भन्ने मुल नाराका साथ गर्ने भएको छ |
२०१२ मा स्थापित नेपाल आदिवासी जनजाति महासंघ इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा कार्यक्रममा इजरायल स्थित जातिय , धार्मिक, सामाजिक ,राजनीतिक संघ , संस्था संगठनहरु ,मिडियाकर्मीहरु लगायत विभिन्न पेशामा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनिहरु , बुद्धिजीवी महानुभावहरुलाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरेको छ |
तपसिल :-
मिति :- २०८० आषाढ १ गते
ई .सं . १६ जुन २०२३ शुक्रवार
नेपाल संम्वत :- ११४३ तछलागा त्रयोदशी
समय :- साँझ : ७ : ३० बजे
स्थान :- लेभेन्स्की ९९ आठौ तला