इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै

तेलअविव- किराँत राई यायोख्खा इजरायलको आयोजनामा आगामी मे १२ तारीख इजरायलको तेलअभिब स्थित यादखरुचिम १५ मा किराँतीहरूको महानचाड उभौलीसाकेला येलेदुङ ५०८३ पर्व मनाउने भएको छ |
नेपालबाट आमन्त्रित चर्चित नेपाली राष्ट्रिय कलाकार मेलिना राईको साथमा इजरायलमा रहेका स्थानिय कलाकारहरुको सहभागिता सहित उभौली साकेला साङगितिक २०२३ भब्य रुपमा मनाउन लागेको संस्थाका अध्यक्ष दिप कुमार राईले तामाङअनलाइनलाई जानकारी दिनु भएको छ
कार्यक्रमलाई सफल बनाउन इजरायलमा स्थापित रहेका संघसंस्था लगायत सम्पुर्ण नेपालीहरुमा उपस्थितको लागि किराँत राई यायोख्खा इजरायलद्वारा हार्दिक आमन्त्रण गरेको गरेको छ |
किराँत राई यायोख्खा इजरायलले प्रवासमा रहेर पनि राई जातिको भाषा, लिपि,कला, संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यका साथ इस्वी सम्बत् २०१२ मा स्थापना भएको हो |