क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न

मिसूसागा – ह्योल्मो सोसाइटी अफ क्यानडाले विश्व शान्तिका अग्रदूत,एशियाको तारा ,अहिंसाको प्रतिक सिद्धार्थ गौतम बुद्धको २५६७ औं बुद्ध जयन्तीको पावन अवसरमा बौद्ध धर्मअनुसार पाठपूजा सहित छोग्फुल कार्यक्रम क्यानाडा स्थित मिस्सीसागामा सम्पन्न गरेको छ |
छोग्फुल कार्यक्रममा बौद्धधर्म गुरु लामा बाबु ह्योल्मो, टिमि कुङ्गा ह्योल्मो,टासी लामा ह्योल्मो र लामा सार्की ह्योल्मोले पाठपूजा मोलम गर्नु भएको थियो |
कार्यक्रममा ह्योल्मो समुदाय ,तमु (गुरुङ),तामाङ,नेवा: लगायत नेपाली समुदायको उपस्थित रहेको थियो | चिया नास्ता सहितको व्यवस्था रहेको कार्यक्रममा ‘छोक’ प्रसाद वितरण गरिएको थियो |
कार्यक्रम पाश्चात् ह्योल्मो समुदायको आफ्नो संस्कृति अनुसार ह्योल्मो सांस्कृतिक स्याब्रु (नाच) गर्दै आफ्नो गाउँघर / जन्मस्थलको झल्को आउने गरि मनोरन्जन गरेका थिए |
क्यानाडा रहनु भएका ह्योल्मोहरुलाई एकै थलोमा अटाएर ह्योल्मो भाषा,धर्म,भेषभुषा,कला,संस्कार र संस्कृतिलाई सम्बर्द्धन र संरक्षण गर्ने उद्धेश्यले सन् २०१७ मा क्यानाडामा दर्ता भएको ह्योल्मो सोसाइटी अफ क्यानडाले बुद्ध जयन्तीको अवसरमा वार्षिक रूपमा छोग्फुल कार्यक्रम गर्दै आएको संस्थाका अध्यक्ष केसाङ लामा ह्योल्मोले जानकारी दिनु भएको छ |