रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो
फुर्साङ लामा- रोमानिया बुकरेस्ट सिन्धुपाल्चोक जिल्ला , मेलम्ची नगरपालिका – ४ घर भएका बर्ष ३३ काे सोम बहादुर तामाङ को गत मार्च २० तारिख का दिन रोमानियाको Costanta मा हृदयघात को कारण निधन भएको थियो ।तामाङको शब अप्रिल ४ को दिन नेपाल पठाएको थियो। तामाङ को बौध परम्परागत अन्तिम दहा सस्कार जन्मथलो मा गरिएको थियो। तामाङ को शब् नेपाल पठाउन र परिवार लाई केही आर्थिक रुपमा सहयोग पुगोस् भन्ने हेतुले नेपाल तामाङ घेदुङ रोमानिया को पहल मा आर्थिक संकलन अभियान गरिएको थियो।
रोमानिया को विभिन्न कार्य क्षेत्र मा रहनु भएका समस्त नेपाली दाजु- भाई तथा दिदी-बहिनीहरू लगायत विभिन्न संघ संस्थाहरू हरु मार्फत आर्थिक संग्कलन गरेका छन् । उक्त अभियान बाट कुल रकम जम्मा २८१६७ रोन (८०७७००) रुपैया संकलन गरिएको थियो । मिति 2023 -04-09 गतेको दिन फुर्साङ लामा र मोहन ब्लोन तामाङ को नामबाट नेपाल पठाएको थियो। उक्त रकम २०२३-०४-१० गतेको दिन सुन बहादुर तामाङ र सन्तोश तामाङ बाट मृतकको श्रीमती सिर माया तामाङलाई हस्तान्तरण गरिएको थियो। उक्त अभियान लाई आत्मसात आर्थिक संकलन गर्नुमा हेनदेन लामा, मोहन ब्लोन तामाङ , सम्झना लामा, सारा लामा, बिपना थिङ,अकबिर स्याङ्तान,अजय श्रेष्ठ, ओबेस गुरुङ ,दिनेश लिन्बु ,शिवानी मोक्तान, राज तामाङ, किरात समाबेशी सेवा समाज रोमानिया, तमु समाज रोमानिया ले बिशेष भूमिका निभाएका थिए।