तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित

याम्बु – तामाङ सोसाइटी अफ अमेरिकाको एघारौ अधिवेशन सफलतापुर्वक सम्पन्न भएको छ |मार्च २५ तारिख भएको अधिवेशनबाट कार्यसमिति ( 2023-2025 ) का लागि अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित हुनुभएको छ |
निर्वाचित पदाधिकारीहरुमा अध्यक्ष बुद्धिमान तामाङ,बरिष्ट उपाध्यक्ष चिना लामा तामाङ,उपाध्यक्ष तुल बहादुर तामाङ,उपाध्यक्ष आरती लामा मैना तामाङ,महासचिब शमशेर योन्जन तामाङ,सचिव भिम स्याङतन तामाङ,कोषाध्यक्ष सेन्तुन लामा तामाङ रहेका छन् |
यसैगरी बोर्ड सदस्यहरुमा तीर्थ राज लामा तामाङ,बिष्णु तामाङ र निरा माया लामा तामाङ निर्वाचित हुनु भएको निर्वाचन प्रमुख भरत मोक्तान तामाङले जानकारी दिनुभएको छ |