हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन

टोरोन्टो — नेपाली फिल्म ‘छक्का पन्जा–४’ आज  मार्च १८ तारिख क्यानडाको विभिन्न शहरमा पहिलो दिन सफलतापुर्वक प्रदर्शन भएको छ । क्यानाडा स्थित Scarborough र Missisauga शहरमा आज एकैदिन हाउसफूलका साथ् प्रदर्शन भएको हो | दुवै शहरमा हाउसफुलका साथ प्रदर्शन भएको फिल्म आज,भोलि र पर्सि गरि तीन दिनसम्म निरन्तर चल्ने Scarborough स्थित फिल्म हलमा भेटघाटको क्रममा बितरक क्रिजल अधिकारी केसीले जानकारी दिनु भएको छ | वहाँले आज पहिलो दिन नेपाली फिल्मलाई माया गरेर फिल्म हेर्न आउनुहुने सम्पूर्ण दर्शकहरुलाई धन्यवाद व्यक्त गर्नुभएको छ | साथै भोलि र  पर्सि प्रदर्शन हुने शो हरुमा पनि सबैलाई फिल्म हेर्न आउनु हुन् हार्दिक अनुरोध गर्नुभएको छ |

चलचित्र हेरेपछि अधिकाश दर्शकहरुले फिल्म एकदमै राम्रो रहेको प्रतिक्रिया दिएका छन् | फिल्म हलबाट निस्कने क्रममा दर्शक ममता श्रेष्ठले सबै कलाकारहरुको अभिनय राम्रो लागेको बताइन् |

क्यानाडाको लागि छक्का पन्जा–४ फिल्मका वितरकमा क्रिजल अधिकारी र  सुजन गुरुङ रहेका छन् |

हेमराज बीसीले निर्देशन गरेको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय रहेको छ ।

फिल्मको कथा दीपकराज गिरी,नरेन्द्र मैनालीको छायांकन र फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । दीपेन्द्र खनिया र केशव न्यौपाने निर्माता रहेको फिल्मका कार्यकारी निर्माता केदारप्रसाद घिमिरे र निर्मल शर्मा रहेका छन् ।

१८ मार्च २०२३






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution