हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न

लिस्बन,पोर्तुगल:नेपाली नारी समाज पोर्तुगल द्वारा आयोजित अनलाईन “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न भएको छ । ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित विचार गोष्ठीमा लिस्वनका लागि नेपाल सरकारको महावाणिज्यदूत मकर बहादुर हमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा गैरआवासीय नेपाली संघ युरोपका सहसंयोजक तिलक गैरे, गैर आवासीय नेपाली संघ युरोपका युवा सह संयोजक रोवर्ट लिम्बु, नारी समाज पोर्तुगलकी संस्थापक अध्यक्ष सीता बराल, गैरआवासीय नेपाली संघ पोर्तुगलका महासचिव राजकुमार थापा, जातिय संस्था क्रमश तामाङ समाज पोर्तुगलका अध्यक्ष सुजन लामा मोक्तान, तमु समाजका अध्यक्ष बिकाश गुरुङ लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम नारी समाजककी अध्यक्ष सीता श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो भने समाजकी महासचिव पुनम गौतमले कार्यक्रम संचालन गरेकी थिइन् ।

जुम मार्फत भएको कार्यक्रममा विभिन्न वक्ताहरुले शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि पोर्तुगलका लागि अवैतानिक महावणिज्य दुत मकर हमालले महिलाहरुको सशक्तिकरणका लागि यस्ता किसिमका कार्यक्रमहरुले भुमिका खेल्ने बताए । उनले विगतमा पनि नेपाली नारी समाज पोर्तुगलले विभिन्न कार्यक्रमहरुको आयोजना गरी पोर्तुगलमा रहेका नेपाली महिलाहरुको दक्षता अभिवृद्धि गर्न सहयोग गरेको बताए ।

साथै नेपाली नारी समाज पोर्तुगलले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा जुम भर्चुअल मार्फत प्रत्येक शनिबार २ घन्टा नेपाली भाषा कक्षा संचालन गर्ने निर्णय गरेको बताए। नेपाली नयाँ वर्षबाट संचालन हुने भाषा कक्षामा ५ वर्ष देखि १० वर्ष सम्मका बालबालिकाहरु सहभागी हुन सक्ने समाजले जनाएको छ।

 

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution