क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान

ब्राम्टोन : चर्चित राष्ट्रिय कलाकार गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित क्यानाडामा सम्मान गरेको छ | तामाङ समाज क्यानाडाले ‘भेटघाट तथा सम्मान कार्यक्रम’ को आयोजन गरि सम्मान गरेको हो|
कार्यक्रममा तामाङ समाज क्यानाडाको तर्फबाट संस्थाकी अध्यक्ष बिनु लामा थिङ तामाङले “तामाङ पहिचान टोपी,खादा र मायाको चिनो” नेपाल आदिवासी जनजाति महासंघ क्यानाडाको तर्फबाट संस्थाका विर तमुले “सम्मान पत्र” र तमु घि क्यानाडाका तर्फबाट संस्थाका अध्यक्ष सोम गुरुङले तमु पहिचान “फेटा” पहिल्याई दिएर समान गरेका थिए |
कार्यक्रममा गायक मिलन लामा तामाङले आफ्नो सुरिलो स्वरमा चर्चित गित “माझि दाइ पोखरा.. लगायत तामाङ सेलो,गुरुङ भाषाको ङवालो गित, थारु भाषाको गित सहित करिव एक दर्जन सांगेतिक कोशेली प्रस्तुत गरेर मनोरंजन प्रदान गरेका थिए | साथै कार्यक्रममा क्यानाडामा बसोवास गर्नु हुने स्थानिय कलाकारहरु रामकाजी मोक्तान तामाङ,हरि गुरुङ,मिङ्मार शेर्पा, गोविन्द घिमिरे बा, दिपक केसी लगायतले गित प्रस्तुत गरेका थिए भने रेनुका देवानले निर्त्य प्रस्तुत गरेका थिए |
तामाङ समाज क्यानाडाका सल्लाहकार रामकाजी मोक्तान तामाङको संयोजकत्वमा भएको कार्यक्रम संचालन पनि वहाँले नै गरेको थिए | कार्यक्रमलाई नेपाल आदिवासी जनजाति महासंघ क्यानाडा र तमु धी क्यानाडाको सहयोग रहेको तामाङ समाज क्यानाडाकी अध्यक्ष बिनु लामा थिङ तामाङले जानकारी दिए |
नेपाली सांगेतिक क्षेत्रमा आदिवासी तामाङ समुदायको भूमिपुत्र गायक मिलन लामा तामाङले नेपाली भाषा तथा संस्कृतिको संरक्षण गर्ने कार्यमा सांगेतिक क्षेत्रबाट महत्वपुर्ण योगदान पुर्याएका छन् |